त्रिवेणी युवा क्लबले कारागारका कैदी बन्दीलाई बडादशैं मनाउन दियो खसी र चामल

त्रिवेणी युवा क्लबले कारागारका कैदी बन्दीलाई बडादशैं मनाउन दियो खसी र चामल

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ असोज २४ गते बिहिबार ०२:३९

जिल्ला कारागारमा यतिबेला कुल कैदीबन्दी संख्या १२१ जना रहेको जानकारी दिदै उहाँले तीमध्ये पाँच जना महिला र अन्य पुरुष रहेका र तीमध्येमा पनि महिलतर्फ एक जना थुनुवा तथा चार जना कैदी रहेको, त्यस्तै पुरुषतर्फ ६० जना कैदी र ६१ जना बन्दी रहेको असई अस्लामीले जानकारी दिनुभयो ।

क्लबद्वारा सहयोग गरिएको खसी ३० केजीको र चामल २५ केजी रहेको जानकारी अध्यक्ष घिमिरेले दिनुभयो ।

बेसीशहर– लमजुङ जिल्लाको सदरमुकाम यहाँ स्थित कारागार शाखा, लमजुङमा रहेका कैदी बन्दीलाई स्थानीय क्षेत्रमा रहेको जिल्लाकै अगुवा त्रिवेणी युवा क्लबले बडादशैं मनाउनका लागि खसी र चामल प्रदान गरेको छ । कारागारमा गएर एक अनौपचारिक कार्यक्रम गरी क्लबले ती सामग्री कैदीबन्दीलाई असोज २४ गते हस्तान्तरण गरेको हो ।
खसी डोर्याएर अनि चामलको बोरा बोकेर क्लबका अध्यक्ष राजकुमार घिमिरे सहितका प्रतिनिधिहरू कारागार शाखामा पुग्नु भएको थियो । त्रिवेणी क्लबका अध्यक्ष राजकुमार घिमिरेको नेतृत्वमा कारागारमा जाने टोलीमा क्लबका उपाध्यक्ष द्वय खुसीजङ गुरुङ र टेकजङ गुरुङ, सदस्यहरू दिलिप गुरुङ, अच्युत पौडेल, रामचन्द्र गुरुङ, बुद्ध गुरुङ लगायत कारागारको हातामा पुग्नु भएको थियो ।
सो अवसरमा कारागार शाखाका सुरक्षा प्रमुख असई ठाकुर अस्लामीको रोहबरमा ती सामग्री क्लबका अध्यक्ष घिमिरे, उपाध्यक्षद्वय गुरुङ सहितका क्लबका सदस्यहरूले कारागारमा थुनामा रहेका चौकीदार खुशीराम मग्राती, नाइके विष्णु गिरि सहित सहनायकहरूको प्रशासन टिमलाई खशी र बोका हस्तान्तरण गर्नु भएको थियो ।
सो अवसरमा क्लबका अध्यक्ष घिमिरेले कारागारमा बस्ने बन्दीहरूलाई जिल्लामै सुरुमा पहिलो पटक आफ्नो क्लबले बडादशैंको बेलामा सहयोग गर्न थालेको स्मरण गर्दै आफ्नो क्लबको सिको पछि अन्यले पनि गर्न थालेको स्मरण गर्नु भयो । उहाँले सहयोगको सोही परम्परालाई कायम राख्दै यो वर्ष पनि हामीले यहाँ रहनु भएका बन्दीहरूलाई खुशीका साथ बडादशैं मान्नका लागि सहज होस् भन्ने हेतुले यो सानो सहयोग गरेको बताउँदै सबैलाई बडादशैंको शुभकामना दिनु भएको थियो । उहाँले सहयोग गरिएको खसी ३० केजीको र चामल २५ केजी रहेको जानकारी दिनुभयो ।
यसैगरी, क्लबका उपाध्यक्ष खुसी गुरुङले पनि क्लबको स्थापनकालका कठिन दिनमा पनि कारागार भित्र बस्नु हुने बन्दीहरूलाई बडादशैं खुशीका साथ मनाउन अवसर प्राप्त होस् भन्ने उद्देश्यले आफ्नो क्लबले हरेक वर्ष सहयोग गर्दै आएको जानकारी दिदै शुभकामना व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा कारागारका चौकीदार खुशीराम मग्रातीले विगतका बर्षहरूमा सधैं सहयोग गर्ने त्रिवेणी युवा क्लब र अध्यक्ष सहितका पदाधिकारीहरूलाई धन्यवाद दिदै आउँदा दिनमा पनि आफूहरूलाई सम्झन आग्रह गर्नु भएको थियो ।
यसैगरी, कारागार शाखाका सुरक्षा प्रमुख असई ठाकुर अस्लामीले ऐले त्रिवेणी क्लबले बिर्सनु भएछ कि ? भन्ने लागेको थियो तर पनि आउनु भयो भन्दै कृतज्ञता व्यक्त गर्नु भएको थियो ।

जिल्ला कारागारमा यतिबेला कुल कैदीबन्दी संख्या १२१ जना रहेको जानकारी :
जिल्ला कारागारमा यतिबेला कुल कैदीबन्दी संख्या १२१ जना रहेको जानकारी दिदै उहाँले तीमध्ये पाँच जना महिला र अन्य पुरुष रहेको बताउनुभयो । तीमध्येमा पनि महिलतर्फ एक जना थुनुवा र चार जना कैदी रहेको तथा पुरुषतर्फ ६० जना कैदी र ६१ जना बन्दी रहेको असई अस्लामीले उल्लेख गर्नुभयो ।

लमजुङको कारागार ग श्रेणीको हो भने बेसीशहरमा जिल्ला सदरमुकाम सरेको वर्ष २०२८ सालमा निर्माण गरिएको कारागार भवन जीर्ण– जीर्ण अवस्थामा छ । तर पनि क्षमता बन्दा झण्डै चौदोब्बर कैदीबन्दी कोचिएर बस्न बाध्य छन् ।
स्मरणीय छ, कुनै पनि अभियोगमा प्रायः जिल्ला अदालतबाट दोषी ठहर गरी कैद तोकिएका व्यक्तिहरूलाई कैदी भन्ने कानुनी व्यवस्था छ भने मुद्दा परेर पुर्पक्षका लागि थुनामा राख्न आदेश भएका र मुद्दाको फैसला हुन बाँकी रहेका व्यक्तिहरूलाई बन्दी भनिन्छ । त्यसो त जिल्ला अदालतले कैद तोकेका व्यक्तिहरूले पनि उच्च अदालतमा मुद्दा पुनरावलोकन गराएमा केहीले कैद छुट वा मिनाहा पाई मुद्दाको दोषबाट मुक्ति पाउने पनि हुन सक्छ ।

प्रकाशित मिति २०८१ आश्विन २४, बिहीबार १४:३९ गते
हजुरको प्रतिक्रिया