
सुर्खेत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुर्खेत जिल्ला कमिटी १३ सदस्यीय गठन भएको हो । वीरेन्द्रनगरमा रास्वपा सुर्खेतको प्रथम जिल्ला भेलाबाट जिल्ला सभापतिमा रमेशकुमार सापकोटालाई कार्तिक १ गते चयन गरेको हो । सापकोटा यसअघि नेपाली कांग्रेसका आबद्ध हुनुहुन्थ्यो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक, केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद सन्तोष परियारको प्रमुख आतिथ्यता सुर्खेत भेला सम्पन्न भएको हो । सचेतक परिवारले भेलामा करिव ७० जनालाई रास्वपाको नयाँ सदस्यता वितरण गर्नु भएको थियो ।
सो कमिटीको उपसभापतिका जगत बस्नेत, सचिवमा बिनम शाही, सहसचिवमा भूपेन्द्रबहादुर थापा र कोषाध्यक्षमा डिल्लीसरा सलामी चयन हुनु भएको छ । यसैगरी, सदस्यहरूमा हिरासिंह थापा, केशरी वली, बालकृष्ण शर्मा, मोहनसिंह खत्री, किशोर थापा तथा डिल्लीसरा घिमिरे, राहुल विक, शान्ति घिमेरे चयन हुनु भएको रास्वपा कर्णाली प्रदेश प्रवक्ता हरिप्रसाद अधिकारीले बताउनु भयो ।
सभापति चयन भएपछि सापकोटाले भन्नुभयो, ‘अब वीरेन्द्रनगरमा मात्रै होइन, सुर्खेत जिल्ला र कर्णाली प्रदेशभर रास्वपाको घण्टि बज्यो । यो यात्रा निरन्तर अघि बढ्नेछ । देश परिवर्तनका लागि रास्वपा यात्रामा हातेमालो गरेर अघि बढौं ।’
सामाजिक युवा नेताको रुपमा चिनिने सापकोटा एक अब्बल व्यवसायीको रुपमा परिचित हुनुहुन्छ । हाल उनी सुर्खेत काक्रेविहार यातायात प्रा.लि को अध्यक्ष समेत हुनुहुन्छ । सापकोटा सुर्खेतको राजनीतिमा आशालाग्दो थोरै युवा नेताको सूचिमा पर्र्दै आउनु भएको छ ।
सापकोटा यसअघि कांग्रेस वीरेन्द्रनगर नगरपालिकाको सचिव समेत हुनुहुन्थ्यो । उहाँले अघिल्लो दिनमा मात्रै कांग्रेस पार्टी परित्याग गर्नु भएको थियो । उहाँसँगै कांग्रेसका एक दर्जन बढी कार्यकर्ताहरूलाई समेत रास्वपाका लागेका छन् ।
सापकोटाले कांग्रेस नेतृत्वको पेलानका कारण राजीनामा दिएको उहाँ निकट नेताहरू बताएका छन् । पछिल्लो समय काँग्रेसमा देखिएको विवादकै कारण पार्टी परित्याग गरेको नेताहरूले बताएका छन् ।
सभापति सापकोटाले ‘पहिलो कुरा कांग्रेसभित्र नेतृत्वबाट दमनकारी व्यवहार देखियो भने पुरानो ढर्राको राजनीतिबाट परिवर्तन हुने आश नदेखेपछि विद्रोह गरेको हुँ ।’
एक महिनाभित्र सबै जिल्ला भेला सक्ने रास्वपाले तयारी :
यसैबीच, रास्वपाले २०८२ को बैशाख महिनाको अन्तिम साता पहिलो राष्ट्रिय महाधिवेशन गर्ने मिति तय गरेको कार्यवाहक महामन्त्री बुर्लाकोटीले बताउनु भयो । उहाँका अनुसार एक महिनाभित्र सबै जिल्ला भेला सक्ने रास्वपाले तयारी गरेको छ ।
वडा तदर्थ समिति गठन यही आउँदो माघभित्र सक्ने रास्वपाको लक्ष्य छ । वडा अधिवेशन फागुनसम्म सक्ने रास्वपाको तयारी छ ।
पालिका अधिवेशन कार्तिकबाट सुरु गरेर पाँच अर्थात फागुन महिना भित्र सक्ने, जिल्ला अधिवेशन चैतभित्र, जिल्ला अधिवेशन चैतभित्र गर्ने रास्वपाले निर्णय लिएको छ ।
प्रकाशित मिति २०८१ कार्तिक २, शुक्रबार ०६:५० गते