वासिङटन डिसी– सन् २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचन डोनाल्ड ट्रम्पले जितेका छन् । पूर्व राष्ट्रपतिसमेत रहेका उनले २७० इलेक्ट्रोल कलेज पार गर्दै निर्वाचन जितेका हुन् ।
अमेरिकामा राष्ट्रपतिको निर्वाचन जित्न २७० इलेक्ट्रोल कलेज चाहिन्छ । अमेरिकी समाचार संस्था सिएनएनका अनुसार रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले २७६ इलेक्ट्रोल कलेज जितिसकेका छन् ।
यता डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले २१९ इलेक्ट्रोल कलेज जितेकी छन्। उनी अहिलेकी उपराष्ट्रपति समेत हुन् ।
पपुलर मतमा पनि ट्रम्प नै अगाडि देखिएका छन् । ट्रम्पले ७ करोड ८ लाख ७७ हजार ४८४ मत प्राप्त गर्दा ह्यारिसले ६ करोड ५८ लाख १२ हजार ७५९ मत प्राप्त गरेको बताइन्छ ।
१३२ वर्षपछि नयाँ रेकर्ड :
डोनाल्ड ट्रम्पले अमेरिकी इतिहासमा १३२ वर्षपछि पहिलो प्रयासमा राष्ट्रपति बनेर दोस्रो निर्वाचन हार्दै तेस्रो प्रयासमा फेरि राष्ट्रपति निर्वाचित हुँदैछन् ।
सन् २०१६ मा हिलारी क्लिन्टनलाई हराएर पहिलो कार्यकालका लागि ४५ औं राष्ट्रपति बनेका थिए। तर सन् २०२०मा डेमोक्र्याटिक पार्टीका जो बाइडेनले उनलाई पराजित गरेका थिए । ट्रम्पले यसअघि पनि महिला उम्मेदवार हिलारी क्लिन्टनलाई हराएका थिए । यसपटक कमला ह्यारिसलाई पराजित गरेका छन् ।
राष्ट्रपति निर्वाचनमा एकपटक पराजित भएपछि प्रायः ती राजनीतिज्ञले अर्को पटक उम्मेदवार बन्ने प्रयास गर्दैनन् । त्यस्तो प्रयास गर्ने राजनीतिज्ञले पार्टी भित्रकै चुनाव जित्ने सम्भावना कम हुन्छ । तर रिपब्लिकन पार्टीमा डोनाल्ड ट्रम्पको जबरजस्त पकड थियो । उनी सजिलैसँग रिपब्लिकन पार्टीमा प्राइमरी निर्वाचन जितेर राष्ट्रपतिमा सो दलको उम्मेदवार बन्न सफल भए ।
यस अघि १३२ वर्ष पहिले सन् १८९२ मा ग्रोभर क्लिभल्यान्डले यस्तो रेकर्ड बनाएका थिए । उनी पहिलो पटक १८८५मा २२ औं राष्ट्रपतिमा निर्वाचित भएका क्लिभल्यान्ड १८८९ मा पराजित भएका थिए । त्यसपछि फेरि १८९३ मा २४ राष्ट्रपतिको रूपमा निर्वाचित भएका थिए ।
विजय कहिले घोषणा हुन्छ ?
सामान्यतया, अमेरिकामा मतदाताहरूले आफ्नो नयाँ राष्ट्रपतिको नाम चुनावको रात वा भोलिपल्ट बिहान मात्र थाहा पाउनेछन् । तर यस वर्ष केही नतिजा ढिलो आउने सम्भावना छ । किनकि सन् २०२० पछि कैयौं राज्यमा चुनावी प्रक्रियामा परिवर्तन गरिएको छ । जस्तो कि मिसिगन जस्तो ठाउँमा मतगणना तीव्र छ ।
उदाहरणका लागि, २०१६ मा ट्रम्प पहिलो पटक अमेरिकाको राष्ट्रपति बनेपछि चुनावको भोलिपल्ट बिहान ३ बजेसम्म नै उनलाई विजयी घोषणा गरिएको थियो ।
सन् २०१२ मा बाराक ओबामा दोस्रो पटक राष्ट्रपति बन्दा मतदानको दिन मध्यरात अघि उनको जितको अनुमान गरिएको थियो ।
तर सन् २००० मा जर्ज डब्लु बुश र एल्गोर बीचको चुनावमा यस्तो भएन ।
उक्त चुनावमा फ्लोरिडामा दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएको थियो र १२ डिसेम्बरसम्म विजयीको नाम घोषणा गरिएको थिएन । यसपछि अमेरिकी सर्वोच्च अदालतले उक्त राज्यमा पुनः मतगणना रोक्न आदेश दिंदै बुसलाई विजयी घोषणा गरेको थियो ।
सन् २०२० मा कहिले आएको थियो नतिजा ?
