चाडबाडको बेलामा मनपरी भाडा असुल्ने सबवालाहरूको परम्परागत बानीमा सुधार कहिले ?

चाडबाडको बेलामा मनपरी भाडा असुल्ने सबवालाहरूको परम्परागत बानीमा सुधार कहिले ?

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ कार्तिक १९ गते सोमबार ०६:१२

बेसीशहर– काठमाडौको माइक्रो बस भाडा हाल ७२० हो । ३, ४ वर्ष अघिसम्म माइक्रो बस भाडा पाँच सय हुँदा ठूला बसमा भाडा माइक्रोभन्दा ८० रुपैयाँ कम थियो तर एले भने माइक्रो र ठूलो बसले समेत बराबर भाडा असुल्ने गरेका छन् । यसतर्फ पनि प्रशासनको ध्यान पुग्न सकेको देखिदैन भुक्तभोगी यात्रुहरू बताउँछन् ।

आज पनि त्यस्तै यौटा काठमाडौंबाट छुटेको ०३९९ नंबर भएको बसको सिकायत आएको छ । हिजोको ग १ ख ७२७१ नम्बरको बस दुबैलाई भोलि कारवाही गर्ने गरी कागजात लिने भएको पाउँदी प्रहरीको प्रतिवद्धता छ ।

