दानवीर खरजङ दम्पतीलाई बधाईका साथ दीर्घजीवनको कामना

दानवीर खरजङ दम्पतीलाई बधाईका साथ दीर्घजीवनको कामना

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ असोज ८ गते मङ्गलबार ०८:०४

दानवीर खरजङ दम्पतीले ८४ पुजाका अवसरमा गर्नु भएको करिब पाँच लाख रुपैयाँको दानका बारेमा अन्तरङ्ग न्यूज डटकममा यसअघि नै समाचार प्रकाशन भइसकेको छ ।

दानवीर खरजङ दम्पतीको ८४ पुजा तथा ‘शाकाहारी भोजन’का विषयक प्रवचन कार्यक्रमको समीक्षा

भोटेओडार(लमजुङ)– यहाँस्थित समुताँ गुम्बा समितिको आयोजनामा गरिएको दानवीर कप खरजङ दम्पतीको ८४ पुजा एवम् ‘शाकाहारी भोजन’का विषयमा आयोजित कार्यक्रमको समिक्षा गरिएको छ । सो अवसरमा लमजुङको सुन्दरबजार नगरपालिका– ८ को यहाँ निवास गर्नु हुने खरजङ दम्पतीले विभिन्न संघसंस्थालाई गर्नु भएको सहयोगप्रति कृतज्ञताका साथ बधाईका साथ दीर्घजीवनको शुभकामना असोज ७ गते व्यक्त गरेको हो ।
समीक्षा बैठकमा उक्त अवसरमा असोज १ गते गरिएको सो कार्यक्रममा प्रमुख आतिथ्यता गर्नु हुने प्रजिअ बुद्धबहादुर गुरुङ, ‘शाकाहारी भोजन’का विषयमा आफ्ना गहन विचार राख्नु हुने ेविशेष अतिथिहरू भिक्षु आङफरी शेर्पा, शाकाहारी अभियानका केन्द्रीय अध्यक्ष कृष्ण गुरुङ, सो संघका महासचिव मातृका प्याकुरेल, ङिमा संघका सचिव, समुताँ गुम्बाका संरक्षण सिंगापुरे इनिस्पेक्टर गोपालसिंह घले लगायतलाई पनि बैडकले सहयोगप्रति कृतज्ञता व्यक्त गरेको समुताँ गुम्बा समितिका अध्यक्ष बिरसिंह घलेले बताउनु भएको छ । उहाँका अनुसार कप खरजङ गुरुङले समुताँ गुम्बालाई स्थापनाकालदेखिनै गर्नु भएको सहयोग एवम् सल्लाहको स्मरण समेत गरेको थियो ।
दानवीर खरजङ दम्पतीले ८४ पुजाका अवसरमा गर्नु भएको करिब पाँच लाख रुपैयाँको दानका बारेमा अन्तरङ्ग न्यूज डटकममा यसअघि नै समाचार प्रकाशन भइसकेको छ ।
समुताँ गुम्बा समितिका अध्यक्ष बिरसिंह घलेको अध्यक्षतामा समुताँ गुम्बामा सञ्चालन गरिएको बैठकको उदघोषण कार्य सचिव दूधराज घलेले गर्नु भएको थियो ।

प्रकाशित मिति २०८१ आश्विन ८, मंगलवार ०८:०४ गते
हजुरको प्रतिक्रिया