रास्वपाको शान्तिपूर्ण आन्दोलनमा पक्राउ ५१ जना रिहा

रास्वपाको शान्तिपूर्ण आन्दोलनमा पक्राउ ५१ जना रिहा

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ कार्तिक १४ गते बुधबार ०७:४६

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति राज्यले गरेको प्रतिशोधपूर्ण गिरफ्तारीका विरुद्ध उठेको शान्तिपूर्ण आन्दोलनमा कार्तिक १३ गते गिरफ्तार भएका ५१ जना रिहा भएका हुन् । पार्टी सभापति रवि लामिछानेको...

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति राज्यले गरेको प्रतिशोधपूर्ण गिरफ्तारीका विरुद्ध उठेको शान्तिपूर्ण आन्दोलनमा कार्तिक १३ गते गिरफ्तार भएका ५१ जना रिहा भएका हुन् । पार्टी सभापति रवि लामिछानेको रिहा गर्न माग गर्दै रास्वपाले बालुवाटारमा गरेको प्रदर्शनका क्रममा पक्राउ परेका सांसद अशोक चौधरीसहितका ५१ जना रिहा भएका हुन् ।
बालुवाटार घेराउ गर्न पुगेका उनीहरूलाई छाड्ने निर्णय भएको जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्तामा एसपी नवराज अधिकारीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा ५१ जनामध्ये एक जना महिला र बाँकी सबै पुरुष रहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति २०८१ कार्तिक १४, बुधबार ०७:४६ गते
हजुरको प्रतिक्रिया