गण्डकी प्रदेश सभाका सदस्य भेषबहादुर पौडेलद्वारा गणेश मूर्ति प्रदान एवम् स्थापना

गण्डकी प्रदेश सभाका सदस्य भेषबहादुर पौडेलद्वारा गणेश मूर्ति प्रदान एवम् स्थापना

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ असोज १९ गते शनिवार ०७:३४

गण्डकी प्रदेशका सांसद पौडेलले करिब सात लाख रुपैयामा निर्माण गरिएको मन्दिरका लागि १८ इन्च उचाईको ढलोटबाट निर्मित गणेश मूर्ति प्रदान गर्नु हुँदै प्रतिस्थापन समेत गर्नु भएको हो ।

सभासद पौडेलले समाजसेवाका विभिन्न पाटाहरूमध्ये धार्मिक कार्य पनि एक हो भन्नुभयो ।

सोतीपसल(लमजुङ)– गण्डकी प्रदेश सभाका सदस्य भेषबहादुर पौडेलले यहाँ स्थित गणेश टोल आमा समूहलाई गणेश मूर्ति प्रदान गर्नु भएको छ । पौडेलद्वारा यसअघिको प्रतिवद्धता अनुसार उहाँले आफैले गणेश मूर्ति खरिद गरी ल्याएर सो आमा समूहलाई प्रदान गर्दै सो मूर्तिको स्थापना कार्य समेत एक भव्य कार्यक्रमका बीच असोज १८ गते गर्नु भएको हो ।
प्रमुख अतिथि पौडेलले मूर्ति स्थापना पछिको संक्षिप्त मन्तव्यमा मानिसलाई धर्मले इमान्दर बन्न, सरल बन्न र शान्तिपूर्ण जीवन बाँच्न सघाउने र सही मार्ग अवलम्बन गर्नमा योगदान गर्दछ, त्यसैले समाजमा धर्मको महत्व छ भन्नुभयो । उहाँले समाजसेवाका विभिन्न पाटाहरूमध्ये धार्मिक कार्य पनि एक हो तर विभिन्न व्यस्तताले यसतर्फ आफूले ध्यान दिन नसकेको बेलामा यहाँहरूले सम्झाएर यो काम गर्ने जुन अवसर दिनुभयो त्यसका लागि यहाँहरू सबैप्रति कृतज्ञता व्यक्त गर्दछु भन्नुभयो । उहाँले यो कार्यले समाजमा सदभाव र सदाचारको बृद्धि गर्न टेवा पुग्ने विश्वास रहेको समेत उल्लेख गर्नुभयो ।
सो कार्यक्रका विशेष अतिथिहरूमा गण्डकी प्रदेश सभासद पार्बती तामाङ, नेपाली काँग्रेसको प्रदेश संगठन विभागका प्रमुख हरीप्रसाद बराल, नेपाल शिक्षक संघ गण्डकीका महासचिव शिव अधिकारीका साथै नेपाल ट्रेड युनियन काङ्ग्रेसका अध्यक्ष तीर्थराज तिवारी लगायत हुनुहुन्थ्यो ।
सो अवसरमा वडाध्यक्षहरू २ का पदमबहादुर थापा, ३ का केशव नेउपाने तथा १ का सुदिप थापाका साथै नेपाली काँग्रेस जिल्ला सदस्य चन्द्रमणि पौडेल, नेपाली काँग्रेस वडानं– २ का सभापति ऋषिराम पुरी, वडानं– १ का सभापति देवबहादुर थापा, उक्त क्षेत्रमा रहेका विभिन्न क्लबहरू, आमा समूहका अध्यक्ष सहितका पदाधिकारीहरू लगायतको सहभागिता रहेको थियो ।
गणेश टोल आमा समूहका साथमा गणेश लाइन आमा तथा बाबा समूहले आफ्नो आन्तरिक तीन लाख रुपैया र मध्यनेपाल नगरपालिकाको चार लाख सहयोग गरी करिब सात लाखमा उक्त गणेश मन्दिरको निर्माण गरिएको जानकारी दिइएको छ । गण्डकी प्रदेशका सांसद पौडेलले सोही मन्दिरका लागि १८ इन्च उचाईको ढलोटबाट निर्मित गणेश मूर्ति प्रदान गर्नु हुँदै प्रतिस्थापन समेत गर्नु भएको हो ।
उक्त औपचारिक कायत्र्रmमको अध्यक्षता जितेन्द्र शाहले गर्नु भएको कार्यक्रममा क्षितिज युवा क्लब, सोतीपसल बजार व्यवस्थापन समिति, बोर्डिङ चोक आमा समुह, तमु समुहको सक्रिय सहभागिता रहेको थियो ।
सामाजिक कार्यकर्ता भोला पौडेलले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन सीता शाहीले गर्नु भएको थियो ।

प्रकाशित मिति २०८१ आश्विन १९, शनिबार १९:३४ गते
हजुरको प्रतिक्रिया