नेपाली विभूति शंखधर साख्वाले नेपाललाई ऋण मोचन गरी नेपाल संवत्को थालनी गरेको सम्झनामा उक्त कार्यक्रम आजके दिन हरेक वर्ष गर्ने गरिन्छ ।
र्यालीमा नेवारी संस्कृति झल्कने विभिन्न झाँकी समेत प्रदर्शन गरिएको थियो ।
लमजुङ– जिल्ला सदरमुकाम बेसीशहरमा शंखधर साख्वाको सम्झनामा नेपाल संवत् ११४५ को पावन अवसरमा र्याली, प्रवचनका साथमा शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको छ । बेसीशहर नेवाः दबुको आयोजना एवम् गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेललेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम गरिएको हो ।
सो अवसरमा निकालिएको र्याली मनाङ चौताराबाट सुरु भएर त्रिवेणी टोल, भीमसेनास्थान टोल, नारायणस्थान हुँदै सेरा चौतार र फर्किएर प्रशासन चोक हुँदै लमजुङ उद्योग वाणिज्य संघको सभाहलमा भएर प्रवचन समारोहमा परिणत भएको थियो । र्यालीमा नेवारी संस्कृति झल्कने विभिन्न झाँकी समेत प्रदर्शन गरिएको थियो ।
नेपाली विभूति शंखधर साख्वाले नेपाललाई ऋण मोचन गरी नेपाल संवत्को थालनी गरेको सम्झनामा उक्त कार्यक्रम आजके दिन हरेक वर्ष गर्ने गरिन्छ ।
बेसीशहर नेवाः दबुका अध्यक्ष बालचन्द्र श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन नेवाः दबुका सचिव विमल श्रेष्ठले गर्नु भएको थियो । गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेललेको सम्मान समेत गरिएको उक्त कार्यक्रमको फोटो फिचर :
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..