फेरि घट्यो पेट्रोल र डिजेलको भाउ, बस भाडा ?

फेरि घट्यो पेट्रोल र डिजेलको भाउ, बस भाडा ?

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ भदौ ३१ गते सोमबार ०८:५८

तर गरीब, निर्धा, निमुखा चढ्ने बसको भाडा घटाउन सरकारले ध्यान दिइएको पाइदैन । यसबाट पनि यो सरकार कस्को पक्षपोषण गर्दैछ र वास्तवमा कस्का लागि बनेको हरेछ भन्ने थप पुष्टि हुन आएको छ ।

यो बीचमा इन्धनको भाउ घटेपछि सरकारले धनीहरूले चढ्ने हवाईजहाजको भाडा सरकारले घटाइसकेको छ ।

काठमाडौं– नेपाल आयल निगमले फेरि घट्यो पेट्रोल र डिजेलको भाउ घटाएको छ । भदौ ३० गते एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो ।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेर पठाएपछि निगमले पेट्रोलमा प्रतिलिटर चार रूपैयाँ र डिजेल तथा मट्टीतेलमा पाँच रूपैयाँ घटाएको छ । यसअघि पनि मूल्य घटेको थियो । तर बस भाडा घटाउनेतर्फ भने सरकारले चासो देखाएको छैन ।
आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल खरिद गर्दैन । आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ । यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना पन्ध्र– पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ ।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ ।
पहिलो क्षेत्रमा अब पेट्रोलको भाउ १५६ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १४६ रूपैयाँ ५० पैसा पर्नेछ । दोस्रो क्षेत्रमा पेट्रोलको भाउ १५८ रूपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टीतेल १४८ रूपैयाँ पर्नेछ । यसैगरी, तेस्रो क्षेत्रमा अब पेट्रोलको भाउ १५९ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १४९ रूपैयाँ पर्नेछ ।
पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् । पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् । यसैगरी, दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र र तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन् ।
आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ । लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ ।
स्मरणीय छ, यो बीचमा इन्धनको भाउ घटेपछि सरकारले धनीहरूले चढ्ने हवाईजहाजको भाडा घटाइसकेको छ । तर गरीब, निर्धा, निमुखा चढ्ने बसको भाडा घटाउन ध्यान दिइएको छैन । यसबाट पनि यो सरकार कस्को पक्षपोषण गर्दैछ र वास्तवमा कस्का लागि बनेको हरेछ भन्ने थप पुष्टि हुन आएको छ ।

प्रकाशित मिति २०८१ भाद्र ३१, सोमबार ०८:५८ गते
हजुरको प्रतिक्रिया