दुराडाँडा– लमजुङको ऐतिहासिक थलो दुराडाँडाको अर्चल्यानीमा सञ्चालन भएको चौथो दुराडाँडा कप फुटबल तथा भलिबल प्रतियोगिता २०८१ को समापन भोलि कार्तिक ३० गते हुने भएको छ । नमुना क्लब पुरानाडिहीको आयोजनामा सो प्रतियोगिता गरिएको हो ।
स्थानीय संस्कृति सदन माध्यमिक बिध्यालयको खेल मैदानमा सो प्रतियोगिता असोज २५ गते सुरु भएको हो । प्रतियोगितामा साविक दुराडाँडा गाविसका वडाहरूले भाग लिएका छन् । पहिलो दिन भलिबलतर्फका सबै खेलहरू सम्पन्न भएको आयोजक नमुना क्लबका खेल संयोजक राजेन्द्र भुजेलले जानकारी दिनु भयो । उहाँका अनुसार भलिबलतर्फ साबिक वडा नं ६ अर्चल्यानी बिजेता बनेको छ । त्यस्तै, साविक वडा नं ३ पोखरी टाउका उपविजेता बनेको भुजेलले जानकारी दिनुभयो ।
यसैगरी, फुटबलतर्फको क्वाटर फाईनलसम्मका खेलहरू असोज २८ गते साँझसम्म सम्पन्न भएका छन् । आयोजक नमुना क्लब साविक २ र साविक ३ समूह ए बाट सेमिफाईनल खेल्ने भएको आयोजक नमुना क्लबका खेल संयोजक भुजेलले जानकारी दिनु भयो । उहाँका अनुसार समूह विबाट साविक ७ र साविक ८ ले प्रतिस्पर्धा गर्नेछन् । उहाँले भन्नुभयो, ‘फुटबलतर्फको फाईनल खेल भोलि नै समापन गरी पुरस्कार बितरण गर्ने कार्यक्रम छ ।’
उक्त प्रतियोगिताको चौथौ संस्करणसम्म आईपुग्दा लगातार बिजेता बनेको साबिक १ को सत्रसय युवा क्लबका ३ वटै टिम यस संस्करणमा पहिलो चरणबाटै बाहिरिएको छ ।
प्रतियोगिताको मुल उद्देश्य स्थानीय क्षेत्रमा खेलाडी उत्पादन गर्ने रहेता पनि दुराडाँडा कपको चौथो संस्करणमा भलिबलतर्फ सत्रसय साविक १ र धारापानी साविक ५ तथा फुटबलतर्फ धारापानी साविक ५ र सिम्लेजामुने साविक ९ ले भाग लिएनन् ।
प्रतियोगितामा भलिबलतर्फ साविकका ९ वडाका ७ टिम र फुटबलतर्फ ९ वडाका १० टिमले भाग लिएको क्लबमा अध्यक्ष हरिकृष्ण खनियाले बताउनु भयो । उहाँका अनुसार प्रतियोगितामा फुटबलतर्फ बिजेताले नगद १५ हजार र उपबिजेताले नगद ८ हजार रुपैया सहित कप, मेडल र प्रमाण पत्र पुरस्कार प्रदान गरिने छ । यसैगरी, भलिबलतर्फका बिजेताले नगद १० हजार र उपबिजेताले नगद ५ हजार रुपैयाँ सहित कप, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकको भनाइ छ ।
साविकका वडाहरू बिच प्रतिस्पर्धा हुने गरी आयोजना गरिएको दुराडाँडा कपमा पुरस्कार जित्नकै लागि वडा भन्दा बाहिरबाट खेलाडी सहभागी गराएको बताउँदै टिम दर्ता गरे पनि खेलमा सहभागी नभएको साविक ६ नंले बताएको छ ।
दुराडाँडा कप सञ्चालनको लागि वडाले स्पस्ट कार्यबिधि बनाउन नसक्दा बर्षेनी खेल सञ्चालन गर्ने मितिमा समेत बिबाद हुँदै आएको खोलाडीहरूले बताएका छन् । उनीहरूले भने, ‘वडाले तुरुन्त स्पस्ट कार्यबिधि बनाई आगामी दिनका खेलहरू सञ्चालन गरिनु पर्छ ।
कल्बका अध्यक्ष हरिकृष्ण खनियाको अध्यक्षता भएको सो प्रतियोगितामा सुन्दरबजार नगरपालिका वडा नं ४ को वडा कार्यालयको प्रायोजन गरेको छ ।
प्रकाशित मिति २०८१ आश्विन २९, मंगलवार २०:०६ गते