सन् २०२० मा राष्ट्रपति चुनाव ३ नोभेम्बरमा भएको थियो तर अमेरिकी टिभी च्यानलहरूले नोभेम्बर ७ को बिहानसम्म जो बाइडेनलाई विजयी घोषणा गरिसकेका थिएनन् । सीएनएनले सबैभन्दा पहिला नतिजा घोषणा गरेको थियो । त्यसको १५ मिनेट पछि बाँकी च्यानलहरूले बाइडेनलाई राष्ट्रपति घोषणा गरेका थिए ।
मतदानको राति ट्रम्प समर्थकलाई जितको विश्वास थियो । यद्यपि दुवै उम्मेदवारले जितका लागि आवश्यक २० इलेक्टोरल भोट पाउने सम्भावना थियो ।
त्यतिबेला धेरैजसो राज्यले २४ घन्टाभित्र नतिजा घोषणा गरेका थिए । तर पेन्सिलभेनिया र नेवाडा जस्ता प्रमुख राज्यमा नतिजा घोषणामा ढिलाइ भएको थियो । पेन्सिल्भेनिया आफ्नो १९ इलेक्टोरल भोटका साथ डेमोक्रेटिक पार्टीतर्फ झुकेको देखिएको थियो ।
योसँगै ७ नोभेम्बरको बिहान भएको मतगणनाले टीभी च्यानलहरूलाई बाइडेनले जित्ने विश्वास दिलाएको थियो ।
नयाँ राष्ट्रपतिले कहिले सम्हाल्छन् जिम्मेवारी ?
नयाँ राष्ट्रपतिको सपथ ग्रहण समारोह जनवरी २०, २०२५ मा यूएस क्यापिटल कम्प्लेक्सको मैदानमा हुनेछ ।
अमेरिकाको इतिहासमा यो ६०औँ राष्ट्रपतिको सपथ ग्रहण समारोह हुनेछ । उक्त समारोहमा नयाँ राष्ट्रपतिले अमेरिकी संविधानलाई कायम राख्ने सपथ लिनेछन् र त्यसपछि देशका जनतालाई सम्बोधन गर्नेछन् ।
अमेरिकी राष्ट्रपति चुनाव किन हारिन् कमला ह्यारिसले :
अमेरिकी राष्ट्रपति चुनावमा कमला ह्यारिसले हार्नुका केही प्रमुख कारणहरू हुन सक्छन् । जस्तै :
१. कम लोकप्रियता र समर्थनको कमी :
कमला ह्यारिसलाई अमेरिकामा एकदम लोकप्रियता पाउन कठिन भएको देखिन्छ। उनले उपराष्ट्रपति हुँदा अपेक्षित रूपमा ठूलो समर्थन बटुल्न सकिनन्। उनले सामना गरेका केही मुद्दा र निर्णयहरूले समर्थन घटाएको हुन सक्छ ।
२. व्यक्तिगत र प्रशासनिक आलोचना :
ह्यारिसले उपराष्ट्रपतिका रूपमा आफ्नो भूमिकामा आलोचना सामना गर्नुपर्यो। आप्रवासन र सीमासम्बन्धी मुद्दाहरू, अफगानिस्तानबाट फिर्ता लिने निर्णय, र अर्थतन्त्रसम्बन्धी चुनौतीहरूमा उनलाई कडा आलोचना गरिएको थियो । यसले उनको छवि कमजोर बनाएको हुन सक्छ ।
३. प्रतिद्वन्द्वीको बलियो प्रचार र रणनीति :
राष्ट्रपति चुनावमा उनका प्रतिस्पर्धीहरू बलिया र प्रभावशाली प्रचार अभियानसहित उपस्थित हुन सक्छन्। प्रतिस्पर्धीहरूले आफ्नो सशक्त अभियान र स्पष्ट सन्देशका कारण जनतालाई आकर्षित गर्न सक्छन्, जसले गर्दा ह्यारिसलाई चुनौती थपिएको हुन सक्छ।
४. अमेरिकी मतदाताहरूको अपेक्षामा असन्तुलन:
धेरै अमेरिकी मतदाताहरू परिवर्तन र नयाँ नेतृत्व खोजिरहेका हुन्छन्। ह्यारिसलाई अहिलेको प्रशासनको हिस्साका रूपमा लिइएकोले, यदि मानिसहरू परिवर्तन चाहन्छन् भने उनलाई समर्थन गर्न सम्भवतः कठिनाइ भएको हुन सक्छ।
५. व्यक्तिगत र पार्टीभित्रको विभाजन :
डेमोक्र्याटिक पार्टीभित्रको विभाजन र आपसी सहमति अभावले पनि उनीमाथि असर परेको हुन सक्छ। यदि पार्टीभित्र नै उनको समर्थन कम भएकोले यो चुनावमा ठूलो घाटा हुने सम्भावना छ।
कमला ह्यारिसको हारका सम्भावित कारणहरूको मात्र एउटा अनुमान हो। वास्तविक परिणामका कारणहरू चुनावको विश्लेषण, मतदाताको प्रवृत्ति, र समकालीन राजनीतिक घटनाहरूको आधारमा फरक हुन सक्छ ।
प्रकाशित मिति २०८१ कार्तिक २२, बिहीबार ०८:२९ गते