राष्ट्रियता र स्वाभिमानकाे आन्दोलनमा ५१ जना गिरफ्तार : फाेटाे फिचर

राष्ट्रियता र स्वाभिमानकाे आन्दोलनमा ५१ जना गिरफ्तार : फाेटाे फिचर

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ कार्तिक १३ गते मङ्गलबार ०५:४२

काठमाडौ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेप्रति राज्यले गरेको प्रतिशाेधपूर्ण गिरफ्तारीका विरुद्ध उठेकाे शान्तिपूर्ण आन्दोलनमा आज ५१ जना गिरफ्तार भए । काठमाडौ केन्द्रित साे शान्तिपूर्ण आन्दोलनका क्रममा...

तिहार / छठ पछिकाे आन्दोलन सशक्त र देशव्यापी हुने

काठमाडौ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेप्रति राज्यले गरेको प्रतिशाेधपूर्ण गिरफ्तारीका विरुद्ध उठेकाे शान्तिपूर्ण आन्दोलनमा आज ५१ जना गिरफ्तार भए । काठमाडौ केन्द्रित साे शान्तिपूर्ण आन्दोलनका क्रममा कार्तिक १३ गते बालुवाटारबाट आन्दोलनकारीहरुलाई गिरफ्तार गरिएको हाे । याे घट्नाले राज्य कति निर्लज्ज छ भन्ने पुष्टि भएको आन्दोलनकारीहरुले बताएका छन् । साे क्रममा नारा र मन्तव्य व्यक्त गरिएको थियोे । उनीहरुले विगत दिनका जस्तै सदाबहार नारा आेइ सरकार सहकारीको ८८ अर्ब खाेई ? सरकार तेराे पाराले दु:ख पाए साराले, नेपाली जनता के भन्छ ? विधिको शासन ले भन्छ लगायत थिए । साे अवसरमा पार्टीका उपसभापति एवम् सांसद स्वर्णिम वाग्ले, पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठ, सांसद साेभिता गाैतम लगायतले सम्वाेधन गर्नु भएको थियोे । उक्त अवसरमा सधै यातायातका साधनकाे आवतजावतले कालाहलपूर्ण हुने बालुवाटार सुनसान देखिन्थ्यो । प्रस्तुत छ, उक्त कार्यक्रमकाे फाेटाे फिचर :

प्रकाशित मिति २०८१ कार्तिक १३, मंगलवार १७:४२ गते
हजुरको प्रतिक्रिया