बेसीशहर– लमजुङको बस भाडा मुलुकभरकै महंगो भन्ने त मध्यन्हको घाम जत्तिकै छर्लङ्ग भएको विषय हो । त्यसमा पनि लमजुङमा चाडबाडको बेलामा यातायात व्यवसायीहरूको बढी एवम् मनपरी भाडा असुल्ने आनी बानीमा यो वर्ष पनि सुधार भएको पाइएको छैन । त्यो सुधार कहिले ? भन्ने प्रश्न पनि पेचिलो बन्दै गएको छ । नारायणगढ– बेसीशहरको बसले त्यस्तो कार्य कार्तिक १८ गते गरेको जानकारी हामीलाई प्राप्त भएको छ भने कार्तिक १९ गते पनि काठमाडौंबाट बेसीशहर आउँदै गरेको बसले बढी भाडा लिएको जानकारीमा आएको छ ।
हिजो कार्तिक १८ गते दिनको ३ः४५ तिर नारायणगढबाट बेसीशहरका लागि ग १ ख ७२७१ नम्बरको बस छुटेको थियो । काउन्टरमा टिकट काट्न जादा बसमै गएर काट्नोस भन्ने जवाफ दिइयो सिटमा बस्न जाने यात्रु मध्ये म अन्तिम यात्रु थिएँ । बायाँ साइडको ७÷८ नम्बरमा एक सिट खाली रहेछ बस्न पाएँ । बस गुडेको करिब ३० मिनेट पछि कन्डेक्टर भाडा उठाउँदै मेरो सिटमा आएँ । पाउँदीमा ओर्लने मसँग पाँच सयको नोट मात्रै थियो, त्यो दिएँ । पैसा फिर्ता माग्दा ‘आज एक सय सबैसँग बढी लिएको छु’ भन्दै फिर्ता दिएनन् । हिजो यहाँ आउँदा भने चार सय लिएका थिए । पाउँदीबाट नारायणगढ भन्दा अरु सँग पनि सिध्नोस सबैसँग भाडा बढी लिएको छु कन्डक्टरले भने । अरु यात्रुले पनि बढी तिरेको स्विकार्नु भयो पाउँदी निवासी साहित्यकार एवम् समाजसेवी लक्ष्मीप्रसाद मिश्रले बताउनु भएको हो ।
उहाँका अनुसार बसको ढोकाबाट छिर्दै गर्दा ‘भाडा बढिलिन्छौंं, किच्किच गर्न पाइन्न’ भन्दै यात्रु चढाएको समेत बुझेँ । डुम्रेसम्मको भाडा चार सय र पाउँदीको भाडा पाँच सय र बेसीशहरको ६÷७ सय लिएको हुनु पर्छ । मलाई एक सय फिर्ता दिनु भए दिनु नत्र म प्रहरीलाई जानकारी गराउँछु भन्दा पनि फिर्ता नदिए पछि मैले पाउँदी चौकिमा गाडी नम्बर सहित मोबायलबाट कण्डक्टर र यात्रुको रोहबरमा लाउडस्पिकर लगाउँदै प्रतिबाद गरेँ उहाँ भन्नुहुन्छ ।
पाउँदीमा आउदा प्रहरीकोमा त्यो बस दर्ता पनि गरेनन् । पाउँदीका यात्रु ओराली बस बेसीशहर तिर लाग्यो । पाउँदीमा रहेका प्रहरीले उक्त बसलाई कार्बाही त के कुरा सोधपुछ समेत गरेनन् । र पाउँदीको चौकीमा गएर पुनः गाडी नम्बर र फोटो सहित देखाउँदा पनि कारवाहीको प्रयास गरिएन । ‘हामीलाई थाहा थिएन’ भन्ने जवाफ दिएँ मिश्रले भन्नुभयो । उहाँका अनुसार मैले जुन नम्बरमा प्रहरीलाई सिकायत गरेको थिएँ, कल गर्दा बसै गैसकेछ कार्बाही गर्न भ्याइएन भन्ने जवाफ पाँए । ‘यस्तो अनियमितता रोक्ने काम त तपाईको हो नि !’ भन्दा भोलि फर्किदा रोकेर कार्बाही गर्छु भनियो । भोलिपल्ट पनि यो समाचार तयार गर्दासम्म कुनै कारवाही गरिएको पाइएको छैन ।
यसैगरी, बेसीशहर– काठमाडौको माइक्रो बस भाडा हाल ७२० हो । ३, ४ वर्ष अघिसम्म माइक्रो बस भाडा पाँच सय हुँदा ठूला बसमा भाडा माइक्रोभन्दा ८० रुपैयाँ कम थियो तर एले भने माइक्रो र ठूलो बसले समेत बराबर भाडा असुल्ने गरेका छन् । यसतर्फ पनि प्रशासनको ध्यान पुग्न सकेको देखिदैन भुक्तभोगी यात्रुहरू बताउँछन् ।
पाउँदी, तुरतुरे जहाँबाट चढ्दा पनि बेसीशहरकै भाडा अधिकांंस बसले लिने गरेका छन् यसको लागि सम्बन्धित जिम्मेवार निकाएको ध्यान जाओस तपाईको सञ्चारमाध्यममार्फत जानकारी गर्दछु पाउँदी निवासी समाजसेवी लक्ष्मीप्रसाद मिश्रले बताउनु भयो । उहाँका अनुसार मैले किन एक सय बढी भाडा तिर्ने ? भन्दा केही मानिसले बसको पक्षमा बोल्दै उल्टो कि तपाई नजानु भन्ने कोही तपाईको सय रुपैयाँ हामी तिरिदिन्छौं भन्नेसमेत फेला परे । उहाँले भन्नुभयो, ‘मैले सय रुपैयाँ तिर्न नसकेर दिन्न भनेको हैन, आम सर्वसाधारणको हितमा र नियम अनुसार सबै चल्नु पर्ने कुरा गरेको हुँ भने त्यसपछि धेरै यात्रुले मेरो समर्थन गरे तर बसवालाले सय रुपैयाँ बढी लिएरै छाड्यो ।’
बसहरूमा अनिवार्य रुपमा सबैले देख्ने गरी भाडा दर टाँस गर्नु पर्ने भन्ने नियम छ र यस्तो प्रशासनबाट समेत पटक पटक आदेश हुने गरेको छ । तर भाडा दर पनि नटासेको पाइयो । यदि बस भाडा बढी लिए तथा भाडा दर नोटिस छैन भने प्रहरीमा सिकायत गर्नु भन्ने विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल वा सम्बन्धित निकायका बैठकमा समेत निर्णय भएको जानकारी पाएको थिएँ तर कार्यान्वयन भने भएको देखिएन मिश्रको भनाइ छ ।
स्मरणीय छ, तिहारको पहिलो दिनमा १० बजे बसपार्कमा आउँदा कुनै पनि माइक्रो थिएनन् । भएका पनि ग्यारेजमा छन्, आउँछन् भनियो । त्यो बीचमा एउटा टुरिष्ट बसलाई भनिदिएको छु, एक हजारमा लग्छ माइक्रोले पनि लिने त्यही हो काउन्टरका भाइले भने । आजदेखि फ्रि क्यू भएको हुँदा हामीले बोल्न मिल्दैन उनको भनाई थियो । त्यो टुरिष्ट बस एसी सहित रहेको काठमाडौंको एक ट्रेकिङ अफिसको रहेछ त्यो बस । त्यो बस त फर्केर फेरि काठमाडों फर्केर जानु पर्यो । त्यो दिन उक्त पर्यटक बसमा यात्रा गर्नेमा यो पंक्तिकारका अतिरिक्त बेसीशहर निवासी साहित्यकार बेन सुयलसमेत हुनुहुन्थ्यो । यहाँ जिल्लाबासीका लागि सेवा दिएका छौं, त्यो दिनका लागि बसेका हौं भन्ने दावी गर्ने बसव्यवसायीहरू एकतर्फी भाडा एक हजार असुल्ने । टुरिष्ट बसले फर्केर जानका लागि समेत जम्मा एक हजार लिने ? यसबाट लमजुङका यातायात व्यवसायीले के कति ठग्ने गरेका छन् ? भन्ने थप प्रमाण खोज्नु परोइन ।

प्रकाशित मिति २०८१ कार्तिक १९, सोमबार १८:१२ गते
हजुरको प्रतिक्रिया