ऐतिहासिक खुला फूटबल प्रतियोगिताको उपाधि लाङ्दीदेवी नाल्माले चुम्यो

ऐतिहासिक खुला फूटबल प्रतियोगिताको उपाधि लाङ्दीदेवी नाल्माले चुम्यो

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ भदौ २८ गते शुक्रबार ०९:५४

समापन कार्यक्रमलाई थप आकर्षण र मनोरञ्जनात्मक बनाउनका लागि उक्त अवसरमा सिम्पानी पञ्चे बाजागाजा र विभिन्न सांस्कृतिक नृत्यहरू समेत प्रदर्शन गरिएको थियो ।

सो प्रतियोगितामा लमजुङ, कास्की र तनहुँका ३० टिमले भाग लिएका थिए ।

भोर्लेटार(लमजुङ)– हरितालिका तीजको अवसरमा सञ्चालन गरिएको ऐतिहासिक सेवेन ए साइड खुला फूटबल प्रतियोगिताको पहिलो उपाधि लाङ्दीदेवी नाल्मा(बेसीशहर नगरपालिका– ५)ले चुम्न सफल भएको छ । उक्त फाइनल खेलमा लाङ्दीदेवी क्लबले आयोजक धुलपुरे क्लबको टिमलाई हराउँदै उपाधी हासिल हात गर्न सफल भएको हो । सो प्रतियोगिता लमजुङको मध्यनेपाल नगरपालिका– ६ को भोर्लेटार स्थित धुलपुरे युवा क्लबले आयोजना गरेको हो ।
मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यतामा भएको फाइनल प्रतियोगिता अत्यन्तै प्रतिस्पर्धात्मक रहहेको थियो । तर पनि खेलको सुरुवाती चरणदेखि नै आयोजक टिमलाई दबाबमा राख्दै आएको लाङ्दीदेवी क्लबको टिमले ५–० गोल अन्तरले आयोजक टिमलाई पराजित गर्दै उपाधि चुमेको हो ।
बिजेता टिमले पहिलो उपाधिका साथमा पुरस्कार स्वरुप नगद १ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र हासिल गरेको छ । उपविजेतामा चित्त बुझाउन बाध्य भएको आयोजक टिमलाई ८० हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको आयोजक क्लबका अध्यक्ष विकास गुरुङले बताउनु भयो । उहाँका अनुसार सेमीफाइनल चरणमा पुग्न सफल भएका मध्यनेपाल नगरपालिका– ६, भोर्लेटारको तल्लो टोल फुटबल क्लब र बाङ्ग्रे फुटबल क्लब मध्यनेपाल नगरपालिका– ९ लाई १०÷१० हजार रुपैयाँ नगद, ट्रफी र प्रमाण पत्र पुरस्कार स्वरुप दिइएको छ ।
त्यस्तै, अनुशासित टिम बन्न सफल भएको धुलपुरे फुटबल क्लबलाई ८ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र दिइएको छ । यसैगरी, सर्बाधिक गोलकर्तामा विजेता टिमका विकास परियार पाइलट, उत्कृष्ट गोलरक्षकमा सोही टिमका आकाश रानाभाट तथा आयोजक टिमका सुरज तामाङले उत्कृष्ट खेलाडीको उपाधि हासिल गरेका छन् । उनीहरूलाई जनही तीन हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको अध्यक्ष गुरुङको भनाइ छ ।
प्रमुख अतिथि पाण्डेले बिजेता टिम र उपबिजेता खेलाडीहरूलाई पुरस्कार वितरण गर्दै धुलपुरे क्लबले ऐतिहासिक रुपमा खेलाउँदै आएको यो तीज फूटबल प्रतियोगिताले स्थानीय खेलाडीहरूमा उत्पादन गर्न र खेलाडीमा उर्जा थप्न योगदान गरेकोमा प्रशंसा गर्दै नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले प्रतियोगितामा विजयी खेलाडीहरूलाई बधाई, सहभागी खेलाडीहरू, खेल समूह तथा खेलप्रेमी सबैलाई धन्यवाद दिनु भयो । सौहार्दपूर्ण वातावरणमा खेल शुरु गरेर भव्यताका साथ सम्पन्न गर्न सफल भएको आयोजक क्लब परिवारका साथ सो क्लबका अध्यक्ष विकास गुरुङलाई मेयरस पाण्डेले विशेष धन्यवाद दिनु भएको थियो । उहाँले यसरी नै आगामी दिनहरूमा पनि सबैको साथ र सहयोग लिन गर्न अनुरोध गर्नुभयो ।
समापन कार्यक्रममा नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेल, नगरपालिकाका प्रवक्ता एवम् वडा नं १० का वडा अध्यक्ष रामचन्द्र भण्डारी, वडा नं ४ को वडा अध्यक्ष रामबहादुर श्रेष्ठ, वडा नं ५ को वडा अध्यक्ष ओमवीर गुरुङ, वडा नं ६ का वडा अध्यक्ष बिष्णुभक्त पौडेल, वडा नं ७ को वडा अध्यक्ष हिराबहादुर गुरुङ वडा नं ९ को वडा अध्यक्ष महेश पाण्डे, इप्रका भोर्लेटारका प्रमुख प्रहरी निरीक्षक राजाराम खडका, वडा सदस्यहरू, राजनीतिककर्मीहरू, बुद्धिजीवी वर्गका साथमा सर्वसाधारणहरूको व्यापक सहभागिता रहेको थियो ।
मध्यनेपाल नगरपालिका– ६ को भोर्लेटार स्थित धुलपुरे युवा क्लब भोर्लेटारको आयोजनमा सोही स्थानमा रहेको ईशानेश्वर खेल मौदानमा सो प्रतियोगिता सञ्चालन भएको थियो । सो प्रतियोगिता भदौ २१ गतेदेखि शुरु भएको थियो ।
समापन कार्यक्रमलाई थप आकर्षण र मनोरञ्जनात्मक बनाउनका लागि उक्त अवसरमा सिम्पानी पञ्चे बाजागाजा र विभिन्न सांस्कृतिक नृत्यहरू समेत प्रदर्शन गरिएको थियो । आयोजक धुलपुरे क्लबका अध्यक्ष बिकास गुरुङको अध्यक्षतामा सञ्चालन भएको सो प्रतियोतिगाको समापन समारोहको अध्यक्षता समेत उहाँले गर्नु भएको थियो । उक्त कार्यक्रमको सञ्चालन आयोजक क्लबका सचिव सरोज पौडेलले गर्नु भएको थियो ।
सो प्रतियोगितामा लमजुङ, कास्की र तनहुँका ३० टिमले भाग लिएको आयोजक क्लबका अध्यक्ष विकास गुरुङले जानकारी दिनुभयो ।

फोटो सौजन्य : सुरज गुरुङ ।

प्रकाशित मिति २०८१ भाद्र २८, शुक्रबार ०९:५४ गते
हजुरको प्रतिक्रिया