बेसीशहर(लमजुङ)– राजशान्ति फाउण्डेशन बेलायतले पितृहरूको सम्झनामा मानवसेवा आश्रम लमजुङलाई १५ हजार बरारबरको खाद्यान्न सहयोग गर्नु भएको छ । यहाँ स्थिति आश्रमलाई राजशान्ति फाउण्डेशन बेलायतका संस्थापक राजकुमार सुनार (राजु) र शान्ति सुनार दम्पत्तीले आश्रम व्यवस्थापनका लागि असोज १७ गते खाद्यान्न सहयोग गर्नुभएको हो ।
सोह्र श्राद्धको अवसरमा आफ्नो कुलमा दिवगंत सम्पूर्ण पितृहरूको सम्झनामा १५ हजार बरारबरको खाद्यान्न आफू बेलायतमा रहेर पनि सुनार दम्पतीले सहयोग गर्नु भएको हो । फाउण्डेशनका नेपाल प्रतिनिधि समीप विश्वकर्मा र पत्रकार अनुज अधिकारीमार्फत आश्रमका लागि आवश्यक पर्ने दैनिक उपभोग्य खाद्य सामग्री आश्रमका संयोजक अनिता अधिकारीलाई हस्तान्तरण गर्नुभएको हो । सुनार दम्पत्तीले यसअघि पनि आश्रम सञ्चालनका लागि नगद सहयोग, भाँडावर्तन, खाद्यान्नलगायतको सहयोग गर्दै आउनु भएको छ ।
फाउण्डेशनका संस्थापक राजकुमार सुनारले फाउण्डेशनद्वारा यस वर्ष मात्रै जिल्लाका विभिन्न स्थानमा गरी २ लाख ३६ हजार रुपैयाँ सहयोग गरेको बताउनु भयो । उहाँका अनुसार पञ्चशील तामाङ समाज सुन्दरबजार– ५ को भवन निर्माणका लागि ५१ हजार रुपैयाँ, हातोमालो मूल आमा समुह भोटेओडारले सञ्चालन गरेको तीजगीत प्रतियोगिताका लागि २१ हजार रुपैयाँ, लमजुङ कलाकार समाजलाई ३१ हजार एकसय रुपैयाँ सहयोग गर्नुभएको छ ।
यसैगरी, जिता गोल्डेन फ्युचर युवा क्लबद्वारा आयोजित फुटबल प्रतियोगिताका लाथि २१ हजार रुपैयाँ, स्वर्गीय अप्सरा विकको परिवारलाई २१ हजार रुपैयाँ, आशी माला फिल्मका लागि २१ हजार रुपैयाँ, ३१ औँ त्रिवेणी कपका लागि २१ हजार रुपैयाँ, भारती सदन मावि र जलदेवी युवा क्लबको आयोजनामा सञ्चालित भलिबल प्रतियोगिताका लागि १० हजार रुपैयाँ र क्यान्सर पीडित बिर्ख विकको उपचारका लागि उहाँले ८ हजार ५ सय १२ रुपैयाँ सहयोग गर्नुभएको छ ।
प्रवासमा रहँदा आफ्नो परिपारको कमाएको केही प्रतिशत रकम सामाजिक सेवामा खर्च गर्ने उद्देश्यसहित परिवारको नाउँमा फाउण्डेशन खोलेर सहयोग गर्ने गरिएको सुनार दम्पत्तीले बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘प्रवासमा रहेर पनि मातृभूमिका लागि सहयोग गर्न पाउँदा आफूलाई ठूलो आत्मसन्तुष्टि मिवेको छ ।’
सन् २००० मा स्थापना भएको फाण्डेशनले हालसम्म ३० लाख रुपैयाँ बढीको सहयोग समाजसेवाका लागि खर्चितु भएको उहाँले जानकारी दिनुभयो ।
प्रकाशित मिति २०८१ आश्विन १७, बिहीबार २१:२७ गते