चामे(मनाङ)– हिमाल पारीको जिल्ला मनाङको याकखर्क लेकमा मृत्यु वरण गरेका ६३ वर्षीय स्विजरल्यान्डका नागरिकको तेस्रो दिन आज मात्र उद्धार भएको छ । सुतेको टेन्ट भित्र कार्तिक ३ गते बिहान मृत फेला परेका उनको आज ५ गते दिउँसो करिब ३ बजे हेलीबाट उद्धार गरी पोष्टमार्टमका लागि काठमाडौं लगिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको हो ।
मृतकले कार्तिक २ गते साँझको साविक खाना खाएर टेन्टमा सुत्न गएका उनी भोलिपल्ट विहान मृत अवस्थामा फेला परेका थिए । मृतक ६३ वर्षीय मार्कुस सेसलर नामका स्विजरल्यान्डका नागरिक भएको र उनको राहदानी नं. एस ०८८५१८७ भएका व्यक्ति भएको मनाङका प्रमु्ख जिल्ला अधिकारी मातृका आचार्यले बताउनु भयो । उहाँका अनुसार उनको शवलाई सोही दिनदेखि उद्धारको प्रयास गरिए पनि आजमात्र उद्धार गर्न सकियो निकै टेन्सन भएको थियो, अब भने ढुक्क भइयो । उहाँले भन्नुभयो, ‘सो घट्ना स्थल करिब चार हजार मिटरको उचाईमा भएको हुँदा जो कोही सहजै आउँजाउ गर्न सक्ने र फोनको सुविधा समेत नभएको ठाउँ हो ।’
घट्ना स्थल मनाङको सदरमुकाम चामेबाट अढाई घण्टाको खाङसारसम्म गाडीमा र त्यसपछि पनि तीन चार घण्टाको पैदल यात्रा गर्नु पर्ने विकट क्षेत्रमा रहेको प्रजिअ आचार्यले जानकारी दिनुभयो । उद्धार कार्य ढिलाई हुनुमा ती पर्टकट टोलीले बीमा मार्फत बुक गरेको एभरेष्टको हेलीकप्टर हो भन्ने बुझियो, त्यो मर्मत रहेको र मर्मत गर्न समय लागेको हुँदा आज मात्र आएको बताएको प्रजिअ आचार्यको भनाइ छ । उहाँले भन्नुभयो, ‘उनको शव टिचिङ अस्पताल लगेर पोष्टमार्टम गरी उनको देशको राजदुताबासको रोहबरमा मृतकका परिवारलाई बुझाइन्छ ।’
मृतकका टोलीमा भएका सबै गन्तव्य अर्थात थोराङ पासतर्फ सोही दिन अर्थात २ गतेनै लागेका हुन् । त्यहाँ शव कुर्ने काम प्रहरीले गरेको प्रजिअ आचार्यले जानकारी दिनु भयो । उहाँले भन्नुभयो याकखर्कबाट थोराङ पास पुग्न तीन दिनदेखि पाँच दिन लाग्छ । त्यो पर्यटकले बुक गरेको टुर प्याकेजमा निर्भर गर्छ उहाँले भन्नुभयो । थोराङ पास हुँदै पर्यटकहरू मुस्ताङतर्फ लाग्छन् र पोखरा हुँदै फर्कन्छन् प्रजिअ आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘टेण्टमा उनी एक्लै सुतेका रहेछन् प्रहरीले घट्नास्थलको निरीक्षण गर्दा कर्तव्य भएको जस्तो नदेखेको बताएको छ ।’ अर्को हेली मगाउन सकिन्थो तर पेमेन्टको समस्या हुने देखियो बीमाले अन्यको खर्च बेहोर गर्न झञ्जट मान्छ रे ! उहाँले उल्लेख गर्नु भयो ।
सो घट्ना स्थल मनाङको ङिस्याङ गाउँपालिका– ३ को याकखर्कमा रहेको जिल्ला प्रहरी कार्यालयका नि. प्रमुख प्रहरी निरीक्षक राजेन्द्रबहादुर केसीले बताउनु भयो । उहाँका अनुसार उनी २ गते साँझ खाना खाएर राति सकुशल सुतेका थिए । तर ३ गते बिहान उनी नउठेपछि उठाउन खोज्दा मृत स्थितिमा फेला परेको खबर प्रहरीलाई आएको हो । उहाँले भन्नुभयो ‘घट्नास्थलको प्रकृतिको निरीक्षण गर्दा कर्तव्य भएको देखिदैन ।’ टेन्टमा बसिरहेका बेलामा हृदय घात भएको वा लेक लागेर उनको मृत्यु भएको भन्ने पोष्टमार्टपछि मात्र खुल्ने जिल्ला प्रहरी कार्यालयका नि. प्रमुख प्रहरी निरीक्षक केसीले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सूचना प्राप्त भएलगत्तै घटनास्थलमा पुगेर उद्धार गरी हेलिकोप्टर मगाएर काठमाडौं पठाउने तयारी भइरहेको छ । तर हेलिकप्टर मर्मतमा भएको भन्ने खबर आयो र आज मात्र उद्दार हुन सक्यो जिल्ला प्रहरी कार्यालयका नि. प्रमुख केसीले जानकारी दिनुभयो । उहाँका अनुसार ती मृतक व्यक्ति सो समूहमा आफ्नो देशको एक्लो नागरिक रहेछन् । उहाँले भन्नुभयो, ‘टोलीमा विदेशी नागरिकहरु ११ जना रहेका मध्ये सात जना जर्मनीका, २ जना अस्टे«लिया र एक जना इटालीका रहेकोले उनीहरू गन्तव्यतर्फ लागे, मृतकलाई कुर्ने काम प्रहरीले गरिरहेको हो ।’
फोटोमा ः मृतक पर्यटक सुतेको टेन्ट र वरपरको दृश्य ।
प्रकाशित मिति २०८१ कार्तिक ५, सोमबार १७:०० गते