लक्ष्मीनारायण साकोस १२ औ वर्षमा : महिला नेतृत्वको नमूना फोटो फिचर

लक्ष्मीनारायण साकोस १२ औ वर्षमा : महिला नेतृत्वको नमूना फोटो फिचर

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ असोज १९ गते शनिवार ०८:१८

२०६९ सालमा ४० जना शेयर सदस्यहरूबाट सुरु भएको लक्ष्मीनारायण सहकारीमा हाल एक हजार ५२८ शेयर सदस्य पुगेको जानकारी दिइयो ।

सो साकोसले १२ करोड ७८ लाख ७६ हजार ५ सय ४४ रुपैयाको कारोवार गरेको र १५ लाख १३ हजार ५ सय ८८ मुनाफा आर्जन गरेको छ ।

बेसीशहर– लमजुङको जिल्ला सदरमुकाममा रहेको लक्ष्मीनारायण साकोस १२ औ वर्षमा प्रवेश गरेको छ । उक्त साकोस महिला नेतृत्वको नमूना बन्न सफल भएको छ । सोही साकोसकी संस्थापक कोषाध्यक्ष एवम् निवर्तमान अध्यक्ष समेत रहनु भएकी गण्डकी प्रदेशसभाका सदस्य पार्वती तामाङको प्रमुख आतिथ्यतामा १२ औ साधारण सभा असोज १९ गते यहाँ सम्पन्न भएको हो ।
स्थानीय लक्ष्मीनारायण सामुदायिक पुस्तकालयको सभाहलमा सञ्चालन गरिएको सो साधारण सभामा सोही पुस्तकालयका अध्यक्ष नारायणबहादुर सुयल, उपाध्यक्ष सुशीलचन्द्र अधिकारी, सल्लाहकार समितिका संयोजक तेजनारायण अधिकारी, नेफ्सुकनका प्रतिनिधि सन्देश घिमिरे, साकोसका सल्लाहाकार मायादेवी पौडेल, सेयर सदस्य उषादेवी घिमिरे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
साकोसका अध्यक्ष सृजना घिमिरेले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै २०६९ सालमा ४० जना शेयर सदस्यहरूबाट सुरु भएको लक्ष्मीनारायण सहकारीमा हाल एक हजार ५२८ शेयर सदस्य पुगेको जानकारी दिनुभयो । उहाँले दुई स्थापनाकालमा दुई लाख शेयर पँुजीबाट सुरु भएको साकोसको शेयर पुँजी हाल ९ लाख ४६ हजार ८ सय रहेको समेत उल्लेख गर्नुभयो ।
लेखा प्रतिवेदन प्रस्तुत गर्दै समितिका संयोजक सीता न्यौपाने अधिकारीले साकोसको लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
गत अब २०८०/८१ को कुल वासलत ४ करोड ६४ लाख ३ हजार ७ सय ८ रुपैया रहेको जानकारी दिदै १२ करोड ७८ लाख ७६ हजार ५ सय ४४ रुपैयाको कारोवार गरेको र १५ लाख १३ हजार ५ सय ८८ मुनाफा आर्जन गरेको सो साकोसले जनाएको छ ।
साकोसका उपाध्यक्ष ज्ञानुमाया नखोलाले स्वागत मन्तव्यका साथ महिलाहरूको नेतृत्वमा सञ्चालित साकोसले महिलाहरूलाई आर्थिक एवम् समाजिक रुपले सशक्तिकरण गर्न विभिन्न तालिम लगायतका कार्यक्रम गरेको उल्लेख गर्नुभयो । सो साकोसका निवर्तमान सचिव भगवती जोशीले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको साकोसका सचिव विमला पौडेलले सञ्चालन गर्नुभएको थियो ।
प्रस्तुत छ, उक्त कार्यक्रमको फोटो फिचर :

प्रकाशित मिति २०८१ आश्विन १९, शनिबार २०:१८ गते
हजुरको प्रतिक्रिया