दानवीर खरजङ गुरुङ दम्पतीद्वारा आफ्नो ८४ पुजाका अवसरमा झण्डै पाँच लाख रुपैयाँ प्रदान

दानवीर खरजङ गुरुङ दम्पतीद्वारा आफ्नो ८४ पुजाका अवसरमा झण्डै पाँच लाख रुपैयाँ प्रदान

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ असोज ४ गते शुक्रबार ०७:३२

सो कार्यक्रम ‘शाहाकारी भोजन खाऔं स्वास्थ्य बनौं’ भन्ने मूल नाराका साथ प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङको प्रमुख अतिथ्यातामा समुताँ गुम्वाद्वारा आयोजना गरिएको हो ।

दानवीर खरजङ गुरुङ सदम्पतीले कुल चार लाख ९७ हजार २२० रुपैयाँ प्रदान गर्नुभएको हो ।

भोटेओडार(लमजुङ)– दानवीर खरजङ गुरुङ दम्पतीले विभिन्न प्रयोजनका लागि करिब पाँच लाख रुपैयाँ प्रदान गर्नु भएको छ । सुन्दरबजार नगरपालिका– ९ भोटेओडार स्थित समुताँ गुम्वाको आयोजनामा गुम्बाकै संस्थापक अध्यक्ष कप. खरजङ गुरुङ र उहाँकी धर्मपत्नी वर्तकाशी गुरुङले आफ्नो ८४ पुजा एवम् जन्म दिवसको पावन अवसरमा प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सो रकम असोज १ गते प्रदान गर्नु भएको हो ।
सो कार्यक्रम ‘शाहाकारी भोजन खाऔं स्वास्थ्य बनौं’ भन्ने मूल नाराका साथ प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङको प्रमुख अतिथ्यातामा समुताँ गुम्वाद्वारा आयोजना गरिएको हो । सो कार्यक्रमको प्रमुख अतिथि गुरुङले पानसमा दीप प्रज्वलन गरी उदघाटन गर्नु भएको थियो । प्रजिअ गुरुङले आफ्नो संक्षिप्त मन्तव्यमा शाकाहार जीवन उत्तम भएको बताउँदै दानवीर खरजङ गुरुङ जस्ता व्यक्तित्वको जतिप्रशंसा गरे पनि पुग्दैन, उहाँको जीवनबाट मानव सेवाका यस्ता कार्य हामीहरूले पनि सिक्नु पर्छ भन्नुभयो ।
सो अवसरमा दानवीर खरजङ गुरुङ सदम्पतीले कुल चार लाख ९७ हजार २२० रुपैयाँ प्रदान गर्नुभएको थियो । स्थानीय भविष्य निर्माण माविका लागि छात्रवृत्ती स्वरुप प्रधानाध्यापक मायानाथ अधिकारीलाई ७५ हजार ५५५ रुपैयाँ प्रदान गर्नु भयो । यसैगरी, सोही क्षेत्रको भारती सदन माविका प्रधानाध्यापक ज्ञानबहादुर कार्की एवम् विव्यसका अध्यक्ष दिलजङ गुरुङलाई ७५ हजार ५५५ रुपैयाँ प्रदान गर्नु भयो ।
यसैगरी, दूधपोखरी गाउँपालिकाको गौंडा स्थित ओखरी माविलाई पनि खरजङ दम्पतीले ७५ हजार ५५५ रुपैयाँ प्रदान गर्नु भयो । उक्त कार्यक्रममा डाँडाथोक तमु समाजलाई एकलाख ५० हजार रुपैयाँ प्रदान गर्नु भयो भने कार्यक्रम आयोजक संस्था समुताँ गुम्बालाई खरजङ दम्पतीले ७५ हजार रुपैयाँ गुम्बाका अध्यक्ष बीरसिंह घले, सचिव दुधबहादुर घले र सदस्य दुरमाया गुरुङलाई प्रदान गर्नु भएको थियो ।
त्यस्तै, भोटेओडार स्थित समुताँ तमु समाजका अध्यक्ष पदमराज गुरुङ तथा सोही आमा समूहका अध्यक्ष दुरमाया गुरुङलाई ५० हजार रुपैयाँ प्रदान गर्नु भएको थियो । दानवीर गुरुङले भोटेओडार सामुदायिक पुस्तकालयलाई सो पुस्तकालयका अध्यक्ष वसन्तराज खनादललाई २५ हजार ५५५ रुपैयाँ प्रदान गर्नु भएको थियो ।
यसैगरी, भोटेओडारमै रहेको कर्मरेखा भूपू सैनिक संगठनका अध्यक्ष दूधबहादुर घलेलाई व्याडमिन्टन खेलको लागि प्रदान गर्नु भएको थियो । यसप्रकार खरजङ गुरुङ सदम्पतीले आफ्नो ८४ बर्ष प्रवेशको अवसरमा कुल चार लाख ९७ हजार २२० रुपैयाँ प्रदान गर्नुभएको कार्यक्रमको समेत अध्यक्षता गर्नु भएका समुताँ तमू समाजका अध्यक्ष वीरसिंह घलेले बताउनु भयो । उहाँका अनुसार दानवीर खरजङ गुरुङले सो रकम ती संस्थाहरूलाई अध्यक्षकोषका लागि प्रदान गर्नु भएको हो ।
लमजुङ, गोरखा र तनहुँका गुम्बाका प्रमुख लामा गुरुहरू र अध्यक्षहरू विभिन्न समाजका अगुवाहरूको सहभागिता थियो । कार्यक्रममा नेपाल ङिङमा संघको सचिव एवम् शाकाहारी अभियन्ता भिक्षु आङफुरी शेर्पा, नेपाल साकाहारी संघका अध्यक्ष कृष्ण गुरुङ, सोही संघका महासचिव मातृका प्याकुरेल, सदस्य दिलिप गुरुङ, समुताँ गुम्बाका संरक्षक सिङगापूर पूर्वइन्स्पेक्टर गोपालसिंह घले लगायतले सहभागिता थियो ।
संस्थाका अध्यक्ष विरसिंह घलेका सभापतित्वमा भएको उक्त कार्यक्रमको सञ्चालन समता गुम्बाका सचिव दुधबहादुर घलेले गर्नु भएको थियो । सो अवसरमा खरजङ दम्पत्तीलाई सम्मान गर्नुका साथै उहाँहरूबाट आशीर्वाद लिने काम पनि गरिएको थियो ।

प्रकाशित मिति २०८१ आश्विन ४, शुक्रबार ०७:३२ गते
हजुरको प्रतिक्रिया