काठमाडौ– एक पत्रकारलाई यहाँको अदालतले जेल सजायको फैसला गरेको छ । हङकङका एक न्यायाधीशले एक प्रसिद्ध अनलाइन समाचार संस्थाका पूर्वसम्पादक लाई ‘भड्काउ’ ठहरिएका लेखहरू प्रकाशित गरेको आरोपमा एक वर्ष नौ महिना जेल सजाय असोज १० गते सुनाएका हो ।
चुङ र लाम दुवै जना सत्ताविरोधी गतिविधिको आरोपमा दोषी ठहर भएका पहिलो हङकङका पत्रकार हुन् । यो कानुन बेलायती उपनिवेशकालीन हो, जुन बेइजिङद्वारा तयार गरिएको राष्ट्रिय सुरक्षा कानुनसँगै, एक पटक स्वतन्त्र भएको सहरमा विरोधलाई दबाउन प्रयोग गरिएको छ । हङकङमा यो पत्रकारिताको लागि अभूतपूर्व सजायका रुपमा लिएको छ । यसअघि प्रेस स्वतन्त्रतालाई हङकङमा सुरक्षित मानिन्थ्यो र सहरमा कानुनी रूपमा समेत सुरक्षित ठानिएको थियो ।
गैर–नाफामूलक डिजिटल समाचार संस्थाका रुपमा यो संस्था रहँदै आएको छ । सजाय सुनाइएका ५४ वर्षीय चुङ पुयि–कुन स्ट्यान्ड न्यूजका शीर्ष सम्पादकका रुपमा रहेका थिए । उनको समचार संस्थाले सन् २०१९ मा हङकङको सरकारविरोधी प्रदर्शनको समयमा विशेष ख्याती कमाएको थियो ।
प्रहरीले २०२१ को डिसेम्बरमा संस्थाको कार्यलयमा छापा मारेर केही कार्यकारी तथा संस्थाका सम्पादकहरूलाई गिरफ्तार गर्दै संस्थालाई बन्द गर्न बाध्य पारिएको थियो । यहीँ आरोपमा दोषी ठहरिएका अर्का ३६ वर्षीय पूर्वसम्पादक प्याट्रिक लामलाई भने छोटो सजाय निर्धारण गरियो । सुनुवाइ अघि चुङ र लामले एक वर्षभन्दा बढी समय जेलमा बिताएकाले लाम भने रिहा भएका छन् ।
चुङ, संस्थाका प्रधान सम्पादक थिए हुन् लाम, छापामार्दाको समयमा कार्यवाहक प्रधान सम्पादक रहेका थिए । सन् २०२१ को अगस्टमा ‘उत्तेजना फैलाउने’ लेखहरू प्रकाशन गरेको आरोपमा उनीहरूलाई दोषी ठहर गरिएको हो । उनीहरूलाई दोषी ठहराइएको सामग्रीहरूमा समाचार रिपोर्टिङ, अन्तर्वार्ता, प्रोफाइल तथा टिप्पणी र लेखहरू समावेश थिए । जुन २०२० र २०२१ बीच प्रकाशित भएका थिए ।
चुङलाई एक वर्ष नौ महिना जेल सजाय सुनाइएको र जुन यो अपराधको लागि अधिकतम दुई वर्षको सजाय नजिकको हो । न्यायाधीशले लामलाई छोटो सजायको अनुमति दिएका थिए । लामलाई भने छोटो समय सम्पादकको भूमिका निभाएको र स्वास्थ्यमा समस्या रहेका कारण कम सजाय निर्धारण गरिएको जनाइएको छ । लाम दुर्लभ किड्नीको समस्याबाट पीडित छन् ।
यो सजायले हङकङमा पत्रकारहरूको पहिले देखिनै कठिन अवस्थालाई झनै बढाएको विश्लेषण भएका छन् । केवल पछिल्लो दुई हप्तामा मात्र, दर्जनौं हङकङका पत्रकारहरू अनलाइन दुर्व्यवहार तथा उनीहरूका परिवार र सहकर्मीहरूलाई बदनाम गर्ने पत्रहरूको सामना गरिरहेका छन् ।
