काठमाडौं– वरिष्ठ चलचित्र निर्देशक, गीतकार एवं संस्कृतिविद् चेतन कार्कीको ८६ औं जन्मजयन्ती समारोह विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । चेतन कार्की प्रतिष्ठानले यहाँको अनामनगर स्थित सामाजिक विकास समाजको सभाकक्षमा कार्तिक २२ गते सो कार्यक्रम गरेको हो ।
वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापाको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा प्रतिष्ठान अध्यक्ष चर्चित कलाकार मिथिला शर्माको सभापतित्व ग्रहण गर्नु भएको थियो ।
सो कार्यक्रममा नेपाल चलचित्र विकास बोडका अध्यक्षमा नियुक्त हुनु भएकोमा कलाकार दिनेश डी. सी.लाई माला लगाएर बधाई ज्ञापन गरिएको थियो ।
सो अवसरमा प्रतिष्ठानकी प्रमुख संरक्षक श्रीमती गंगा कार्की, प्रमुख अतिथि भैरवबहादुर थापा, अध्यक्ष मिथिला शर्मा, वरिष्ठ कलाकारहरू मदनदास श्रेष्ठ, नीर शाह, वरिष्ठ इतिहासविद् प्रा. डा. सुरेन्द्र, के. सी., नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी., नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, चर्चित गायक प्रेमराजा महत, वरिष्ठ समालोचक प्रा.डा. गोविन्दमान सिंह कार्की, चेतन कार्की प्रतिष्ठानका उपाध्यक्ष मोहन निरौला, कार्यकारी सदस्य राधेश्याम लेकाली र चेतन कार्कीका नातिनी मदालसाश्री कार्की लगायतले आआफ्नो मन्तव्य राख्दै चेतन कार्कीको व्यक्तित्व, कीर्तित्व एवम् उहाँले नेपाली राष्ट्रियताको पक्षपोषण गर्दै समाजसेवामा पुर्याउनु भएको योगदानका बारेमा प्रकाश पार्ने काम गर्नु भएको थियो ।
प्रतिष्ठानका महासचिव मुरारि सिग्देलले कार्यक्रम संचालन सहजीकरण गर्नु भएको थियो । उहाँका अनुसार सो कार्यक्रममा कार्यक्रममा गायिका रितु कँडेलले चेतन कार्कीको गीत चर्चित गीत ‘कान्छी हे कान्छी’ गीत गाउनु भएको थियो भने चर्चित गायक प्रेमराजा महतले भुँवरी फिल्मको गीत ‘यो मायाको मोहनी आँखा ….. ’ बोलको गीत गाएर कार्यक्रमलाई रोचक बनाउनु भएको थियो ।
उक्त अवसरमा नृत्य निर्देशक वसन्त श्रेष्ठ, कलाकारहरू बसुन्धरा भूषाल, चैत देवी सिंह, आर पी पन्त, मिलन मोक्तान, नरहरि प्रेमी, छत्र ब. गुरुङ, पूर्व सचिव डा. खगराज बराल, साहित्यकारहरू गोपाल थपलिया, श्रीपुरुष ढकाल, रमेशनाथ खनाल, हिरण्यकुमारी पाठक, नरेन्द्रबहादुर श्रेष्ठ, भीम खरेल, नगेन्द्रराज पौडेल, श्रीओम श्रेष्ठ, रामप्रसाद पन्त, सुमन वर्षा, प्रद्युम्न जोशी, विजयध्वज थापा, श्रीबाबु कार्की, दीपा राई पुन, प्रेमप्रसाद भट्टराई, नरेन्द्रबहादुर श्रेष्ठ, यादव भट्टराई, सुबासचन्द्र ढुङ्गेल, रत्नलक्ष्मी श्रेष्ठ, शिव अधिकारी, बेन्जु सरोज, समिना खनाल पृथा, बैरागी जेठा, इन्दिरा ढकाल, राज रजक, सुधा शर्मा, नीरा श्रेष्ठ, गीता अधिकारी, भानुप्रकाश जोशी, जीवनकुमार श्रेष्ठ, कला भट्टराई, एन बी. अन्जान, प्रमोद सारङ, प्रज्वल अधिकारी, इम्तियाज वफा, डा अब्दुल मोबिन खान, डा. गणेश गुरुङ, राम गुरुङ, बद्री गुरुङ लगायतका कलाकार तथा साहित्यकारहरूको सहभागिता रहेको थियो ।
– मुरारि सिग्देलको सहयोगमा ।
प्रकाशित मिति २०८१ कार्तिक २२, बिहीबार २१:०६ गते