काठमाडौ– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पहिलो महाधिवेशनको घोषणा गरेको छ । सो दलको यहाँ आयोजित २ दिने राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले सो घोषणा आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा असोज २ गते गर्नु भएको हो ।
अध्यक्ष रविले महाधिवेशन आगामी बैशाख २५,२६ र २७ गते हुने धोषणा गर्दै विद्यमान केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा परिणत भएको जानकारी दिनु भयो । रविले सो घोषणा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै गर्नु भएको हो । उहाँले करिब डेढ घण्टा लामो सो प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्य मन्त्री हुने प्रस्ताव गर्नु भएको छ ।
रास्वपाले अर्थपूर्ण राजनीति गर्ने उल्लेख गर्दै सासंदको भूमिका विधायकको मात्र हुने नीति अवलम्बन गर्ने जानकारी दिनुभयो । हामी सिकेर जित्ने राजनीति गर्छाैं भन्दै निवर्तमान उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहनु भएका रविले भ्रष्टाचारमा शून्य सहनशीलता पार्टीको तत्कालीन मुल एजेन्डा हुने बताउनु भयो । उहाँले सत्ताको गलत प्रबृत्तिको भण्डाफोर गर्ने जानकारी दिदै पार्टीको तीन मोर्चामा सशक्त उपस्थिति रहनेछ भन्ने उल्लेख गर्नुभयो ।
सो अवसरमा कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन, उपमहासचिव सुमना श्रेष्ठको मूल्यमान्यता एवम् आचारसंहिताको प्रतिवेदन, कावामहामन्त्री कविन्द्र बुर्लाकोटीले पेश गर्नु भएको विधान तथा उपसभापति स्वर्णिम वाग्लेले पेश गर्नु भएको नीति मन्थन प्रतिवेदनमा सात प्रदेशका प्रतिनिधिहरू बिच समूहगत छलफल गरी चारचार जना प्रतिनिधिलाई छलफलको निष्कर्ष सुनाउन लगाइएको थियोे ।

प्रकाशित मिति २०८१ आश्विन २, बुधबार २१:२७ गते