गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मध्यनेपाल नगरपालिकाको नवनिर्मित भवनको उदघाटन : फोटो फिचर

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मध्यनेपाल नगरपालिकाको नवनिर्मित भवनको उदघाटन : फोटो फिचर

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ असोज १८ गते शुक्रबार ०९:३२

नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका प्रमुख अतिथि मुख्यमन्त्री पाण्डेले उक्त कार्यक्रमका पुरै अवधि बसेर आयोजक एवम् मध्यनेपालबासीलाई उत्प्रेरित गर्नु भएको थियो ।

गण्डकी प्रदेशका अर्थिक मामिला मन्त्री डा. टकराज गुरुङ उक्त उदघाटन कार्यक्रमको विशेष अतिथि हुनुहुन्थ्यो ।

भोर्लेटार(लमजुङ)– लमजुङको मध्यनेपाल नगरपालिकाको नवनिर्मित भवनको उदघाटन कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उदघाटन गर्नु भएको छ । सो नगरपालिकाद्वारा नवनिर्मित भवनको प्रांगणमा आयोजित उदघाटन कार्यक्रममा गण्डकी प्रदेशका अर्थिक मामिला मन्त्री डा. टकराज गुरुङ विशेष अतिथि हुनुहुन्थ्यो ।
गण्डकी प्रदेश सभाका सदस्य भेषबहादुर पौडेल तथा पार्वती तामाङ सहित भानु नगरापलिकाका मेयर, सुन्दरबजार नगरपालिका मेयर तथा रुपा र माली गाउँपालिकाका अध्यक्षहरूको समेतको सहभागिता रहेको थियो । सो कार्यक्रममा मध्यनेपालमा पाइने सांस्कृतिक झलकहरू नेवा खलःको लाखे, ठाडोभाकाका सर्जक देउबहादुर दुराका नाति यमबहादुर दुरा(ध्वाँसे) र ठाडोभाका लोककला प्रतिष्ठान नेपालका कार्यकारी सदस्य राधा भण्डारी बीच ठाडोभाका सहितका प्रस्तुति रहेको कार्यक्रम झण्डै छ घण्टासम्म चलेको थियो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका प्रमुख अतिथि मुख्यमन्त्री पाण्डेले उक्त कार्यक्रमका पुरै अवधि बसेर आयोजक एवम् मध्यनेपालबासीलाई उत्प्रेरित गर्नु भएको थियो ।
सोही नगरपलिकाका मेयर रमेशकुमार पाण्डेको सभापतित्वमा भएको उक्त कार्यक्रममा सो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डीका पौडेलले स्वागत मन्तव्य राख्दै उक्त भवन निर्माणका लागि चार करोड, नौ लाख ८१ हजार ९७६ रुपैयाँ खर्च भएको जानकारी दिनु भएको थियो ।  

प्रकाशित मिति २०८१ आश्विन १८, शुक्रबार २१:३२ गते
हजुरको प्रतिक्रिया