प्याब्सन स्पोर्टस् मिट २०८१ चार दिवसीय प्रतियोगितामा १७ विद्यालयका एक हजार वढी विद्यार्थी सहभागी

प्याब्सन स्पोर्टस् मिट २०८१ चार दिवसीय प्रतियोगितामा १७ विद्यालयका एक हजार वढी विद्यार्थी सहभागी

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ कार्तिक १५ गते बिहिबार ०७:५२

प्रतियोगिताका विजयी विद्यालय एवम् विद्यार्थीलाई विगतका वर्षझैं प्याव्सन दिवसको दिन आउँदो पुस २४ गते पुरस्कार वितरण गरिने प्याब्सन लमजुङले जनाएको छ ।

हालसम्मको नतिजा अनुसार हिमचुली, युनिभरसल र भूपू सैनिक आमावि बेसीशहर क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् ।

बेसीशहर– प्याब्सन लमजुङको आयोजनामा हरेक वर्ष हुने स्पोर्टस् मिट २०८१ सम्पन्न भएको छ । चारदिवसीय रुपमा सञ्चालन भएको सो प्रतियोगिताको हालसम्मको नजिता अनुसार हिमचुली, युनिभरसल र भूपू सैनिक आमावि बेसीशहर क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् ।
यो वर्ष बेसीशहर र सुन्दरबजारमा ती खेल सञ्चालन गरिएका थिए । प्रतियोगिताको अन्तिम दिन फुटबल, भलिबल, बास्केटबल, व्याडमिन्टन र टेबलटेनिस खेल सम्पन्न भएका हुन् । सहजी खेल मैदानमा भएको निजी विद्यालयस्तरीय छात्र फुलबल प्रतियोगितामा युनिभर्सल एकेडेमी बेसीशहर प्रथम, अर्थली प्याराडाइज बेसीशहर द्वितीय र पश्चिमभूमि मध्येनेपाल तृतीय भएका थिए ।
भलिबल प्रतियोगितामा छात्रतर्फ हिमाली आमावि प्रथम, हिमचुली खुदी द्वितीय र ग्रिनभ्याली भोर्लेटार तृतीय भएको छ । छात्रातर्फ भूपू सैनिक बेसीशहर प्रथम, हिमचुली द्वितीय र युनिभर्सल एकेडेमी तृतीय भए । बास्केटबल प्रतियोगितामा छात्रतर्फ भूपू बेसीशहर प्रथम, भूपू सैनिक भोटेओडार द्वितीय द्वितीय र विद्यालयविकास मावि बेसीशहर तृतीय भए । छात्रा बास्केटबलमा ल्याण्डस्टार बेसीशहर प्रथम, अर्थली बेसीशहर द्वितीय र विद्याविकास मावि तृतीय भएका हुन् ।
त्यस्तै, व्याडमिन्टन प्रतियोगितामा छात्रतर्फ युनिभर्सल एकेडेमी प्रथम, बुद्ध मेमोरियल द्वितीय र हिमचुली खुदी तृतीय भए । सोही खेलको छात्रातर्फ विद्याविकास मावि प्रथम, युनिभर्सल द्वितीय र हिमचुली तृतीय भए । टेबलटेनिस प्रतियोगितामा छात्रातर्फ भूपू बेसीशहर प्रथम, युनिभर्सल एकेडेमी द्वितीय र बुद्ध मेमोरियल तृतीय भएको छन् । सोही खेलको छात्रतर्फ हिमचुली प्रथम, भूपू भोटेओडार द्वितीय र अथली बेसीशहर तृतीय भए ।
यसवर्ष कार्तिक १० गतेदेखि १३ गतेसम्म सञ्चालन भएको भएको स्पोर्टस् मिट २०८१ अन्र्तगत छात्रछात्रा दुवै तर्फ १५ सय मिटर दौड, एक सय मिटिर, २ सय र ४ सय मिटर दौड, रिले दौड, लङजम्प, हाइजम्प, त्रिपलजम्प, गणित दौड, भलिबल, फुबवल लगायतका विभिन्न विधाका खेलको प्रतियोगिता गरिएको हो ।
प्रतियोगितामा जिल्लाका ३० वटा निजी विद्यालयमध्ये १७ विद्यालयका एक हजार वढी विद्यार्थीले भाग लिएको प्याव्सनका सचिव विमल अधिकारीले बताउनुभयो । उहाँका अनुसार आगामी २३ गते कराते प्रतियोगिता, ३० गते हाजिरजवाफ र पुस २४ गते नृत्य प्रतियोगिता हुनेछ । उहाँले भन्नुभयो, ‘हालसम्मको नतिजा अनुसार १११ अंकका साथ हिमचुली आमावि खुदी पहिलो, युनिभरसल एकेडेमी बेसीशहर १०५ अंकका साथ दोस्रो र भूपू सैनिक आमावि बेसीशहर १०३ अंकका साथ क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् ।’
प्रतियोगिताका विजयी विद्यालय एवम् विद्यार्थीलाई विगतका वर्षझैं प्याव्सन दिवसको दिन आउँदो पुस २४ गते पुरस्कार वितरण गरिने भएको प्याब्सन लमजुङका अध्यक्ष मेन घलेले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति २०८१ कार्तिक १५, बिहीबार ०७:५२ गते
हजुरको प्रतिक्रिया