वासिङ्टन– आफू दोहो¥याएर राष्ट्रपति बने भने अमेरिकीहरूको बलात्कार र हत्या गर्ने आप्रवासीलाई मृत्युदण्डको सजाय दिने डोनाल्ड ट्रम्पले उदघोष गरेका छन् । अमेरिकाको कोलोराडोमा एउटा चुनावी ¥यालीलाई सम्बोधन गर्ने क्रममा ट्रम्पले असोज २५ गते त्यस्तो बताएका हुन् ।
ल्याटिन अमेरिकी आप्रवासीहरूले कोलोराडोमा आतङ्ग फैलाइरहेको भन्दै त्यस्ता आप्रवासीहरूलाई ट्रम्पले राक्षस र जनावर समेत भन्न भ्याए । आज विश्वले अमेरिकालाई आपराधिक बलले कब्जा गरिसकेको देशको रूपमा चिन्ने पनि उनले उल्लेख गरे ।
नोभेम्बर ५ तारिख अर्थात आउँदो कार्तिक २० गते हुने राष्ट्रपतिको निर्वाचनमा ट्रम्पले वर्तमान उपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई समेत अपराधी भने । ह्यारिस राष्ट्रपति बनिन् भने देश ध्वस्त हुने उनले दाबी गरे ।
कोलोराडोमा भेनेजुएलाबाट आएका ट्रम्पले मानिसहरूलाई प्रहरीमाथि गोली चलाउने अनुमति दिइएको दाबी पनि उनले गरे । न्युयोर्क टाइम्सले आफ्नो रिपोर्टमा ट्रम्पको यो दाबीलाई झुटो भनेको छ ।
ह्यारिसले चुनाव जितिन् भने करोडौँ आप्रवासी अमेरिका आउने अनि अमेरिका बरबाद हुने दाबी गर्दै आफूले जितेमा आप्रवासीहरू विरुद्ध अपरेसन सुरु गर्ने पनि बताए । यस अन्तर्गत अमेरिकाले युद्ध लडिरहेको देशमा आप्रवासीलाई पठाउन सरकारले अनुमति दिने उनको भनाईछ ।
चुनावमा ट्रम्पले अवैध आप्रवासीलाई सबैभन्दा ठूलो मुद्दा बनाएका छन् । यसअघि पनि उनले धेरै पटक अवैध आप्रवासीबारे बयान दिएका थिए ।
सेप्टेम्बर १० मा कमला ह्यारिससँगको राष्ट्रपतीय बहसमा ट्रम्पले अध्यागमनको मुद्दामा हरेक दिन हजारौँ अपराधी अमेरिका आउने गरेको बताएका थिए । त्यतिबेला आप्रवासीहरूले कुकुर र बिरालो खान्छन् भनेर समेत उनले भन्न भ्याए । यसअघि जुलाईमा पेन्सिल्भेनियामा एउटा चुनावी ¥यालीमा ट्रम्पमाथि हमला हुँदा पनि उनी आप्रवासीका विषयमा भाषण गरिरहेका थिए ।
प्रकाशित मिति २०८१ आश्विन २७, आईतवार १२:०४ गते