राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा बेसीशहरका दुई स्थानमा समवेदना व्यक्त

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा बेसीशहरका दुई स्थानमा समवेदना व्यक्त

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ असोज २३ गते बुधबार ०५:००

राष्ट्रिय स्वतन्त्र पार्टीको बेसीशहर नगरपालिका– ९ को वडा समितिका अध्यक्ष भागवत सिंह अर्यालको नेतृत्वको टिमले सोही नगरपालिका– ८ को सेरा ओह्रालो र वडानं– ९ को साम्दी गाउँमा पुगेर स्वर्गीय आत्माहरूप्रति श्रद्धाञ्जली सहित शोकसन्तप्त परिवारजनहरूमा समवेदना व्यक्त गरेको हो ।

आजै साम्दी गाउँमा पनि समवेदनाका साथ श्रद्धाञ्जली पत्र हस्तान्तरण :

बेसीशहर(लमजुङ)– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)द्वारा आज दुई स्थानमा समवेदना व्यक्त गरेको छ । रास्वपको बेसीशहर नगरपालिका– ९ को वडा समितिले सो वडाका दुई परिवारमा परेको शोकमा समवेदना व्यक्त गर्ने कार्य असोज २३ गते गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको बेसीशहर नगरपालिका– ९ को वडा समितिका अध्यक्ष भागवत सिंह अर्यालको नेतृत्वको टिमले सो कार्य गरेको हो । सो टोली आज विहान बेसीशहर नगरपालिका– ८ निवासी कलावती वरालको निधनमा शोकाकुल परिवारजन रहेका सोही वडाको सेरा ओह्रालो स्थित उहाँको निवासमा पुगेर समवेदना पत्र सहित शोक व्यक्त गर्ने र श्रद्धाञ्जली अर्पण गर्ने कार्य गरको हो ।
त्यस क्षणमा राष्ट्रिय स्वतन्त्र पार्टीको बेसीशहर नगरपालिका– ९ को वडा समितिले तयार गरेको समवेदना पत्र समेत हस्तान्तरण गरिएको थियो । उक्त समवेदना पत्र राष्ट्रिय स्वतन्त्र पार्टीको बेसीशहर नगरपालिका– ९ को वडा समितिका अध्यक्ष भागवत सिंह अर्यालले पढेर सुनाउनु भएको थियो ।
सो समवेदना पत्र राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला सल्लाहकार परिषदका संयोजक एवम् वरिष्ठ पत्रकार नवराज पहाडीले स्व. कलावती वरालकी जेठी सुपुत्री सुलोचना गौतमसहितका परिवारजनलाई हस्तान्तरण गर्नु भएको थियो ।
स्व. कलावती वराललाई श्रद्धाञ्जली अर्पण गर्न तथा शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नका लागि लागि अर्याल र पहाडी बाहेक राष्ट्रिय स्वतन्त्र पार्टीका बेसीशहर नगरपालिका– ७ का वडासभापति राजकुमार घिमिरे र सचिव विष्णु घिमिरे सहितको टोली सहभागी हुनुहुन्थ्यो । त्यस्तै, समवेदना ग्रहण गर्नका लागि शोकसन्तप्त परिवारजनका सुलोचनाका अतिरिक्त फोटो पत्रकार नवीन बराललगायत उपस्थित हुनुहुन्थ्यो ।
स्व. कलावती वरालका सुलोचना गौतम र शान्ती हुमागाई दुई सुपुत्री हुनुहुन्छ । स्व. कलावती वरालको कृयाकर्ममा उहाँका भतिज सरोज बराल सरिक हुनु भएको छ ।
साम्दीमा पनि समवेदनाका साथ श्रद्धाञ्जली पत्र हस्तान्तरण :
यसैगरी, बेसीशहर नगरपालिका– ९ को साम्दी गाउँ निवासी पदमबहादुर बस्नेत(७४ वर्षीय)को निधन भएकोमा पनि आजै दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टीको बेसीशहर नगरपालिका– ९ को वडा समितिले उहाँको निवासमा पुगेर श्रद्धाञ्जली अर्पण गर्दै समवेदना व्यक्त गरेको हो ।
सो कार्यको पनि राष्ट्रिय स्वतन्त्र पार्टीको बेसीशहर नगरपालिका– ९ को वडा समितिका अध्यक्ष भागवतसिंह अर्यालले नेतृत्व गर्नु भएको थियो । सो टोलीमा राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला सल्लाहकार परिषदका संयोजक एवम् वरिष्ठ पत्रकार नवराज पहाडी, राष्ट्रिय स्वतन्त्र पार्टीको वडानं– ७ का वडासभापति राजकुमार घिमिरे, वडानं– ३ का सभापति हरिप्रसाद अधिकारी, वडानं– ७ का सचिव विष्णु घिमिरे सहितको टोली स्वर्गीय बस्नेतको निवासमा पुगेको थियो ।
टोलीले स्वर्गीय बस्नेतको स्वर्गीय आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गर्नुका साथै उहाँकी सहधर्मिणी सीतादेवी बस्नेत, सुपुत्रहरू रामजी बस्नेत, भरतबहादुर बस्नेत, हरिबहादुर बस्नेत र राजकुमार बस्नेत तथा सुपुत्री कल्पना बस्नेत थापासहितको शोकाकुल परिवारजनलाई समवेदना व्यक्त गरेको थियो ।
सो सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीको बेसीशहर नगरपालिका– ९ को वडा समितिले तयार गरेको श्रद्धाञ्जली पत्र सो वडाका रास्वपाका अध्यक्ष भागवतसिंह अर्यालले वाचन गरी सुनाउनु भएको थियो । सो पत्रलाई स्वगीय बस्नेतका दाजु दानबहादुर बस्नेतलगायतका परिवारजनले ग्रहण गर्नु भएको थियो । उक्त पत्र शोकसन्तप्त परिवारजनलाई राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला सल्लाहकार परिषदका संयोजक तथा ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीले हस्तान्तरण गर्नु भएको थियो ।

सो क्षणमा  मर्स्याङ्दी  बहुमुखी क्याम्पसका उपप्राध्यापक जनक बस्नेतलगायतका शोकसन्तप्त परिवारजनहरूको सहभागिता थियो ।

प्रकाशित मिति २०८१ आश्विन २३, बुधबार १७:०० गते
हजुरको प्रतिक्रिया