३३ केभि विद्युतको हाइटेन्सन लाइन जमिनभन्दा चार मिटर मात्र उचाईमा, महिलाको लियो ज्यान

३३ केभि विद्युतको हाइटेन्सन लाइन जमिनभन्दा चार मिटर मात्र उचाईमा, महिलाको लियो ज्यान

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ कार्तिक १४ गते बुधबार १०:०१

जिल्लाबासीहरूको सोझोपनको फाइदा उठाएर विद्युत परियोजनावालाहरूले मनपरी गर्ने गरेको जानकारहरू बताउँछन् । यो घट्नालाई त्यस्तो लापरवाहीपूर्ण हेपाहा व्यवहार (प्रवृत्ती)ले पराकाष्टा नाघेको रुपमा लिइएको छ । पीडितपक्षको सोझोपनको फाइदा उठाउँदै उधारो सहमति गरी पीडित परिवारजनलाई शव बुझाउने प्रयास भएको सम्झौताका बुँदामा उल्लेखित शब्दावलीले समेत पुष्टि गरेको छ ।

विद्युत परियोजनावालाहरूको जिल्लाबासीप्रति गरिने हेपाहा व्यवहार (प्रवृत्ती)को पराकाष्टा

लमजुङ– जलविद्युतका लागि पर्याय मानिएको लमजुङ जिल्लामा विद्युत परियोजनावालाहरूको जिल्लाबासीप्रति गरिने हेपाहा व्यवहार (प्रवृत्ती)ले पराकाष्टा नाघेको छ । ३३ केभि जलविद्युत प्रशारण लाइनको लापरवाहीले एक ६२ वर्षीया महिलाको कार्तिक १३ गते ज्यान गएसँगै त्यस्तो लापरवाहीको थप पुष्टि हुन आएको हो । सो स्थलमा हाइटेन्सन लाइन जमिनभन्दा मात्र चार मिटर उचार्ईमा टिंगिएको रहेछ, सोही कारणले करेन्ट लागेर ती महिलाको ज्यान गएको हो ।
बेसीशहर नगरपालिका– २ को गैह्री गाउँ निवासी ६२ बर्षीया गीता पराजुलीको विद्युतको नाङ्गो तारबाट प्रवाहित करेन्टका कारणले दाया हातसमेत पुरै जलेको रकरेन्ट लागेका कारण उहाँको घट्नास्थलमै निधन भएको परिवार स्रोतले जनाएको छ । गीताको यस्तो अवस्था फेला परेकोसँगै विद्युत परियोजनावालाहरूद्वारा यो जिल्लाबासीप्रति गरिने हेपाहा व्यवहार (प्रवृत्ती)को पराकाष्टा नाघेको रुपमा लिएको छ ।
हिजो विहान ७ बजे घाँस काट्नका लागि सोही वडाको गैह्री क्यापससँगै रहेको स्थानमा गीता पुग्नु भएछ । घट्नाको प्रकृति अनुसार उहाँले इपिल–इपिलको हाँगा समाएर घाँस काट्न लाग्नु हुँदाको क्रममा सीत सुकस् नसकेका कारण सो हाँगासमेत डढेको देखियो मृतकका भतिज सूर्य पराजुलीले बताउनु भयो । उहाँका अनुसार घट्नाका सम्बन्धमा आज प्रशासन कार्यालयमा चारबुँदे सहमति भएर शवको पोष्टमार्टमको काम सकिएको छ । भोलि अन्तिम संस्कारको काम गर्ने भनेर शव अस्पतालमै राखेको अवस्था छ उहाँले भन्नुभयो । उहाँले थप भन्नुभयो, ‘बैनी(मृतकी छोरी) प्रमिलाले बिहान ७ बजे घाँस काट्न जानु भएकी आमा ९ बजेसम्म पनि घाँस लिएर घरमा नआउनु भएपछि, घाँस काट्न गएको स्थलमा गएर थुम्काबाट हेर्दा तल घाप्टो परेको अवस्थामा आमालाई देखिछन्, त्यसपछि उनले गाउँलेलाई खबर गरिन, हामी गएर हेर्दा त्यस्तो अवस्था देखियो ।’
आज भएको सहमति पत्रमा मेतकका परिवारले एक करोड क्षतिपूर्ति माग गरेको, मृतकको परिवारका एक जनालाई जागिर दिने, क्षतिपूर्ति नियमानुसार दिलाउन पहल गर्ने भनिए पनि कृया खर्चसमेतको कुरा नलेखिनुले त्यो उधारो सहमति गरिएको र भोलिका दिनमा त्यसको कार्यान्वयनमा विलम्ब हुने प्रशस्त सम्भावना देखिन्छ । अर्कोतिर प्रजिअको सरुवा भरेभोलि भइरहेको स्थिति छ । अर्को प्रजिअले आएर मृतकका परिवारप्रति न्याय गर्छन् वा गर्लान् ! भनेर सोच्नु उत्तिकै गलत र घातक हुने विगतका यस्तो धेरै घट्नाले पुष्टि गर्ने गरेको जानकारहरू बताउँछन् ।
जिल्लाबासीहरूको सोझोपनको फाइदा उठाएर विद्युत परियोजनावालाहरूले मनपरी गर्ने गरेको जानकारहरू बताउँछन् । यो घट्नालाई त्यस्तो लापरवाहीपूर्ण हेपाहा व्यवहार (प्रवृत्ती)ले पराकाष्टा नाघेको रुपमा लिइएको छ ।
पीडितपक्षको सोझोपनको फाइदा उठाउँदै उधारो सहमति गरी पीडित परिवारजनलाई शव बुझाउने प्रयास भएको सम्झौताका बुँदामा उल्लेखित शब्दावलीले समेत पुष्टि गरेको छ । प्राधिकरणबाट हुने गरेका यस्ता लापरवाहीपूर्ण घट्नाप्रति संवेदनशीलता तथा गैरजिम्मेवारपन प्रति पश्चाताप गरेको अनुभूतिको संकेतसम्म पनि सहमति पत्रमा उल्लेख भएको देखिदैन । जसका कारण सर्वसाधारण सधैं पिल्सिन बाध्य छन् र त्यो क्रम रोकिने कहिले ?
प्रशारण लाइनको गम्भिर लापर्वाहीका कारण करेन्ट लागेर कार्तिक १३ गते निधन भएकी बेसीशहर– २ गैरी निवासी ६२ बर्षीया गीता पराजुलीको परिवार र सम्बन्धित निकाय बीच जिल्ला प्रशासन कार्यालय लमजुङका कार्तिक १४ गते पाँच बुँदे सहमती भएको छ । पराजुलीको शव उहाँको छोराहरू विदेशबाट आएपछि कार्तिक १५ गते अन्तिम संस्कार गरिने भएको छ ।
मृतक गीतका श्रीमान्, दुई छोरा, एक छोरी तथा दुई नातिनी र एक नाति छन् ।
स्मरणीय छ, यसअघि, यस्तै लापरवाहीका कारणले बेसीशहर नगरपालिका– ८ को कर्पुरेश्वर मन्दिर छेउमा एक ११ वर्षका तामाङ बालकले देब्रे हात नै गुमाउन पुगेका छन् भने उनको शरीरको देब्रो भाग टोउकोदेखि पैतालासम्म जलेको छ । तर ती बालकको पक्षमा बोलिदिने व्यक्ति नभएका कारणले उनको उपचारसम्म पनि विद्युत प्राधिकिरणले राम्रोसँग नगरेको पाइएको छ ।

प्रकाशित मिति २०८१ कार्तिक १४, बुधबार २२:०१ गते
हजुरको प्रतिक्रिया