पोखरा– श्री सत्य साई संगठनको दुई दिने राष्ट्रिय नवयुवा सम्मेलन पोखरा महानगरपलिका– ३३ बाघमारामा सम्पन्न भएको हो । उक्त सम्मेलनामा सातै प्रदेशबाट आठ सय भन्दा बढि सहभागी रहेको आयोजक समिती श्री सत्य साई सेवा संगठन नेपालले जानकारी दिएको छ । साई संगठनको प्रदेश ४ समितीको आथिथ्यतामा उक्त कार्यक्रम भएको हो ।

पहिलो दिन र्याली र वेद पाठ गर्दै सुरू गरिएको राष्ट्रिय नवयुवा सम्मेलनका संयोजक महेश आचार्यले बताउनु भयो । उद्घाटन प्रार्थना तथा श्री सत्य साई बाबाको फोटोमा माला अर्पण गरिएको थियो । श्री सत्य साई सेवा संगठन नेपालका अध्यक्ष वैकुण्ठ अधिकारीले पानसमा दिप प्रज्वलन गरेर सो सम्मेलनको उद्घाटन गर्नुभएकोे थियो । यसै क्रममा युवा द्धारा तयार पारिएको कार्यक्रमको थिम सङ ‘साई नवयुवा हामी शक्तिका पुञ्ज हौं’ प्रस्तुत गरिएको थियो ।
श्री सत्य साई सेवा संगठन नेपाल, प्रदेश चारका अध्यक्ष रङ्गनाथ रेग्मीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । यसैगरी विभिन्न देश(युरोप, अस्ट्रलिया, अमेरिका)मा रहनु भएका साई संगठनमा आवद्ध युवाहरूले नवयुवालाई एकताको सन्देश दिएका थिए । यसै क्रममा श्री सत्य साई ओभरसिज संगठनका केन्द्रिय संयोजक डा. नरोत्तम उपाध्यायले कार्यक्रमको थिम ‘कनेक्ट टु सर्भ’का बारेमा आफ्नो धारण राख्नु भएको थियो । सो कार्यक्रमका अवसरमा उपस्थित सम्पुर्ण नवयुवालाई सत्य, धर्म, प्रेम, अहिंसा, शान्ति तथा मेसेन्जर अफ साई गरि छ वटा समुहमा विभाजन गरेर एक एक विषय दिएर समुहगत छलफल गराइएको रोशन थपलियाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘तिनै समुह बिच विभिन्न खेलकुद कार्यक्रम पनि आयोजना गरिएको थियो’ । सो अवसरमा नवयुवाद्धारा विभिन्न सांस्कृतिक नाचगान प्रस्तुत गरिएको थियो । यसै बिच स्पेनदेखि जुमका माध्यमबाट साईग्रेस पोखरेलले नवयुवासँग वार्ता गर्नु भएको थियो । सो दिनको कार्यक्रमको समापन रात्री प्रार्थनाबाट गरिएको थियो ।
दोस्रो दिनः
यसैगरी सम्मेलनको दोस्रो दिन प्रभात कालिन समयमा नगर सनकृतनबाट सुरू गरिएको थियो । उक्त कृतनका क्रममा विभिन्न समुहमा विभाजित नवयुवाले सरसफाई लगायतका कार्य गरेका थिए । सोही दिन विभिन्न समुहमा विभाजित नवयुवाले आफ्नो समुहलाई परेको विषयको छलफलबाट निस्केको निष्कर्सलाई प्रस्तुत गरेका थिए । यसै बिच प्रश्नोत्तर श्रृङ्खला रहेको र त्यसमा नवयुवा एकदमै रोचक प्रश्न सोधेका आचार्यले बताउनु भयो । श्री सत्य साई बाबाको मङ्गल अरतीबाट समापन भएको उक्त कार्यक्रमका सञ्चालन काभ्याश्री अधिकारीले गर्नु भएको थियो ।

लमजुङबाट चांदनी रानाको नेतृत्वमा दिप्सिना श्रेष्ठ, सन्जिता श्रेष्ठ, कुसुम श्रेष्ठ, रितिका पिया, सन्ध्या घिमिरे, कृतन तामाङ, विवेक अधिकारी, अपूर्वराज अधिकारी गरी ९ जनाले भाग लिनुभएको थियो ।
प्रकाशित मिति २०८१ कार्तिक ११, आईतवार २२:३८ गते