इरानमा विश्वविद्यालयकी एक छात्राको किन गरिन् नग्न प्रदर्शन ?

इरानमा विश्वविद्यालयकी एक छात्राको किन गरिन् नग्न प्रदर्शन ?

एजेन्सी

@antaranganews

२०८१ कार्तिक १९ गते सोमबार ०८:२८

विश्वविद्यालयका प्रवक्ता अमिर महजोबले एक्समा पोस्ट गर्दै विद्यार्थीको अवस्था मानसिक रूपमा राम्रो नभएको बताएका छन् । उनले यौनअंगबाहेकका सबै लुगा खोलेकी थिइन् ।

यस्तो अवस्थामा विद्यार्थीको कदमलाई इरानको सत्ताविरुद्ध आवाज उठाइएको रूपमा हेरिएको छ ।

तेहरान(इरान)– इरानको राजधानी तेहरानमा विश्वविद्यालयकी एक छात्राले नग्न प्रदर्शन गरेकी छन् । त्यो घटना तेहरानको आजाद विश्वविद्यालय अफ साइन्स एन्ड रिसर्चमा कार्तिक १७ गते भएको हो । ती छात्रा नग्न अवस्थामा घुमेको घटना अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा भाइरल भएको छ ।
विश्वविद्यालयकी ती छात्राले यौन उत्पीडनको विरोध गर्दै कपडा फुकालेको रोयटर्सले आफ्नो समाचारमा जनाएको छ । रोयटर्सका अनुसार, नग्न घुमेको केही समयपछि इरानी प्रहरीले ती विद्यार्थीलाई हिरासतमा लिएको थियो । यस्तो अवस्थामा विद्यार्थीको कदमलाई इरानको सत्ताविरुद्ध आवाज उठाइएको रूपमा हेरिएको छ । सो घट्नाको बीबीसीले समेत प्ुष्टि गरेको छ ।
ती छात्रालाई हिरासतमा राखेर कुटपिट पनि गरिएको इरानी न्युजलेटर अमिर कबीरले आफ्नो समाचारमा उल्लेख गरेको छ । सामाजिक सञ्जालमा सो घटनाको भिडियो भाइरल भइरहेको छ । भिडियोमा विद्यार्थी विश्वविद्यालय वरिपरि घुमिरहेको देख्न सकिन्छ ।
विश्वविद्यालयका प्रवक्ता अमिर महजोबले एक्समा पोस्ट गर्दै विद्यार्थीको अवस्था मानसिक रूपमा राम्रो नभएको बताएका छन् । उनले यौनअंगबाहेकका सबै लुगा खोलेकी थिइन् ।
इरानमा महिलाको पहिरनमा कडा ड्रेस कोड लागु गरिएको छ । यस अनुसार, सार्वजनिक स्थानमा महिलाले हिजाब लगाउन अनिवार्य गरिएको छ ।
२०२२ मा पनि हिजाब विरोधी प्रदर्शन :
सन् २०२२ मा इरानको कुर्दिस्तान प्रान्तकी २२ वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएको थियो । अमिनीलाई इरानको नैतिकता प्रहरीले हिजाब राम्रोसँग नलगाएको भन्दै पक्राउ गरेको थियो ।
पक्राउपछि हिरासत केन्द्रमा लैजाँदा नैतिकता प्रहरीले अमिनीको लुगा च्यातेर कुटपिट गरेको थियो । उपचारका क्रममा अस्पतालमा अमिनीको मृत्यु भएको थियो । मृत्युपछि कुर्दिस्तानदेखि तेहरानसम्म नैतिकता प्रहरीविरुद्ध प्रदर्शन भएको थियो ।
अमिनीको अन्त्येष्टिमा ठूलो संख्यामा मानिसहरूको उपस्थिति थियो । अन्त्येष्टिमा सहभागी महिलाले हिजाब फुकालेर विरोध गरेका थिए । हिजाबको विरोधमा धेरै महिलाहरूले आफ्नो कपाल पनि काटेका थिए ।
सो आन्दोलनका क्रममा ५५१ जनाको मृत्यु भएको थियो । हजारौँलाई गिरफ्तार गरिएको थियो भने कयौं घाइते भएका थिए ।
झन्डै तीन महिना चलेको आन्दोलन इरान सरकारले नैतिक प्रहरीलाई खारेज गर्ने निर्णय गरेपछि मात्र रोकिएको थियो ।
इरानमा महिलाका लागि कडा ड्रेस कोड(हिजाब) लागू गरिएको छ । त्यहाँको सरकारले सार्वजनिक स्थानमा महिलाले गरेको हिजाब लगाउन अनिवार्य गरेको छ ।

प्रकाशित मिति २०८१ कार्तिक १९, सोमबार ०८:२८ गते
हजुरको प्रतिक्रिया