दुई दिनको पानीले दुईतिहाइको सरकारको औकात देखायो : रास्वपा

दुई दिनको पानीले दुईतिहाइको सरकारको औकात देखायो : रास्वपा

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ असोज १४ गते सोमबार १२:३७

देशको राजनीति रास्वपा, रवि लामिछाने र सहकारीको तीन खम्बामा अडिएकाले पूर्वतयारी नपुगेको दावी झाले गर्नुभयो । उहाँका अनुसार मोबाइलमा सन्देश पठाउँदैमा सरकारको भूमिका पूरा हुन्छ र ?

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा तय

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई दिनको वर्षाले दुईतिहाइको सरकारको औकात देखाएको टिप्पणी गरेको छ । केन्द्रीय समितिको बैठकपछि कार्यवाहक प्रवक्ता मनिष झाले विपद्को पूर्वतयारी नपुगेको तथा विपतको यस्तो बेलामा पनि प्रधानमन्त्री भने विदेश सयरमा रमाएको असोज १३ गते बताउनु भएको हो ।
देशको राजनीति रास्वपा, रवि लामिछाने र सहकारीको तीन खम्बामा अडिएकाले पूर्वतयारी नपुगेको दावी झाले गर्नुभयो । उहाँका अनुसार मोबाइलमा सन्देश पठाउँदैमा सरकारको भूमिका पूरा हुन्छ र ? उहाँले भन्नुभयो, ‘दुई दिनको पानीले दुई तिहाइको सरकारको औकात देखियो ।’
तत्कालीन गृहमन्त्री एवम् पार्टीका सभापति रविले विपद्बारे पूर्ववतरूपमा दिइएको निर्देशन कार्यान्वयन नभएको उहाँको जिकिर थियो । चार दिन रातिबाट आएको वर्षाले देशमा ठूलो जनधनको क्षति भएको छ ।
रास्वपाको महाधिवेशन चितवनमा हुने :
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाविधेशन चितवनमा गर्ने निर्णय गरिएको छ । केन्द्रीय समितिको बैठकबाट महाधिवेशन चितवनमा गर्ने निर्णय गरिएको कार्यवहाक प्रवक्ता मनीष झाले जानकारी दिनुभयो । उहाँका अनुसार महाधिवेशन सम्पन्न गर्नका लागि गठन गर्नु पर्ने उपसमितिहरू बनाउन जिम्मेवारी कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई दिइएको छ ।
महाधिवेशन आउँदो वैशाख २५, २६ र २७ गते गर्ने राष्ट्रिय भेलाबाट यसअघि नै निर्णय गरिएको छ ।

प्रकाशित मिति २०८१ आश्विन १४, सोमबार १२:३७ गते
हजुरको प्रतिक्रिया