रास्वपाद्वारा स्थानीय तह उपनिर्वाचनमा जुट्यो : उम्मेदवारी आह्वान

रास्वपाद्वारा स्थानीय तह उपनिर्वाचनमा जुट्यो : उम्मेदवारी आह्वान

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ कार्तिक २२ गते बिहिबार ०८:३३

रास्वपा निर्माणको चरणमा रहेको र कतिपय स्थानमा पार्टीको सांगठनिक स्वरुप बनिनसकेका कारणले गर्दा ‘प्राइमरी इलेक्सन’का लागि उम्मेदवारी आह्वान गर्नु परेको हो । तर पार्टीको महाधिवेशन पछि भने ‘प्राइमरी इलेक्सन’का लागि आन्तरिक प्रतिस्पर्धामात्र हुने बताइएको छ ।

मुलुकका सात वटा प्रदेशमा सात नेतालाई जिम्मेवारी तोकियो ।

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिने भएको छ । त्यसका लागि उम्मेदवारी आह्वान गरेको छ । रास्वपा उपनिवोचनका लागि उम्मेदवार छान्न ‘प्राइमरी इलेक्सन’को कार्यतालिका कार्तिक २२ गते सार्वजनिक गरेको हो ।
सो दलको केन्द्रीय निर्वाचन संयोजन समितिले स्थानीय तहमा उम्मेदवारी दिने उम्मेदवार चयन गर्न प्रारम्भिक निर्वाचनको तयारीका लागि उम्मेदवारी आह्वान गरेको जनाएको छ । स्थानीय तहको चुनावमा रास्वपा पहिलो पटक सहभागी हुन लागेको हो ।
घोषित निर्वाचन कार्यतालिका अनुसार कार्तिक २२ देखि २५ गते दिउँसो दुई बजेसम्म उम्मेदवारी दर्ता हुने छ । अन्तिम दिन बेलुकी ८ बजेसम्म प्रारम्भिक उम्मेदवारहरूको नामावली प्रकाशन, कार्तिक २६ गते अपराह्न पाँच बजेसम्म दाबीविरोध र २७ गते उम्मेदवारका आकांक्षीहरूसँग छलफल गर्ने छ । २८ गते बेलुकी ७ बजेसम्म मतदानको समय तोकिएको छ । कार्तिक २९ गते नतिजा प्रकाशन हुनेछ ।
स्थानीय तह उपनिर्वाचनका लागि आउँदो मंसिर १६ गते उपनिर्वाचन हुने तालिका सार्वजनिक भइसकेको छ ।
सात नेतालाई सात प्रदेशको जिम्मेवारी :
यसैबीच, उपनिर्वाचनका लागि सातै प्रदेशमा नेताहरूलाई जिम्मेवारी तोकेको छ । केन्द्रीय निर्वाचन संयोजन समिति बैठले निर्वाचन परिचालनका लागि पार्टीका विभिन्न तहका नेताहरूलाई जिम्मेवारी तोक्ने काम गरेको हो । केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक पार्टीका केन्द्रीय सदस्य एवम् सांसद गणेश पराजुली हुनुहुन्छ ।
कोशी प्रदेशमा केन्द्रीय सदस्य तथा सांसद निशा डाँगी, मधेश प्रदेशमा केन्द्रीय सदस्य तथा सांसद डा. चन्दा कार्की, बागमतीमा केन्द्रीय सदस्य तथा सांसद शिशिर खनाल र गण्डकीमा केन्द्रीय सदस्य तथा सांसद विन्दवासिनी कांसकार, लुम्बिनी केन्द्रीय सदस्य कुसुम महर्जन, कर्णालीमा कोषाध्यक्ष लागि लिमा अधिकारी र सुदूरपश्चिम केन्द्रीय सदस्य विष्णुकुमार श्रेष्ठलाई बैठकले जिम्मेवारी दिइएको हो ।
रास्वपा उपनिर्वाचनका लागि उम्मेदवार छान्न ‘प्राइमरी इलेक्सन’को कार्यतालिका सार्वजनिक गरेको छ ।
रास्वपा निर्माणको चरणमा रहेको र कतिपय स्थानमा पार्टीको सांगठनिक स्वरुप बनिनसकेका कारणले गर्दा ‘प्राइमरी इलेक्सन’का लागि उम्मेदवारी आह्वान गर्नु परेको हो । तर पार्टीको महाधिवेशन पछि भने ‘प्राइमरी इलेक्सन’का लागि आन्तरिक प्रतिस्पर्धामात्र हुने बताइएको छ ।

प्रकाशित मिति २०८१ कार्तिक २२, बिहीबार २०:३३ गते
हजुरको प्रतिक्रिया