पाँच दिनदेखि ट्याक्टर व्यवसायी आन्दोलनमा : नगरपालिका बेखबर

पाँच दिनदेखि ट्याक्टर व्यवसायी आन्दोलनमा : नगरपालिका बेखबर

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ भदौ ३१ गते सोमबार ०९:३३

ट्याक्टर व्यवसायीहरुले वृहस्पति अधिकारीको अध्यक्षतामा ११ सदस्यीय संघर्ष समिति समेत बनाएको बताउनुयो । समितिमा नगरपालिका भित्रका ३० जना ट्याक्टर व्यवसायीहरु र ३ वटा टिप्पर आबद्ध छन् । आन्दोलनकारीहरूले नेपालमै गरि खानदेउ भन्ने आन्दोलनको नारा समेत तय गरेर ट्याक्टरमा टास गरेको बताउनुभयो ।

लमजुङ (सुन्दरबजार)। लमजुङको सुन्दरबजार नगरपालिकाका ट्याक्टर व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । नगरपालिका गेटमा आ–आफ्ना ट्याक्टर थुपारेर आन्दोलनको घोषणा जारी राखेका छन् तर नगरपालिका भने बेखबर जस्तै छ ।
बिहीबारदेखि ट्याक्टर व्यवसायीले नगरपालिका गेटमा ट्याक्टर थुपारेर आन्दोलन गरेका हुन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुक्रबारदेखि असोज ९ गतेसम्म बिदामा रहेको र नगरपालिकाका प्रमुख, उपप्रमुख विभिन्न बहानामा कार्यालयमा अनुपस्थित रहेबाट सो आन्दोलनप्रति बेखबर जस्तै रहेको आन्दोलनकारीहरुले सोमबार बताएका छन् । उहाँहरूले नगरपालिकाले नदीजन्य पदार्थको अबैध उत्खनन गरेको फेला पर्दा पहिलो पटक २० हजार रुपैयाँ, दोस्रो पटक ४० हजार रुपैयाँ र तेस्रोपटक गाडी सिज गर्ने भनेको, गतवर्ष स्टोर गरेको सामग्री ढुवानी गर्दा पनि पक्राउ गरेको, गत वर्ष टेण्डर गरेको साढे चार लाख रकमको गिट्टी बालुवा झिक्न नपाए पछि सो रकम फिर्ता पाउनुपर्ने लगायतका चार मुख्य माग रहेको आन्दोलनकारीहरुको भनाइ छ । ती माग पूरा नहुदासम्म आन्दोलन जारी रहने उहाँहरूको भनाइ छ ।
यसबारेमा बुझ्न सो नगरपालिकामा सम्पर्क गर्दा निमित्त प्रमुख ठाकुरजी तिवारीले आफू निर्णय गर्ने अधिकार प्राप्त व्यक्ति नभएको हुदा सबै कुरा भन्न नसक्ने तर नगरपालिकाको आर्थिक कार्यविधिमा अबैध उत्खनन गरेको सामग्री ढुवानी गरेको गाडी तेस्रो पटक फेला परेमा त्यो पटकदेखि ६० हजारका दरले जरिवाना गर्ने भने उल्लेख छ सिज गर्ने भन्ने छैन भन्नुभयो । उहाँका अनुसार प्रमुख प्रशासकीय अधिकृत १० गते विदा नपरे हाजिर हुनुहुन्छ । उहाँले एक पटक वार्ता असफल भएको भन्ने सुने, म वार्तामा थिइन, मेरो जिम्मेवारी शिक्षा हो, अन्य शाखाको गतिविधिमा चासो राख्न ठीक हुन्न भन्ने लाग्छ मलाई जानकारी दिने प्रचलन पनि छैन तिवारीले उल्लेख गर्नुभयो । यसैगरी गत बर्षको समाग्री स्टोर सम्बन्धमा नगरपालिकाले उपलब्ध गराएको नगदी रसिदमा एक महिना भित्र सो काम सम्पन्न गर्नु पर्ने उल्लेख रहेको जानकारी दिनुभयो ।

ट्याक्टर व्यवसायीहरुले वृहस्पति अधिकारीको अध्यक्षतामा ११ सदस्यीय संघर्ष समिति समेत बनाएको बताउनुयो । समितिमा नगरपालिका भित्रका ३० जना ट्याक्टर व्यवसायीहरु र ३ वटा टिप्पर आबद्ध छन् । आन्दोलनकारीहरूले नेपालमै गरि खानदेउ भन्ने आन्दोलनको नारा समेत तय गरेर ट्याक्टरमा टास गरेको बताउनुभयो । संघर्ष समितिका उपाध्यक्ष भन्नुहुन्छ, एक, दुई दिनमै समस्या समाधान नगर्ने हो भने आन्दोलनको सुरु दिन देखिको क्षतिपूर्ति नगरपालिकाले बेहोर्नु पर्छ ।
सो समितिका अध्यक्ष अधिकारीले वार्ता असफल भएपछि हामीले नगरपालिका छिर्ने बाटोमा ट्याक्टर तेर्साएर अवरुद्ध गरेपछि समस्या समाधान नगरी, हामी दिनदिनै कमाएर खानेहरुको बिचल्ली बनाई डोजरले ट्याक्टर ठेलेर बाटो खोली आफ्नो गाडी लिएर घरतिर टाप ठोकेकोमा हाम्रो आपत्ति छ ।
प्रमुख प्रशासकीय अधिकृत शिशर पौडेलले सुन्दरबजारको विकास गर्न राइनास नगरपालिकाबाट, तनहुँको भानु नगरपालिकाबाट सामग्री ल्याउन भनेको भन्दै सो संघर्ष समितिका सचिव विष्णुबहादुर खड्काले आपत्ति व्यक्त गर्नुभयो । यदि यही अडानमा नगरपालिका रहने हो भने अब नगरपालिकाले कुनै पनि विकासका योजना पास गर्ने र घरको नक्सा पनि पास गर्न पाउदैन, नगरोस् उहाँले भन्नुभयो ।
यस बारेमा जानकारी लिन नगरपालिकाका प्रमुख, उपप्रमुखको कार्यकक्षमा फेला पर्नु भएन भने फोन सम्पर्क हुन सकेन ।

प्रकाशित मिति २०८१ भाद्र ३१, सोमबार २१:३३ गते
हजुरको प्रतिक्रिया