दुराडाँडा( लमजुङ)– लमजुङको ऐतिहासिक थलो दुराडाँडाको अर्चल्यानीमा सञ्चालित भलिबल र फुटबल प्रतियोगिताको समापन
भएको छ । नमुना क्लबले आयोजना गरेको चौथो संस्करणको समापन असोज ३० गते भएको हो ।
दुराडाँडा कप फुटबल प्रतियोगिता २०८१ को उपाधि साबिक वडा नं ८ लाम्पाटा र भलिबल तर्फ साबिक वडा नं ६ अर्चल्यानिले हात पारेको छ नमुना क्लबका अध्यक्ष हरिकृष्ण खनियाले बताउनु भयो । संस्कृति सदन माध्यमिक बिध्यालयको खेल मैदानमा असोज २८ गते देखि सञ्चालन भएको प्रतियोगितामा आयोजक साबिक वडा नं २ नमुना क्लबलाई पेनाल्टि सुट आउटमा हराउदै लाम्पाटाले उपाधि चुमेको खेल संयोजक राजेन्द्र भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार सो खेल अवधिमा दुवै तर्फबाट दुई दुई गोल भएको थियो ।
सो अवसरमा सञ्चालित भलिबल तर्फ साबिक वडा नं ३ लाई सोझो सेटमा हराउदै अर्चल्यानीले उपाधि चुमेको खेल संयोजक राजेन्द्र भुजेलले बताउनुभयो । उहाँका अनुसार उपाधि सँगै फुटबल तर्फको बिजेता लाम्पाटालाई नगद रु १५ हजार, कप, जनहि मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । त्यस्तै उप बिजेता साबिक २ नमुना क्लबलाई नगद रु ८ हजार, जनहि मेडल र प्रमाण पत्र प्रदान गरिएको हो ।
भलिबल तर्फको बिजेता साबिक वडा नं ६ अर्चल्यानीलाई नगद रु १० हजार, कप र जनहि मेडल र प्रमाण पत्र प्रदान गरिएको नमुना क्लबले जनाएको छ । त्यस्तै उपबिजेता साबिक ३ पोखरिटाउकाले नगद रु ५ हजार रुपैया, जनहि मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगिताका विजेता, खेलाडी र टिमलाई सुन्दरबजार नगरपालिकाको उपमेयर भवानी के.सीले पुरस्कार वितरण गर्नु भएको थियो ।
खेल प्रक्रियामा चित्त नबुझे पछि दुराडाँडा कपको चौथो संस्करणमा भलिबल तर्फ सत्रसय साबिक १ र धारापानि साबिक ५ तथा फुटबल तर्फ धारापानि साबिक ५ र सिम्लेजामुने साबिक ९ ले भने भाग लिएनन् ।
क्लबका अध्यक्ष हरिकृष्ण खनियाको अध्यक्षतामा भएको उक्त समापन कार्यक्रमको सञ्चालन पत्रकार बिराट न्यौपानेले गर्नु भएको थियो ।
उक्त कार्यक्रम सुन्दरबजार नगरपालिका वडा नं ४ को वडा कार्यालयद्धारा प्रायोजित गरिएको थियो ।
प्रकाशित मिति २०८१ कार्तिक १, बिहीबार १२:२६ गते