राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ मीना खड्कालाई मातृ शोक

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ मीना खड्कालाई मातृ शोक

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ कार्तिक ६ गते मङ्गलबार ०७:३८

गोरखपुर, भारतमा उपचाररत टिकाकुमारीको अन्तिम संस्कार काशीमा आज कार्तिक ६ गते गरिने तयारी छ । त्यसको चाजोपाजो उहाँका जेठा छोरा बालब्रह्मचारी भैरव उप्रेतीले गर्नु भएको हो भने उहाँका अन्य दुई छोराहरू पनि हिजै गोरखपुर पुग्नु भएको थियो ।

मीनाकी ८० वर्षीया सासुआमा टिकाकुमारीको निधन भएसँगै उहाँ शोकमा पर्नु भएको हो ।

बेसीशहर– राष्ट्रिय स्वतन्त्र पार्टीकी बेसीशहर नगरपालिकाको महिला विभागका प्रमुख मीना खड्कालाई मातृ शोक परेको छ । उहाँकी सासुआमा टिकाकुमारी उप्रेतीको ८० वर्षको उमेरमा उपचारको क्रममा कार्तिक ५ गते निधन भएसँग नेतृ मीना शोकमा पार्नु भएको हो ।
टिकाकुमारीलाई पछिल्ला दुई वर्षदेखि दमको सिकायत थियो भने पछिल्ला डेढ महिनादेखि अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । वडादशैंको टिका लगाएपछि उहाँका जेठा छोरा बालब्रह्मचारी भैरव उप्रेतीले भारतको गोरखपुरमा उपचारका लागि लग्नु भएको थियो ।

त्यही उपचारका क्रममा टिकाकुमारीको निधन भएको हो । स्व. टिकाकुमारीको काशीमा आज अन्तिम संस्कार हुँदैछ । त्यसको चाजोपाजो उहाँका जेठा छोरा बालब्रह्मचारी भैरव उप्रेतीले गर्नु भएको हो भने उहाँका अन्य दुई छोराहरू पनि हिजै गोरखपुर पुग्नु भएको थियो । अन्तिम संस्कारका लागि उहाँको शव काशीमा अहिले विहान पुर्याई सकिएकोछ ।
रास्वपा नेतृ मीना खड्का टिकाकुमारीकी कान्छी बुहारी हुनुहुन्छ ।
तनहुँको भानु नगरपालिका– १० को चोक, पुर्कोट, मैदान(कालीमाटी) की स्थायी बासिन्दा रहनु भएकी टिकाकुमारीका महिला छोरा उद्दव गाउँमै शिक्षक हुनुहुन्छ भने कान्छो छोरा सन्तोष लमजुङको सुन्दरबजार नगरपालिका– ७ को पाउँदी स्थित मर्स्याङदी आधारभूत विद्यालयका शिक्षण कार्य गर्नु हुन्छ । छोरीहरू शारदा पाण्डे (चितवन) र पुष्पा कडयरिया (लमजुङ) गृहिणी हुनुहुन्छ ।
स्व. टिकाकुमारीका श्रीमान ८४ वर्षीय देवबहादुर, तीन भाइ छोरा, दुई छोरी र आठ जना नातिनातिना छन् ।

प्रकाशित मिति २०८१ कार्तिक ६, मंगलवार ०७:३८ गते
हजुरको प्रतिक्रिया