पुर्खाहरु गोलीसंग डराएनन् हामी गालीसंग किन डराउने ? : रास्वपा सभापति रवि

पुर्खाहरु गोलीसंग डराएनन् हामी गालीसंग किन डराउने ? : रास्वपा सभापति रवि

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ असोज १ गते मङ्गलबार ०९:३८

काठमाडौ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिजो हाम्रा पूर्खाहरु देश जोगाउन र बनाउन गोली खान तयार थिए, हामी गाली खान किन तयार नहुने ? भन्नु भएको छ । उहाँले सो दलको यहाँ सञ्चालन गरिएको २ दिने राष्ट्रिय भेलालाई सम्वोधन...

रवि सहकारी ठगीमा दोषि नभएको संसदीय समितिको ठहर

काठमाडौ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिजो हाम्रा पूर्खाहरु देश जोगाउन र बनाउन गोली खान तयार थिए, हामी गाली खान किन तयार नहुने ? भन्नु भएको छ । उहाँले सो दलको यहाँ सञ्चालन गरिएको २ दिने राष्ट्रिय भेलालाई सम्वोधन गर्दै असोज १ गते त्यस्तो बताउनु भएको हो । उहाँले आफूलाई ड्राइभरको संज्ञा दिदै आफुले गाडीको इन्जिन, इन्धन राम्रोसंग चेक गरेको यसमा कुनै समस्या छैन, म गाडीलाई गन्तव्यमा पुर्याएर मात्र विश्राम लिन्छु, यात्राका क्रममा उकालो, घुम्ती पनि आउन सक्छ त्यसमा को चढ्छ, को ओर्लन्छ म मतलव गर्दिन भन्नुभयो ।
हामीले चाहेको परिवर्तन सर्वसाधारणको अवस्था बदल्ने हो, यसका लागि शान्तिपूर्ण विद्रोह गर्ने हो, परिवर्तनका लागि त्याग र वलिदान गर्नैपर्छ, त्यो बिना सम्भव छैन उहाँले भन्नुभयो । हामी कुनै नेताको मानमर्दनका लागि नभई उहाँहरुले गरेको गलत कामका विरुद्धको विद्रोहमा जुटेका हौं रविले भन्नुभयो । यो बीचमा रास्वपाका २१ सांसदले जुन तथ्य र तथ्यांकका आधारमा संसदमा कुरा राख्नु भएको छ, त्यसले नयाँ र थप उत्साह जागृत भएको छ, यी सबै विषयमा राजनीतिक प्रतिवेदनमा धेरै कुरा आउने छ भन्दै सहकारीको छानबिन गर्न गठित समितिले हिजो मात्र प्रतिवेदन बुझाउदै रवि दोषि देखिएन भन्ने जानकारी गराएको स्मरण गर्नुभयो । उहाँले पत्रकारहरुलाई भ्रमको खेती नगर्न समेत आग्रह गर्नु भएको थियोे ।
रास्वपा शान्तिपूर्ण विद्रोहको प्रतीक हो भन्दै सभापति लामिछानेले त्यसमा एक थोपा पनि रगत बग्ने छैन भन्दै त्यो ०८४ मा हामीले चाहेको परिवर्तन मतपत्रका माध्यमबाट हुने उल्लेख गर्नु भयो ? उहाँले हामीसंग जित्ने उत्साह छ हार्ने छुट छैन भन्नु भयो । मुलुक बनाउनका लागि नागरिकको हस्तक्षेप आवश्यक छ भ्रमपूर्ण खेतीको पछाडी नलाग्न आग्रह गर्दछु भन्नुभयो । उहाँले रास्वपाले चुनाव बाहेक अन्यत्र हार्ने छैन भन्ने उल्लेख गर्नुभयो । यो आशा र निराशाको प्रश्न हैन, जीत प्रतिवद्धता हो जसबाट भाग्न पाइदैन उहाँको भनाइ छ । हामी आफ्नै गोडामा अल्झेर लड्न सक्छौ तर अरुले लडाउन सक्ने छैन । उहाँले यस दलमा आबद्ध हुन चाहनेका लागि आफ्नो कारणले कसैलाई रोक्ने काम नगर्नु होला कसैले कसैलाई छेक्ने छैन आकाश धेरै फराकिलो छ भन्दै उहाँले निर्देशन दिनु भयो । तपाईं हामीहरुलाई पुराना पार्टी बन्ने छुट छैन, काम गर्न आँट, तागत र ढंग चाहिन्छ त्यो तागत रास्वपासंग छ, हिजो पक्राउ परेकाहरु साना, भुरा माछा हुन् ठूला माछा बाँकी छन् त्यही जान्नका लागि सरकारमा गएको हो उहाँले भन्नु भयो । उहाँले रास्वपा चिन्तामा छैन, देश बनाउने चिन्तनमा छ भन्नुभयो ।
रवि सहकारी ठगीमा दोषि नभएको संसदीय समितिको ठहर :
