नयाँ दिल्ली– भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको असोज २४ राति मुम्बईको उपचराको क्रममा अस्पतालमा ८६ वर्षको उमेरमा निधन भएको छ । टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले टाटा समूहको तर्फबाट एक विज्ञप्ति जारी गर्दै रतन टाटाको निधन भएको पुष्टि गरेका हो ।
उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको थियो । उनी उमेरजन्य रोगबाट पीडित थिए ।
राति करिब २ बजे उनको शव अस्पतालबाट घर ल्याइएको थियो ।
टाटाको पार्थिव शरीरलाई भोलिपल्ट बिहान १० बजेदेखि ४ बजेसम्म दक्षिण मुम्बईको नेशनल सेन्टर फर पर्फर्मिङ आर्ट्सको हलमा राखिएको थियो । जहाँ मानिसहरूले उनलाई अन्तिम विदाई गरेका थिए ।
उनको निधनमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत देशका धेरै दिग्गजहरूले दुःख व्यक्त गरेका छन् ।
राष्ट्रपति द्रौपदी मुर्मुले ट्वीटरमा रतन टाटाको निधनले भारतले कर्पोरेट वृद्धिलाई राष्ट्र निर्माण र उत्कृष्टतालाई नैतिकतासँग जोड्ने प्रतीक गुमाएको लेखेकी छिन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले लेखेका छन्, ‘रतन टाटा एक दूरदर्शी व्यापारी नेता र एक असाधारण व्यक्ति थिए। उनले भारतको प्रतिष्ठित औद्योगिक घरानालाई स्थायी नेतृत्व दिएका थिए ।’
कांग्रेस नेता राहुल गान्धीले रतन टाटालाई श्रद्धाञ्जली अर्पण गर्दै ट्वीटरमा लेखेका छन्, ‘रतन टाटाको दर्शन थियो। उनले व्यापार र परोपकारको क्षेत्रमा आफ्नो छाप छोडेका छन् ।
महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देको घोषणा अनुसार टाटाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो ।
टाटा समूहमाथि अप्रत्यक्ष नियन्त्रण राख्ने दिवङ्गत भारतीय उद्योगपति रतन टाटाको कम्पनी(ट्रस्ट्)को पूँजी एक खर्ब ६५ अर्ब डलर रहेको मानिन्छ । टाटा ट्रस्ट्सको सन् १८९२ मा स्थापना भएको थियो । यसले टाटा ब्रान्डअन्तर्गत आउने सूचीबद्ध फर्महरूको दैनिक कार्यमा कुनै भूमिका निर्वाह गर्दैन, बरु आवास, स्वास्थ्य सेवा र शिक्षा परोपकारी संस्थाहरूलाई समर्थन गर्छ ।
रतन टाटाको जन्म २८ डिसेम्बर १९३७ मा भएको थियो । उनले ९ अक्टोबर २०२४ मा अन्तिम श्वास फेरे । उनी अविवाहित थिए । भारत सरकारले रतन टाटालाई पद्मविभूषणबाट सम्मानित गरेको छ ।
उनी अविवाहित थिए भन्ने अर्को अंकमा लेख्ने छौं ।
प्रकाशित मिति २०८१ आश्विन २७, आईतवार ०७:०६ गते