त्यस्तै, एपीको एक फोटोग्राफर जसले यस वर्षको सुरुमा ‘वर्क पर्मीट’ अस्वीकार गर्दै उनलाई गत हप्ता सहरमा प्रवेश गर्न रोक लगाइएको छ । सन् २०२० मा पारित गरिएको बेइजिङले लादेको राष्ट्रिय सुरक्षा कानुन र यस वर्ष लागू भएको थप राष्ट्रिय सुरक्षा कानूनले स्वतन्त्र अभिव्यक्तिलाई दण्डित गर्न अनुमति दिएको छ, जसमा हङकङको मिनी–संविधान, आधारभूत कानुनले सुरक्षित गरेको पत्रकारिता पनि यसभित्र परेको छ ।
हङकङको मिडिया र पत्रकारिता अहिले डर, सेल्फ सेन्सरसिप गर्न बाध्य छन्। विषेश गरेर पत्रकारहरू, मानवअधिकारकर्मीहरू तथा अन्य अधिकारवादीहरु अहिले चिन्तित देखिन्छन्। यो अवस्था विश्वविद्यालयहरू जस्ता अन्य क्षेत्रमा पनि प्रतिविम्बित हुने ठानिएको छ ।
‘पत्रकारितासँग सम्बन्धी यी मुद्दाहरूले अब हङकङमा राजनीतिक मुद्दाहरूको लागि कानुनको शासन नभएको देखाउँछ’ ‘हङकङ फ्रीडम फाउन्डेसनका अध्यक्ष तथा प्रजातन्त्रवादी पत्रिका एप्पल डेलीका पूर्वनिर्देशक मार्क क्लिफोर्डले भने । ‘एप्पल डेलीलाई पनि सरकारद्वारा जबर्जस्ती बन्द गराइएको थियो । ‘पत्रकारहरू र अन्य व्यक्तिहरूसँग भएको यो घटना मैले कल्पना गरेको भन्दा भयावह छ’ उनले थपे ।
विस्तारै विद्यालय क्षेत्रमा पनि गहिरो नियन्त्रणहरु सुरू गरिएको दाबी गरिएको छ । सामाजिक तथा राजनीतिक विषयमा स्वतन्त्र शैक्षिक अनुसन्धानको लागि कडा निग्रानी गरिएका छन् । राष्ट्रिय सुरक्षा कानुनले हङकङका आठ सार्वजनिक विश्वविद्यालयहरूको मानविकी विभागहरूमा दमनकारी वातावरण सिर्जना गरेको आरोप लगाइएको छ ।
मानवअधिकार हेर्ने संस्था ह्युमन राइट्स वाचले प्रकाशित एक रिपोर्टमा पछिल्लो पटक खस्किँदो मानवअधिकारका बारेमा असोज ९ गते चर्चा गरेको छ । चुङ र लामका वकिलहरूले अदालतमा आफ्नो बचाउको क्रममा ती लेखहरू हङकङमा दशकौंसम्म गरिएको नियमित पत्रकारिताको अभ्यासका उदाहरणहरू भएको बताएका थिए ।
हङकङको मिडिया वातावरण कुनै समय एसियामै सबैभन्दा जीवन्तमध्ये एक मानिन्थ्यो । तर १९९७ मा बेलायतले हङकङलाई चीनको सत्तालाई हस्तान्तरण गरेपछि पनि यसले निरन्तर पाएको थियो । जसका कारण हङकङलाई मुख्यभूमि चीनबाट भिन्न रूपमा सञ्चालन गर्न दिएको ‘एक देश, दुई प्रणाली’ का रुपमा लिइन्थ्यो ।
तर २०१९ को सरकारविरोधी प्रदर्शनपछि, सरकारको आधिकारिक दृष्टिकोणको विरोध गर्नेहरूलाई निसानामा पार्न थालिएको हो । विशेष गरेर पत्रकारहरू, विपक्षी सांसदहरू, कार्यकर्ताहरू र सामान्य नागरिकहरू सबैलाई लक्षित गरेर कडाइ गर्न थालिएको विश्लेषकहरूले बताएका छन् । यसलाई बेइजिङको छविमा हङकङलाई पुनर्निर्माणका रुपमा हेरिएको छ ।
प्रकाशित मिति २०८१ आश्विन ११, शुक्रबार ११:०८ गते