परिवर्तित भाडादर थाहा नभएको भन्दै पुरानै शैलीको भाडा असुल्दै लमजुङ चल्ने बसहरू

परिवर्तित भाडादर थाहा नभएको भन्दै पुरानै शैलीको भाडा असुल्दै लमजुङ चल्ने बसहरू

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ कार्तिक ९ गते शुक्रबार ०७:५५

बडादशैंको मुखमा यात्रुहरूको सुविधालाई ध्यानमा राख्दै भाडा समायोजन गर्ने कार्य बस व्यवसायी समितिका प्रतिनिधिमात्र हैन जिल्लाका आठवटै पालिका प्रमुख÷अध्यक्ष तथा प्रतिनिधिहरू समेत राखेर जिल्ला प्रशासन कार्यालयबाट गरिएको हो । तर पालिका प्रमुखहरूको सवारी चलाउने पालिकाकै सवारी साधन छन् । उनीहरूले सार्वजनिक बसमा भाडा तिर्नु पर्दैन, सर्वसाधारणको सविधासँग उनीहरूलाई कहिले चासो थियो र ऐले आशा गर्ने ? एक भुक्तभोगीले बताएका छन् ।

यातायातका साधनले लिने नयाँ बसभाडा दर प्रशासन कार्यालयको बैठक पुस्तिकामा मात्र सीमित

बेसीशहर– लमजुङमा जिल्ला प्रशासन कार्यालय, बस व्यवसायी समितिका प्रतिनिधिहरू तथा पालिकाका प्रमुख एवम् प्रतिनिधिहरू बसेर संयुक्त रुपमा यातायातका साधनको नयाँ दररेट कायम गरिएको भएता पनि बसवालाहरूले अझै पनि पुरानै शैली अनुसार(दररेट) भन्दा पनि बढीको भाडा रकम यात्रुहरूसँग असुल गरिरहेका छन् । त्यस्तो तथ्यको कार्तिक ९ गते खुलासा भएको हो ।
आज विहान यो प्रतिनिधि बेसीशहरबाट सुन्दरबजार जाँदा बेसीशहर– भोर्लेटार– पोखरा रुटमा चल्ने ग १ ख ५७०० नंबरको बसले एकसय तीस रुपैयाँ भाडा भएको दावी गर्दै सायद फिर्ता गर्न खुद्रा नोट नभएपछि दुई सय रुपैयाँ दिएकोमा ८० रुपैयाँ फिर्ता गरे । अझ विहानको बसका कण्डक्टरलाई एक सय रुपैयाँ दिदा पनि थप ३० रुपैयाँ चहियो कि चाहियो भनियो । त्यसपछि, ‘भाइ ३० रुपैयाँ पैसा ठूलो होइन इमान्दारित ठूलो हो, तिमीलाई ट्राफिकले कारवाही गर्यो भने मसँग नरिसाउनु’ भन्दा समेत सो रकम असुल्ने काम गरिएको हो । त्यसैगरी, साँझ सिउँडीबारबाट बेसीशहर आउँदा पोखराबाटै आएको वा ५ ख ६४७२ नंबरको बसले एक सय रुपैयाँ भाडा हो भन्ने ढिपी कस्दै एक सय रुपैयाँका दरले तीन जनको तीन सय रुपैयाँ लिएरै छाडे । यसैगरी आफूहरूसँग पनि बसले विहान बेसीशहरबाट सुन्दरबजार जाँदा त्यहाँसम्मको भाडा १५० रुपैयाँका दरले लिएको दुई जनाको तीन सय रुपैयाँ लिएको ठाडोभाका लोककला प्रतिष्ठान नेपालका कोषाध्यक्ष सीता गुरुङले बताउनु भयो । त्यसैगरी, साँझमा बेसीशहर फर्कने समयमा सिउँडीबारबाट एक एक सय रुपैयाँका दरले भाडा लिएको उहाँले जानकारी दिनु भएको छ ।
आज सुन्दरबजार स्थित सुन्दरबजार बहुउद्देश्यीय सहकारी संस्था लि.को १५औं वार्षिक साधारण सभामा ठाडोभाका लोककला प्रतिष्ठान नेपालको टिमलाई सो गीत प्रस्तुतिका लागि निमन्त्रणा गरिएको थियो । त्यसैले प्रतिष्ठानका प्रतिनिधिहरू बेसीशहरबाट सुन्दरबजार गएका थिए । पाठक वर्गलाई थाहै छ ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडी अन्तरङ्ग न्यूजडटकमका पनि अध्यक्ष हुनुहुन्छ । सो गायत टिमको नेतृत्व पहाडी आफैले गर्दै सुन्दरबजार जानु भएको थियो ।
यसैगरी, बसवालाहरूले भाडा बढी लिने गरेको बारेमा सिउँडीबारमा परिचर्चा हुँदा खै त बेसीशहरबाट सिउँडीबारको भाडा घटेर ६५ रुपैयाँ भयो भन्छन् तर बसवालाले सय रुपैयाँ लिन छाडेका छैनन् सोही स्थानका ५८ वर्षीय सन्तमानले बताउनु भयो । बडादशैंको मुखमा यात्रुहरूको सुविधालाई ध्यानमा राख्दै भाडा समायोजन गर्ने कार्य बस व्यवसायी समितिका प्रतिनिधिमात्र हैन जिल्लाका आठवटै पालिका प्रमुख÷अध्यक्ष तथा प्रतिनिधिहरू समेत राखेर जिल्ला प्रशासन कार्यालयबाट गरिएको हो । तर पालिका प्रमुखहरूको सवारी चलाउने पालिकाकै सवारी साधन छन् । उनीहरूले सार्वजनिक बसमा भाडा तिर्नु पर्दैन, सर्वसाधारणको सविधासँग उनीहरूलाई कहिले चासो थियो र ऐले आशा गर्ने ? एक भुक्तभोगीले बताएका छन् ।
यसबारेमा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरी वडादशैंको मुखमा समायोजन गर्दै घटाइएको यातायात भाडा यो बीचमा फरि बढेको हो र ? भन्ने जिज्ञासा राख्दा ‘बढेको छैन’ सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण सुयलले बताउनु भयो । बसवालाहरूले आजका दिनसम्म त पुरानै शैलीले (पुरानो निर्धारित दर भन्दा पनि बढी) भाडा असुल्ने गरेको शैलीलाई ऐलेसम्म पनि निरन्तरता दिँदै आएका रहेछन् नि ? भन्ने जिज्ञासामा अनौठो मान्दै उहाँले ‘हो र ?’ भन्ने प्रतिप्रश्न गर्नु भयो । यो प्रतिनिधिबाट आफैले आज त्यो घट्ना विहान सु्न्दरबजार जाँदा र ऐले बेसीशहर फर्कदा पनि भोगेको हुँ भनियो । त्यो सुनेपछि उहाँले ‘बसहरूको नंबर दिनुस् कारवाही गर्न लगाउँछु’ भन्ने प्रतिवद्धता सहायक प्रजिअ सुयलले व्यक्त गर्नु भएको छ ।

प्रकाशित मिति २०८१ कार्तिक ९, शुक्रबार १९:५५ गते
हजुरको प्रतिक्रिया