संसदको सहकारी छानबिन समितिको सदस्य रहनु भएका सांसद शिशिर खनालले हिजो बुझाएको सहकारी छानबिन प्रतिवेदन बारेमा प्रकाश पार्नु हुँदै पार्टी सभापति रवि सहकारी ठग हो भन्ने हिजोका दिनसम्मको विरोधि दलले चलाएको हल्ला र भाष्यलाई हिजोको त्यो सम्वन्धि प्रतिवेदनबाट पुष्टि भएको बताउनु भयो । उहाँले आफू आवद्ध समितिले दैनिक १०– १२ घण्टा खटेर काम गरेर निष्कर्ष निकालेको जानकारी उहाँले दिनुभयो, रविले ऋण लिएको वा रकम अपचलन गरेको पुष्टि हुने आधार छैन । समितीको प्रतिवेदनमा सभापति दोषि नभएका भन्ने उल्लेख भएको हुदा सहकारी ठगीमा संलग्न नरहेको प्रष्याउन चाहन्छु भन्नुभयो । प्रमाण कस्तो हुने रहेछ भन्ने पनि सो क्रममा उजागर भएको भन्दै उहाँले सो क्रममा अर्को तथ्य खुलेको जानकारी दिदै विभिन्न सहकारीमा ८७ अर्व रूपैंया अपचलन भएको रहस्य सार्वजनिक भएको छ, अब हाम्रो ध्यान त्यसतर्फ जानेछ र यो दायित्व हो उहाँले भन्नु भयो ।
राष्ट्रिय गानबाट थालिएको उक्त कार्यक्रमको सभापति रविसहित सबैले घण्टी बजाएर उद्घघाटन गरिएको थियोे । सो कार्यक्रमको पार्टीका कावामहामन्त्री कविन्द्र बुर्लाकोटी र सहसचिव विपिन आचार्य र सुमना श्रेष्ठले सञ्चालन गर्नु भएको थियोे ।
सो अवसरमा राखी यो देशलाई साक्षी, सिङ्गै देशको आशा रास्वपा बोलको गीत गुञ्जाउदै उक्त कार्यक्रम सुरु भएको थियोे । उक्त अवसरमा सातवटै प्रदेशका सभापतिहरुले आ–आफ्नो प्रदेशको राजनीतिक एवम् सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
सो अवसरमा राखी यो देशलाई साक्षी, सिङ्गै देशको आशा रास्वपा बोलको गीत गुञ्जाउदै उक्त कार्यक्रम सुरु भएको थियोे । उक्त अवसरमा सातवटै प्रदेशका सभापतिहरुले आ–आफ्नो प्रदेशको राजनीतिक एवम् सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
उद्धघाटन सत्र पछि तिन वोटै आर्थिक बर्षको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष अधिकारीले सात वोटै प्रदेशको समेत आय व्यय सार्वजनिक गर्नु भएको थियो । उहाँले सात वोटै प्रदेशको आय व्यय लेखा परिक्षण सहित सार्वजनिक गर्ने र निर्वाचन आयोगमा समेत पेश गरी वेवसाइटमा समेत सार्वजनिक गर्ने रास्वपा पहिलो पार्टी भएको जानकारी दिनु भएको थियो । निवर्तमान शिक्षा मन्त्री एवं पार्टीका सहसचिव सुमना श्रेष्ठले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा निर्वाचनका बेलामा जारी गरिएको प्रतिवद्धता पत्रको समेत स्मरण गर्दै पार्टीको भावी दिशा र आचारसंहिताका बारेमा प्रस्ट्याउने काम गर्नु भएको थियो ।
यसैगरी अनुशासन विभागका संयोजक भरतमणी धितालले अनुशासन समितिको प्रतिवेदन प्रस्तुत गर्दै त्यो समितिले काम गर्नु नपर्ने स्थिती सृजना गर्न सहभागीहरूलाई आग्रह गर्नुभएको थियो । सो अवसरमा पार्टीका उपसभापति स्वर्निम वाग्लेले पार्टीको निती विचार प्रस्तुत गर्दै विचार विना राजनिती चल्दैन रास्वपा जिवन्त पार्टी हो । पार्टी जिवन्तहुन नेतृत्व, चलायमान संगठन र विचार आवश्यक पर्छ, जो स्वतन्त्र पार्टीसंग छ भन्नुभयो । उहाँले पटिीको प्राण विचार हो भन्दै जलेश्वर घोषण पत्रको बारेमा प्रकाश पार्नु भएको थियो ।
सो कार्यक्रमको पार्टीका कावामहामन्त्री कविन्द्र बुर्लाकोटी र सहसचिव विपिन आचार्य र सुमना श्रेष्ठले सञ्चालन गर्नु भएको थियोे । राष्ट्रिय भेलामा २५०० बढी सहभागीहरूले भाग लि रहेका छन् प्रज्ञा भवनको सभाहलमा खचाखच भएर नअँटेका आधाजसो सहभागीलाई हल बाहिर स्क्रिनमा कार्यक्रम हेर्ने व्यवस्था गरिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीको दुई दिने राष्ट्रिय भेला भोली सांझ समापन गर्ने कार्यक्रम रहेको आयोजकको भनाइ छ ।

प्रकाशित मिति २०८१ आश्विन १, मंगलवार २१:३८ गते
हजुरको प्रतिक्रिया