पत्रकार महासंघका पूर्वजिल्ला अध्यक्ष सन्तोष पौडेललाई पितृ शोक

पत्रकार महासंघका पूर्वजिल्ला अध्यक्ष सन्तोष पौडेललाई पितृ शोक

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ कार्तिक ४ गते आईतबार १०:३८

स्व. पौडेलका दुई श्रीमती भएपनि सबै सन्तान कान्छीतर्फमा हुन् । जेठी श्रीमती पहिलेदेखिनै माइतीमा रहदै आउनु भएको छ ।

स्व. पौडेलका जेठा छोरा सन्तोष पत्रकार र कान्छा छोरा सञ्जु इन्साइट भिजन आमाविका प्रिन्सिपल हुनुहुन्छ ।

सुन्दरबजार(लमजुङ)– नेपाल पत्रकार महासंघ लमजुङका पूर्वजिल्ला अध्यक्ष सन्तोष पौडेल पितृ शोकमा पर्नु भएको छ । उहाँका पिताजी रामप्रसाद पौडेलको ८६ बर्षको उमेरमा कार्तिक ४ गते साँझ स्वर्गारोहण भएसँगै उहाँ शोकमा पर्नु भएको हो ।
गत साउनदेखि विरामी पर्नुभएका उहाँको रोग नै पत्ता लाग्न सकेको थिएन । पछिल्ला दिनमा घरमै उपचरत रहेको बेलामा उहाँको निधन हुन गएको हो । लमजुङको ऐतिहासिक थलो दुराडाँडामा जन्म स्थल हुनु भएका रामप्रसाद पौडेलका पत्रकार सन्तोष स्वर्गीय जेठा सुपुत्र हुनुहुन्छ ।
सन्तोष पत्रकार महासंघ लमजुङका पूर्वजिल्ला अध्यक्ष एवम् सुन्दरबजार नगरपालिकाका प्रेस सल्लाहकार हुनुका साथै प्रेस युनियन लमजुङका अध्यक्ष समेत हुनुहुन्छ । त्यसका साथै, लक्ष्मीनारायण मिडिया हाउस, लमजुङका निर्देशक, सोही हाउसबाट सञ्चालित लमजुङपत्र साप्ताहिकका प्रधान सम्पादक, न्यूजपेटिका डटकमका सम्पादक हुनुहुन्छ ।
उहाँ आफ्ना कान्छा छोरा सुन्दरबजार स्थित इन्साइट भिजन एकेडेमीका प्रिन्सिपल सञ्जुको साथमा बस्दै आउनु भएको थियो । उहाँहरूको परिवार २०७० सालदेखि सुन्दरबजारमा बस्न थालेको हो ।
सन्तोष र सञ्जुका पिता रामप्रसाद पौडेलको आज साँझ करिब ८ः३० बजे निधन भएको सन्तोषका नातेदार पत्रकार विराट न्यौपानेले जानकारी दिनु भयो । उहाँका अनुसार स्व. पैडेलका दुई श्रीमती, दुई छोरा तथा दुई छोरी र नातिनातिना चारजना नाती छन् ।
स्व. पौडेलका दुई श्रीमती भएपनि सबै सन्तान कान्छीतर्फमा हुन् । जेठी श्रीमती पहिलेदेखिनै माइतीमा रहदै आउनु भएको छ ।
स्व. पौडेलको भोलि बिहान ७ः३० बजे उहाँको सुन्दरबजार स्थित निवासबाट शवयात्रा शुरु गरी मर्स्याङदी नदी र पाउँदी दोभान स्थित आर्यघाटमा अन्तिम संस्कार गरिने समेत पत्रकार न्यौपानेले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति २०८१ कार्तिक ४, आईतवार २२:३८ गते
हजुरको प्रतिक्रिया