दुर्गा प्रसाईलाई धरौटीमा छाड्न जिल्ला अदालतको आदेश

दुर्गा प्रसाईलाई धरौटीमा छाड्न जिल्ला अदालतको आदेश

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ असोज १५ गते मङ्गलबार ०६:०५

प्रसाईलाई विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसारको कसुर गरेको अभियोगमा ५ वर्ष कैद सजायको मागदावीसहित मुद्दा दायर भएको छ । दुबै मुद्दामा प्रति मुद्दा ५०–५० हजार रुपैयाँका दरले अदालतले धरौटी माग गरेको साइबर ब्यूरोका एसपी दीपकराज अवस्थीले जानकारी दिनुभयो ।

‘तित्राको मुखै बैरी’ भनेझैं प्रसाईँको छाडा मुखको यो परिणाम हो भन्ने धेरैको बुझाई छ ।

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई एक लाख रुपैयाँ धरौटीमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले असोज १६ गते त्यस्तो ओदश दिएको हो ।
प्रसाईंविरुद्ध प्रहरीको साइबर व्युरोमा उजुरी दर्ता भएपछि प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको थियो । उहाँविरुद्ध साइबर सम्बन्धी ती दुबै मुद्दामा एकसाथ थुनछेक भएको थियो ।
प्रसाईलाई विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसारको कसुर गरेको अभियोगमा ५ वर्ष कैद सजायको मागदावीसहित मुद्दा दायर भएको छ । दुबै मुद्दामा प्रति मुद्दा ५०–५० हजार रुपैयाँका दरले अदालतले धरौटी माग गरेको साइबर ब्यूरोका एसपी दीपकराज अवस्थीले जानकारी दिनुभयो ।
बिनाकारण आफूलाई हिरासतमा राखेको भन्दै उहाँले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिटसमेत दिनु भएका थियो । रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले सरकार र प्रहरीलाई उहाँलाई थुनामा राखकोबारेमा कारण देखाउ आदेश जारी गरेको छ । प्रसार्इँले आफूलाई गैरकानुनी ढंगले थुनामा राखेको भन्दै तत्काल रिहाइको माग गर्दै अन्तरिम आदेश माग गर्नु भएको थियो तर त्यो माग भने सर्वोच्चले स्विकार गरेन । ‘तित्राको मुखै बैरी’ भनेझैं प्रसाईँको छाडा मुखको यो परिणाम हो भन्ने धेरैको बुझाई छ ।
प्रहरीको साइबर ब्युरोको प्रसाईँलाई असोज ६ मा भक्तपुर स्थित घरबाट पक्राउ गरेको थियो । सरकारी वकिल कार्यालय काठमाडौँले उनीविरुद्ध विद्युतीय अपराध सम्बन्धी दुईवटा मुद्दा दायर गरेको थियो । युट्युब च्यानल ‘देश दुनियाँ खबर’मा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एक जना महिलाको ‘चरित्रहत्या गरेको’ आरोप छ । अर्का एक जना पुरुषले पनि प्रसाईं विरुद्ध जाहेरी दिएका छन् ।

प्रकाशित मिति २०८१ आश्विन १५, मंगलवार १८:०५ गते
हजुरको प्रतिक्रिया