हरीतालिका तीजमा आयोजित फूटबल प्रतियोगिताको आज क्वाटर फाइनलका चार खेल सकिए

हरीतालिका तीजमा आयोजित फूटबल प्रतियोगिताको आज क्वाटर फाइनलका चार खेल सकिए

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ भदौ २६ गते बुधबार ०७:०५

यो प्रतियोगिता विगतका करिब ३१ वर्षदेखि सञ्चालन हुँदै आएको हो तर बीचबीचमा सञ्चालक फेरिएका कारणले यतिऔं नभनी ऐतिहासिक भन्ने गरिएको आयोजक क्लबका अध्यक्ष विकास गुरुङले बताउनु भयो । उहाँका अनुसार सो प्रतियोगितामा ३० टिमले भाग लिएका छन् ।

सो प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यतामा हुने भएको छ ।

भोर्लेटार(लमजुङ)– मध्यनेपाल नगरपालिका– ६ को भोर्लेटारमा हरेक वर्ष सञ्चालन हुने ऐतिहासिक सेवेन ए साइड फूटबल प्रतियोगिताको क्वाटर फाइनलका चार खेल भदौ २६ गते सम्पन्न भएका छन् । धुलपुरे युवा क्लब भोर्लेटारको आयोजनमा हरितालिका तीजको पावन अवसरमा हरेक वर्ष खेलाइने उक्त खेल यहाँ स्थित ईशानेश्वर खेल मैदानमा सो प्रतियोगिता जारी रहेको छ ।
यो प्रतियोगिता विगतका करिब ३१ वर्षदेखि सञ्चालन हुँदै आएको हो तर बीचबीचमा सञ्चालक फेरिएका कारणले यतिऔं नभनी ऐतिहासिक भन्ने गरिएको आयोजक क्लबका अध्यक्ष विकास गुरुङले बताउनु भयो । उहाँका अनुसार सो प्रतियोगितामा ३० टिमले भाग लिएका छन् ।
आज भएको क्वाटरफाइनलको पहिलो खेल बाँग्रे फुटबल क्लब र तल्लोटार फुटबल क्लब एका बीचमा भएकोमा खेल अवधिमा दुवैतर्फबाट ३÷३ गोल भई बराबरी भयो । त्यसपछि पेनाल्टी सुट आउटमा ५– ४ गोल अन्तरले बाँग्रे फुटबल क्लब विजयी भएको छ । सो खेलमा विजेता टिमका सरोज दियाली म्यानअफ दि म्याच घोषित भएका छन् ।
आजको दोस्रो खेल तल्लोटार फुटबल क्लब बी र ग्रिन भ्याली क्लबका बीचमा भएकोमा खेल अवधिमा दुवैतर्फबाट १– ० गोल अन्तरले तल्लोटार फुटबल क्लब बी विजयी भएको छ । सो खेलमा विजेता टिमका सुमन श्रेष्ठ म्यानअफ दि म्याच घोषित भए । यसैगरी, तेस्रो खेल लाङ्दीदेवी फुटबल क्लब र घुलपुरे युवा क्लबका बीचमा भएकोमा ५– २ गोल अन्तरले लाङ्दीदेवी फुटबल क्लब विजयी भएको छ । सो खेलमा विजेता टिमका सन्तबहादुर गुरुङ कान्ता म्यानअफ दि म्याच घोषित भएको आयोजक क्लबका अध्यक्ष विकास गुरुङले बताउनु भयो । उहाँका अनुसार आजको चौथो धुलपुरे फुटबल क्लब र सिन्दूरे फुटबल क्लबका बीचमा भएकोमा १– ० गोल अन्तरले धुलपुरे फुटबल क्लब विजयी भएको छ । सो खेलका विजेता टिमका सुरज तामाङ म्यानअफ दि म्याच घोषित भएका थिए ।
अध्यक्ष गुरुङले भन्नुभयो, ‘राष्ट्रिय खेलाडी सुमित श्रेष्ठ लाङ्दीदेवी फुटबल क्लबबाट सहभागी हुन आएकोमा उनको प्रतीभाको कदर गर्दै उनलाई विशेष सम्मान गरिएको छ ।’
सो प्रतियोगिताका लागि प्रथम पुरस्कार एक लाख ५० हजार नगद, कप, मेडल र प्रमाण रहेको छ । त्यस्तै, दोस्रो पुरस्कार ८० हजार रुपैयाँ नगद, कप, मेडल र प्रमाण पत्र रहेको छ । यसैगरी, सेमी फाईनलमा रोकिने दुई टिमलाई १०/१० हजार रुपैयाँ नगद र प्रमाण पत्र रहेको आयोजक क्लबका अध्यक्ष विकास गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार अनुशासित टिमलाई ८ हजार नगद र प्रमाण पत्र रहेको छ । उहाँले भन्नुभयो, ‘उकृष्ट गोल रकक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई ३/३ हजार रुपैयाँ नगद, ट्रफी र प्रमाण पत्र पुरस्कार रहेको छ ।’
सो खेलको सेमी फाइनल र फाइनल प्रतियोगिता भोलि भदौ २७ गते विहान ९ बजेदेखि सुरु हुने कार्यक्रम रहेको आयोजक क्लबका अध्यक्ष विकास गुरुङले बताउनु भयो । उहाँका अनुसार सो प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यतामा हुने भएको छ ।
उत्तः प्रतियोगिताको उदघाटन सोही नगरपालिका– ६ का वडा अध्यक्ष बिष्णुभक्त पौडेलले गर्नु भएको थियो । उदघाटन कार्यक्रममा प्रमुख अथिति पौडेलले दीप प्रवज्वलन गर्नुका साथै रेफ्री वाई बि. सुनार र उज्ज्वल राई द्वयलाई बल हस्तान्तरण गरी उदघाटन गर्नु भएको थियो । उहाँले सौहार्द एवम् मैत्रीपूर्ण वातावरणमा अनुशासनपूर्वक खेल्न खेलाडीलाई र त्यसै अनुरुप सञ्चालन गर्न आयोजकलाई अनुरोध गरेका थिए ।
यो प्रतियोगिता विगतका वर्षमा ईशानेश्वर माविको प्राङ्गणमा हुने गर्दथ्यो हाल सो विद्यालयको भवन निर्माण कार्य जारी रहेको हुनाले पछिल्ला केही बर्ष क्याम्पसको खेल मैदानमा सञ्चालन गर्न थालिएको हो ।
फोटा सौजन्य : सुरज गुरुङ ।

प्रकाशित मिति २०८१ भाद्र २६, बुधबार १९:०५ गते
हजुरको प्रतिक्रिया