प्रगतिटोल नमुना आमा समूहमा शर्मीला

प्रगतिटोल नमुना आमा समूहमा शर्मीला

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ असोज १ गते मङ्गलबार १२:५५

पोखरा । प्रगतिटोल नमूना आमासमूह प्रगतिटोल चाउथे पोखराको चौथो अधिवेशन तथा  एघारौँ  साधारणसभाले शर्मीला श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको  छ । अधिवेशनले  प्रथम उपाध्यक्ष सावित्रा अधिकारी, द्वितीय उपाध्यक्ष  द्रौपदी ...

पोखरा । प्रगतिटोल नमूना आमासमूह प्रगतिटोल चाउथे पोखराको चौथो अधिवेशन तथा  एघारौँ  साधारणसभाले शर्मीला श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको  छ ।

अधिवेशनले  प्रथम उपाध्यक्ष सावित्रा अधिकारी, द्वितीय उपाध्यक्ष  द्रौपदी  पौडेल, सचिव तुलसा पुन, कोषाध्यक्ष कान्ता कोइराला पोखरेल, सहसचिव सीता खड्का, सहकोषाध्यक्ष  निरू ढकाल, सदस्यहरू समुद्र थापा, माया गुरुङ, लक्ष्मी हमाल खाँड, सानू अधिकारी, दयाकुमारी आले, विष्णु खत्री, ललिता खड्का, शान्तिदेवी थापा, भोला राना, खिमा  के सी, यामकुमारी गुरुङ, गीता रायमाझी, माया गिरी, पार्वती श्रेष्ठ, चन्द्र शेरचन, दीपा खड्का, रञ्जु साहलाई चयन गरेको छ । त्यसै गरी कार्यसमितिले सम्झना भुजेल, गीता अधिकारी र उमा गुरुङलाई सल्लाहकारमा मनोनित गरेको छ ।

कार्यक्रममा  प्रमुख अतिथी पोखरा महानगर पालिका वडा नं. १४ का वडा अध्यक्ष बोधराज कार्कीले शुभकामना मन्तव्य दिँदै वडाले समूहलाई गर्नुपर्ने साथ र सहयोग गर्न हमेसा तत्पर रहेको बताउनुभयो । त्यसै गरी विशेष अथिति पोखरा महानगरपालिका १४ का वडा सदस्य कृष्णहरि काफ्ले, अतिथिहरूमा प्रगतिटोल विकास समितिका अध्यक्ष मीनाबहादुर गुरुङ, टोल विकास समितिका सचिव गोविन्द सापकोटा र समूहका निवर्तमान अध्यक्ष सम्झना भुजेलले पनि शुभकामना दिनुभएको थियो ।

प्रकाशित मिति २०८१ आश्विन १, मंगलवार १२:५५ गते

हजुरको प्रतिक्रिया