राष्ट्रियता र स्वाभिमानको आन्दोलन थप उचाईमा : फोटो फिचर

राष्ट्रियता र स्वाभिमानको आन्दोलन थप उचाईमा : फोटो फिचर

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ कार्तिक ८ गते बिहिबार १२:५३

बेसीशहरबाट ठूला दुई बस, सुन्दरबजार र मध्यनेपालबाट एक÷एक वटा साना बसका सार्थ आफ्ना निजी साधन हुनेहरू आफ्नो साधनबाट र पोखरा बस्ने जिल्लाबासीहरू गरी सवा सय भन्दा बढीको सहभागिता रहेको रास्वपाका जिल्ला संयोजक धर्म केसीले बताउनु भयो ।

र्यालीमा राष्ट्रियता र स्वाभिमानका राना अंकित प्लेकार्ड बोकेर बीचबीचमा राष्ट्रवादी गीतमा सहभागीहरू नाच्दै माहोल तताउने गरेका थिए ।

पोखरा– यहाँ कार्तिक ३ गतेदेखि शुरु भएको राष्ट्रियता र स्वाभिमानको आन्दोलन(अभियान) थप उचाईमा पुगेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको राजनीतिक प्रतिशोधपूर्ण गिरफ्तारीका विरुद्ध राष्ट्रियता र स्वाभिमानपूर्ण सो आन्दोलन कार्तिक ६ गते आइपुग्दा थप उचाईमा पुगेको हो ।
उक्त आन्दोलनका क्रममा आज यहाँको जिरो किमी स्थित घण्टीघरबाट सुरु भएको र्याली सिर्जना चोक, रत्न चोक हुँदै हवाई ग्राउण्ड रोड निस्केको थियो । त्यसपछि मुस्ताङ चोक, बिरौटा चोक हुँदै हल्लानचोक पुगेर कोणसभामा परिणत भई पुनः विरौटा चोकमा आएर कोण सभाका साथमा बिर्सजन गरिएको थियो ।
र्यालीमा राष्ट्रियता र स्वाभिमानका राना अंकित प्लेकार्ड बोकेर बीचबीचमा तिनै विभिन्न नारा घन्काउनुका साथै रास्वपाका केन्द्रीय नेताहरूद्वारा छोटो मन्तव्यका साथमा नारा लगाउने गरिएको थियो । त्यसैगरी, राष्ट्रवादी गीतमा सहभागीहरू नाच्दै माहोल तताउने र र्यालीलाई संगीतमय बनाउने गरिएको थियो ।

र्यालीका नारा  :
र्यालीका सहभागीहरूले ‘ओइ सरकार ! सहकारीको ८७ अर्ब खोई ?’, ‘न्याय मार्न पाइदैन, पाइदैन पाइदैन’, ‘भ्रष्ट सरकार चाहिँदैन चाहिदैन’, ‘राजनीतिक प्रतिशोध बन्दगर, बन्द गर बन्द गर !’, ‘नेपाली जनता के भन्छ विधिको शासन ले भन्छ’, ‘नेपाली जनता के भन्छ, पीडितलाई न्याय दे भन्छ’, ‘ओइ सरकार गिरिबन्धु, ललिता निवास काण्ड खोई ?’ ‘ओइ सरकार वाइटबडी, टेरामक्स काण्ड खोई ?’, ‘ओइ सरकार यति ओम्नी, टिकापुर जग्गा काण्ड खोई ?’, ‘ओइ सरकार भुटानी शरणार्थी, क्विन्टलका क्विन्टल सुन काण्ड खोई ?’, ‘भुटानी शरणार्थी काण्डका जनता बेच्नेहरू कहाँ छन् ?’ ‘अधिनायकवाद चल्दैन, चल्दैन चल्दैन’, ‘दुईतिहाईको पाराले दुःख पाए साराले’, ‘भ्रष्ट सक्ने आशामा– राष्ट्र सेवक बाटामा’, ‘४० लाखको चश्माले दुःख पाए साराले’, ‘दुई करोडको घडीले जनता बगायो बाडीले’ लागयतका नारा लगाएका थिए ।
समापन कार्यक्रममा रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, सांसद तोषिमा कार्की, केन्द्रीय सदस्य शान्ति सिखा धिताल, सोही निर्वाचन क्षेत्रका रास्वपाका उम्मेदवार रामप्रसाद, ८० वर्षीय सहकारी पीडित विरौटा निवासी बाबुराम गुरुङ लगायतले मन्तव्य राख्नु भएको थियो । सहकारी पीडित गुरुङले र्यालीका सहभागीहरूलाई एक एक बोलत पानीसमेत खुवाउनु भएर ऐक्यवद्धता व्यक्त गर्नु भएको थियो भने उहाँले बल्ला कुरा बुझेर यो अभियानमा जोडिएको छु र सबैलाई जोडिन आग्रह गर्दछु भन्नुभयो ।
नवीन पौडेलको सांगीतिक प्रस्तुति :
सो अवसरमा कालकार नवीन पौडेलले देशमा अन्याय अत्याचार बढेको बेलामा कलाकार, पात्रकार तथा अन्य कुनै पनि पेशाकर्मीहरु चुप बस्न हुन्न भन्दै यसअघि आफू देउवा र ओलीको भोटर रहेको तर अब भने रास्वपाको राष्ट्रियता र स्वाभिमानको आन्दोलनमा सहभागी हुनका लागि काठमाडौंदेखि आएको छु मलाई कसैले बोलाएर आएको हैन भन्नुभयो । उहाँले ‘ले जनता खुकुरी ले ले, भ्रष्टाचारी जति सबै जेल पाठइ दे !’ भन्ने बोलको लगायतका गीत अगाउनु भएको थियो ।
लमजुङबाट सवा सय बढी सहभागी :
आजको आन्दोलनमा ऐक्यवद्धता जनाउ लमजुङबाट एक सय बढी पोखरा पुगेका थिए । बेसीशहरन गारपालिका– ६ मकैडाँडा निवासी ८१ वर्षीय सन्तबहादुर राउत समेत सहभागी हुनु भएर सहभागीहरूलाई उर्जा एवम् उत्साह थप्ने काम गर्नु भएको थियो । बेसीशहरबाट ठूला दुई बस, सुन्दरबजार र मध्यनेपालबाट एक÷एक वटा साना बसका सार्थ आफ्ना निजी साधन हुनेहरू आफ्नो साधनबाट र पोखरा बस्ने जिल्लाबासीहरू गरी सवा सय भन्दा बढीको सहभागिता रहेको रास्वपाका जिल्ला संयोजक धर्म केसीले बताउनु भयो ।
स्मरणीय छ, उक्त अभियानको नेतृत्व रास्वपाले गरेता पनि त्यहाँ रास्वका झण्डा वा अघिपछि जस्तो घण्टी बजाउने आदि गरिएको थिएन । त्यसैले यो अभियान केबल रवि बचाउनका लागि मात्र नभई न्याय गुन्न नदिन, विधिको शासनको स्थायित्व दिन, राष्ट्रियताको पक्षपोषण गर्न तथा गीर्दो स्वाभिमानको रक्षाका लागि भएको प्रष्टै अनुभूति गर्न सकिन्थ्यो ।
प्रस्तुत छ उक्त कार्यक्रमको फोटो फिचर :

प्रकाशित मिति २०८१ कार्तिक ८, बिहीबार ००:५३ गते
हजुरको प्रतिक्रिया