भोर्लेटार खानेपानी उपभोक्ता समितिको २९ औँ साधरण सभामा विविध कार्यक्रम

भोर्लेटार खानेपानी उपभोक्ता समितिको २९ औँ साधरण सभामा विविध कार्यक्रम

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ असोज १२ गते शनिवार ०९:५९

कोषाध्यक्षको २०८०/८१ को आर्थिक प्रतिवेदन सचिव सरोज पौडेलले प्रस्तुत गर्दै कुल आम्दानी ३० लाख ५९ हजार २०६ रुपैयाँ, कुल खर्च २७ लाख १९ हजार ४४३ रुपैया तथा नगद मौज्दात ४६ हजार ५ रुपैयाँ रहेको जानकारी दिनुभएको थियो ।

संघीय संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई उपेक्षा गरेकोप्रति आपत्ती

भोर्लेटार(लमजुङ)– भोर्लेटार खानेपानी तथा सरसफाई उपभोक्ता समितिको २९औँ बार्षिक साधरण सभामा विविध कार्यक्रम गरिएको छ । मध्यनेपाल नगरपालिका– ६ का वडा अध्यक्ष बिष्णुभक्त पौडेलको प्रमुख आतिथ्यमा असोज १२ गते भएको सो साधारण सभामा राष्ट्रिय मान्यता प्राप्त सबै दलका प्रमुख तथा प्रतिनिधिलाई शुभकामना व्यक्त गर्न दिइए पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई भने उपेक्षा गरिएको थियो ।
ईशानेस्वर क्याम्पसको कवड हलमा भएको थियो । प्रमुख अतिथी पौडेलले बढ्दो जनसंख्याको वडानं ६ को जनतालाई थप पानीको ब्यवस्था गर्नु पर्ने र राम्चे खानेपानी योजनालाई भोर्लेटार खानेपानीमा जोड्नु पर्ने आवश्यकता औल्याउनु भयो । साविकका वडाहरू १, २, ३, ४ र ५ लाई समेत एकीकृत रुपमा समायोजना गर्नु पर्ने समेत उहाँको भनाइ थियो । जसको नेतृत्व भोर्लेटार खानेपानीले गर्नु पर्ने उहाँको जोड थियो । उहाँले मध्यनेपालको केन्द्र भोर्लेटारलाई आर्थिक भौतिक हरेक योजनाले समृद्ध बनाउँदै हामीले शुद्ध खानेपानी र हरेक घर धुरी र हरेक उपभोक्तालाई लाभान्वित बनाउनु पर्छ भन्ने सुझाव दिनु भएको थियो ।
सो सभामा उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठले बार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो भने स्थानीय तथा प्रदेश सरकारबाट सहयोगबाट गरिएका विभिन्न मुहानबाट पानी, ट्यान्की, मिदीमखोलाको पानी बोर र पाईप लाईन व्यस्वस्थापनको योजना रहेको सुनाउनु भएको थियो ।
समितिको आयव्यय अर्थात कोषाध्यक्षको २०८०÷८१ को आर्थिक प्रतिवेदन सचिव सरोज पौडेलले प्रस्तुत गर्नु भएको थियो । कुल आम्दानी ३० लाख ५९ हजार २०६ रुपैयाँ, कुल खर्च २७ लाख १९ हजार ४४३ रुपैया तथा नगद मौज्दात ४६ हजार ५ रुपैयाँ रहेको जानकारी दिनुभएको थियो ।
सो अवसरमा शुभकामना मन्तव्य राख्नेहरूमा भोर्लेटार सिँचाईका अध्यक्ष ईन्द्रप्रसाद रेग्मी, महिला उपभोक्ता रमा विक, समावेशी एकता टोलसुधारका अध्यक्ष अमृत रानाभाट, ईशानेश्वर माविका प्रधानाध्यापक रामकृष्ण घिमिरे, माओवादी केन्द्र वडा अध्यक्ष गेहबहादुर विक, एमाले वडा अध्यक्ष मीनराज गुरुङ, कांग्रेसका नगर सभापती वसन्तराज घिमिरे, राप्रपाका क्षेत्रीय सभापती बुद्धिबहादुर क्षेत्री, लगायत हुनुहुन्थ्यो ।
सो अवसरमा रास्वपाका प्रतिनिधि विजयरञ्जन पौडेलले आफ्नो दललाई उपेक्षा गरिएकोमा आपत्ती व्यक्त गर्नु भएको थियो ।
उपभोक्ताहरूको तर्फबाट सुझाव तथा जिज्ञासा राख्नेहरूमा रामकृष्ण कुँवर, डम्मरध्वज दुरा, धनवीर कार्की, सोमबहादुर रानाभाट, बिजयरञ्जन पौडेल लगायतकाले राख्नु भएको थियो । प्रतिवेदनमा केही देखिएको खर्च पार्दर्शिता नभएको, नयाँ धारा जडानको शुल्क र हालको देखावटीको रुपमा देखाईएको पानीको न्युनतम महशुलले संस्था घाटामा पुगेको र भविष्य खतरामा समेत बताइएको थियो ।
सो समिति अन्तरगत एक हजार दुई उपभोक्ता रहेका छन् ।
खानेपानी समितिले व्यक्तिगत नयाँ धारा जडान १५ हजार एकाघरमा धारा जडान नौ हजार तथा नामसारी शुल्क पाँच सय रहेको छ । त्यस्तै पानीको मासिक महशुल न्युनतम १० युनिटसम्म ३० रुपैयाँ, २० युनिटसम्मको १५ रुपैयाँ, २१ युनिटदेखि माथि प्रति युनिट २० रुपैयाँ खानेपानी महशुल लिने गरेको छ । जरिवानाको हकमा १ गतेदेखि १० गतेसम्म निःशुल्क, ३० गतेसम्मको २० रुपैयाँ जरिवाना, दुई महिनासम्म ३० रुपैयाँ जरिवाना, तीन महिनासम्म ५० रुपैयाँ र चौथो महिनामा एक सय रुपैयाँ लिने बताएको छ । त्यस्तै ५ महिनासम्म १५० रुपैयाँ र ६ महिनामा दुई सय रुपैयाँका दरले जरीवाना बुझाउनु पर्ने निर्धारण गरिएको छ ।
महिला उपाध्यक्ष एवम् उपभोक्ता समितिका सूचना अधिकारी यशोदा न्यौपानेले स्वागत मन्तव्य राख्दै समिति र उपभोक्ता बिचका पारस्पारिक सम्बन्ध र कार्यसमितिको जिम्मेवारीको उल्लेख गर्दै उपभोक्तालाई शुद्ध सफा र स्वास्थ्य पानी खुवाउने हाम्रो प्रमुख जिम्मेवारी र कर्तव्य रहेको बताउनु भएको थियो ।
खानेपानी उपभोक्ता समितिका अध्यक्ष शिवलाल श्रेष्ठको अध्यक्षतामा भएको सभामा उहाँले सभासदले राखेका प्रश्नहरूको जवाफ दिदै समापन गर्नु भएको कार्यक्रमको सञ्चालन सचिव सरोज पौडेलले गर्नु भएको थियो ।
खराब मौसम एवम् झरीका बावजुद पनि साधारणसभामा उपभोक्ताहरूको लोभलाग्दो सहभागिता थियो ।

नोट : सुरज गुरुङको सहयोगमा ।

प्रकाशित मिति २०८१ आश्विन १२, शनिबार २१:५९ गते
हजुरको प्रतिक्रिया