एक दिने लगानीकर्ता सचेतना कार्यक्रम

एक दिने लगानीकर्ता सचेतना कार्यक्रम

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ कार्तिक ११ गते आईतबार १०:१८

सुन्दरबजार(लमजुङ)– लमजुङको व्यावसायिक एवम् शैक्षिक केन्द्र सुन्दरबजारमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि.को १०० प्रतिशत सहायक कम्पनी रिलायबल इन्भेस्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लि. काठमाडौको आयोजनामा लगानीकर्ता सचेतना...

विश्व लगानीकर्ता सप्ताह २०२४ को अवसरमा उक्त कार्यक्रम गरिएको हो ।

सुन्दरबजार(लमजुङ)– लमजुङको व्यावसायिक एवम् शैक्षिक केन्द्र सुन्दरबजारमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि.को १०० प्रतिशत सहायक कम्पनी रिलायबल इन्भेस्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लि. काठमाडौको आयोजनामा लगानीकर्ता सचेतना कार्यक्रम भएको छ । मातृभूमि बहुमुखी क्याम्पसको सभाहलमा मर्चेण्ट क्यापिटलले एक कायक्रम गर्दै लगानीकर्ता सचेतना कार्यक्रम कार्तिक ११ गते गरेको हो ।
विश्व लगानीकर्ता सप्ताह २०२४ को अवसरमा उक्त कार्यक्रम गरिएको हो । रिलायबल इन्भेस्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडले एक दिने लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न गरेको क्यापिटलका चार्टर एकाउन्टेन्ट माधव पोख्रेलले बताउनु भयो हो ।
कार्यक्रमको प्रमुख अतिथि सुन्दरबजार नगरपालिका– ७ का वडा अध्यक्ष जयराम रेग्मीले लमजुङ जलविद्युतको केन्द्र भएकोले शेयर बजार सम्बन्धि सबैलाई जानकारी गराउन यो एक दिने कार्यक्रमलाई बढाएर कम्तिमा तीन दिने सञ्चालन गर्र्न आयोजकलाई सुझाव दिनुभयो । उहाँले भविष्य यस्ता कार्यक्रम सुचारु गर्न आफू र वडा लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा रिलायबल इन्भेस्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटलका सि.ए. माधव पोख्रेलले क्यापिटलको विविध बिषयमा जानकारी दिनुभएको थियो । उहाँले सहभागी लगानीकर्ता, व्यवसायी , प्राध्यापक, कर्मचारी, जनप्रतिनिधि, विद्यार्थीलाई आई पि ओ, एफ पि ओ, प्राथमिक बजार, सेकण्डरी बजार, नेप्से, धितोपत्र बोर्ड, शेयर बजार र लगानी शिक्षा तथा लगानी गर्दा अपनाउनु पर्ने सचेतनालगायत विविध बिषयमा जानकारी दिनु भएको थियोे ।
उक्त कार्यक्रम सुन्दरबजार चेम्बर अफ कमर्सका अध्यक्ष बिष्णुकुमार श्रेष्ठको अध्यक्षतामा भएको थियोे । सो अवसरमा अध्यक्ष श्रेष्ठले मध्य पहाडी लोकमार्ग र डुम्रे बेसीशहर राजमार्गको केन्द्र सुन्दरबजारलाई व्यावसायिक केन्द्र बनाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने बताउदै क्यापिटलको शाखा सुन्दरबजारमा स्थापना गर्न अनुरोध गर्नु भयो । उहाँले शेयरमा बुझेर लगानी गर्नु पर्नेमा जोड दिनुभयो । रिलायबल भेन्चरका लेगल अफिसर एड्भोकेट सुदर्शन जोशीले सञ्चालन गर्नु भएको कार्यक्रमको सहजीकरण सि. ए माधव पोख्रेलले गर्दै कार्यक्रममा शेयर बजार सम्बन्धि उठेका जिज्ञासाहरुको जवाफ दिनु भएको थियोे ।
सो अवसरमा समृद्धिका लागि विश्वास तपाईंको भरपर्दो साझेदार भन्ने आदर्श बाक्यले सेवा गरि रहेको क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानी व्यवस्थापन सेवा, धितोपत्र निस्काशन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभुति सेवा, हितग्राही खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्श सम्बन्धी सेवा तथा शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आएको जानकारी दिइएको थियो ।

प्रकाशित मिति २०८१ कार्तिक ११, आईतवार २२:१८ गते
हजुरको प्रतिक्रिया