अझै पक्राउ परिनन् ललितपुरको भैंसेपाटी प्रभागकी प्रमुख निलम्बित इन्स्पेक्टर बिनु शाही

अझै पक्राउ परिनन् ललितपुरको भैंसेपाटी प्रभागकी प्रमुख निलम्बित इन्स्पेक्टर बिनु शाही

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ कार्तिक १८ गते आईतबार ०७:२३

उनकै सहयोगीहरू सहायक हवलदारसहित चारजना थुनामा छन् । पक्राउ पर्नेमा सुष्मा बिक र इटहरी घर भएका ताज मुल इस्लाम, भिमादेवी थापा र सहायक हवलदार महेन्द्र हमाल रहेको पनि प्रहरीले जानकारी दिएको छ ।

हनी ट्र्याप घुस प्रकरणः अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरी निरीक्षक शाही फरार भएकी हुन् ।

काठमाडौँ– हनी ट्र्याप घुस प्रकरणमा अनुसन्धानमा तानिएसँगै फरार रहेकी भैँसेपाटीमा कार्यरत प्रहरी निरीक्षक बिनु शाही अझैसम्म पक्राउ परेकी छैनन् । अदालतले पक्राउ पुर्जी दिएको झण्डै १ महिना पुगिसक्दा पनि ललितपुरको भैंसेपाटी प्रभागकी प्रमुख रहेकी शाहीलाई प्रहरीले अर्थात कार्तिक १७ गते साँझसम्म पक्राउ गर्न नसकेको हो ।

उनले घरजग्गा कारोबारीलाई बलात्कार मुद्दामा फसाउँछु भन्दै धम्की दिने गरेको खुल्न आएको छ । ललितपुर प्रहरी स्रोतका अनुसार उनी हाल सम्पर्कमा छैनन् । जिल्ला अदालत ललितपुरले भैंसेपाटीमा घरजग्गा कारोबारीलाई हनीट्र्यापमा पारेर रकम असुलेको घटनाबारे अनुसन्धान गर्न उनलाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो । अदालतले अनुमित दिएसँगै उनी फरार भएकी हुन् । ललिपुर प्रहरी स्रोतका अनुसार उनीमाथि अनुसन्धान भइरहेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले गत असोज १० गते शाहीलाई जिम्मेवारीबाट हटाएर छानबिन अघि बढाएको थियो ।
ललितपुरको सानागाउँमा घरजग्गा कारोबारीबाट ३० लाख रुपैयाँ असुलेको घटनामा प्रहरी प्रभाग भैंसेपाटीकी इन्स्पेक्टर बिनु शाही पनि मिलेको ती व्यवसायीले आरोप लगाएका छन् । गृह मन्त्रालयले प्रहरी निरीक्षक बिनुकुमारी शाहीलाई गत असोज १८ गते निलम्बन गरेको हो ।
व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा उनकै सहयोगीहरू सहायक हवलदारसहित चारजना थुनामा छन् । पक्राउ पर्नेमा सुष्मा बिक र इटहरी घर भएका ताज मुल इस्लाम, भिमादेवी थापा र सहायक हवलदार महेन्द्र हमाल रहेको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति २०८१ कार्तिक १८, आईतवार ०७:२३ गते
हजुरको प्रतिक्रिया