अरिंगालले चिलेर घाइते बनेका चार छात्राहरू उपचार पछि घर फर्के

अरिंगालले चिलेर घाइते बनेका चार छात्राहरू उपचार पछि घर फर्के

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ असोज १० गते बिहिबार ०७:२६

सो विद्यालय जाने २५ जनामध्ये चारजनालाई मात्र अरिंगालले चिलेको हो । उपचार पछि उनीहरू आ–आफ्नो घरमा फर्केका छन् ।

घाइते छात्राहरूको खर्च विद्यालयले बेहोर गरेको छ ।

गाउँशहर(लमजुङ)– लमजुङ विद्यालय हिडेका चार छात्राहरूलाई अरिंगालले चिल्दा घाइते भएका उनीहरू उपचार पछि घर फर्केका छन् । उनीहरू चारै जना छात्राहरूलाई लमजुङ माध्यमिक विद्यालयका छात्रा हुन् । असोज १० गते भएको सो घट्नाको प्रहरीले समेत पुष्टि गरेको छ ।
जिल्लाको बेसीशहर नगरपालिका– ३ को गाउँशहर स्थित लमजुङ माध्यमिक विद्यालय जाँदै गर्दा बाटोमा अरिंगालले टोकेर उनीहरू घाइते अवस्थामा स्कूल आएको र उपचारका लागि अस्पताल पठाएको लमजुङ माध्यमिक विद्यालयका सहायक प्रअ राजन अधिकारीले बताउनु भयो । उहाँका अनुसार घाइते भएका चार छात्रामध्ये दुईको अवस्था सामान्य थियो तर पनि उपचारका लागि अस्पताल पठायौं । दुई जनालाई सलाइन समेत चढाउनु परेको थियो । तर ऐले उनीहरू चारै जना घर फर्केका छन् सहायक प्रअ अधिकारीले जानकारी दिनुभयो ।
आज बिहान विद्यालय आउने क्रममा ती चारजना अलि पछि परेछन् सहायक प्रअ अधिकारीले भन्नुभयो । उहाँका अनुसार त्यो क्षेत्रबाट करिब २५ जना विद्यार्थीहरू विद्यालयको सबै कक्षामा पढ्नेहरू आउने गर्दछन् तर उनीहरूलाई मात्र अरिंगाले चिलेको पाइयो ।
उनीहरू दुई जना कक्षा छ का र अन्य दुई जना ७ र ८ कक्षामा अध्ययनरत छात्रा हुन् सहायक प्रअ अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बेसीशहर– ५ बाख्रेगजत घर भएका १० वर्षीया करुणा गुरुङ र १३ वर्षीया रीता गुरुङ कक्षा– ६ मा अध्ययन गर्ने हुन् भने १३ वर्षीया संगीता तामाङ कक्षा– ८ मा र १२ वर्षीया अर्जना तामाङ कक्षा– ७ की छात्रा हुन् ।
सहायक प्रअ अधिकारीले भन्नुभयो, ‘घाइते छात्राहरूको उपचार खर्च विद्यालयले बेहोर गरेको छ ।’ उपचार पछि उनीहरू घर फर्केका छन् ।

प्रकाशित मिति २०८१ आश्विन १०, बिहीबार १९:२६ गते
हजुरको प्रतिक्रिया