शान्तिपूर्ण तवरमा शक्ति हस्तान्तरण गर्छौ : कमला ह्यारिस

शान्तिपूर्ण तवरमा शक्ति हस्तान्तरण गर्छौ : कमला ह्यारिस

एजेन्सी

@antaranganews

२०८१ कार्तिक २३ गते शुक्रबार ०८:४२

उनले भनिन्, ‘त्यस्ता लडाइँ मतपेटिका, अदालत र जनतासामु हुने उनको भनाइ छ । ’लामै समय लड्नुपर्ला, यसको मतलब हामी जित्दैनौं भन्ने होइन । हार नमान्नु महत्वपूर्ण हो ।’

चुनावको नतिजा आफूहरूले चाहेको जस्तो नआएको भन्दै आफ्ना समर्थकहरूलाई निराश नहुन ह्यारिसले आग्रह गरिन् ।

वासिङटन डिसी– अमेरिकी राष्ट्रपति पदका चुनावकी प्रतिद्वन्द्वी डेमोक्रेटिक उम्मेदवार तथा उपराष्ट्रपति कमला ह्यारिसले आफ्नो हार स्विकार गरेकी छिन । यहाँको हावर्ड विश्वविद्यालयमा एक समारोहमा उनले आफूहरूको अभियानमा गर्व र निर्वाचनको नतिजा स्वीकार गरेको बताइन् । आफ्नो भाषणमा ह्यारिसले डेमोर्क्याटका प्रमुख मुद्दाहरू जस्तै, गर्भपतन, बन्दुक हिंसा र समान न्यायलाई प्राथमिकता दिने बताइन् ।
उनले भनिन्, मलाई थाहा छ धेरै मानिसहरूलाई लाग्न सक्छ कि हामी अँध्यारो समयमा प्रवेश गर्दैछौं तर, मलाई आशा छ त्यस्तो हुन पाउने छैन ।
आफूले निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हिजै कुरा गरेको र उनलाई विजयका निम्ति बधाई दिएको स्मरण गर्दै शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न तयार रहेको पनि उनले उल्लेख गरिन् । उनले ह्यारिसले सबै अमेरिकी जनताका लागि राष्ट्रपति बन्न पनि ट्रम्पलाई सुझाब दिएकी छिन ।
उनले आफ्ना समर्थकहरूलाई आफ्नो आदर्शका लागि ‘‘कहिल्यै हार नमान्न’ समेत आश्वासन दिइन । चुनावको नतिजा आफूहरूले चाहेको जस्तो नआएको भन्दै आफ्ना समर्थकहरूलाई निराश नहुन आग्रह गरिन् । यद्यपि लोकतन्त्र, विधिको शासन र स्वतन्त्रताको लडाइँ जारी रहने बताउँदै उनले समर्थक र मतदाताहरूलाई विचलित नहुन अपिल गरिन् । उनले भनिन्, ‘त्यस्ता लडाइँ मतपेटिका, अदालत र जनतासामु हुने उनको भनाइ छ । ’लामै समय लड्नुपर्ला, यसको मतलब हामी जित्दैनौं भन्ने होइन । हार नमान्नु महत्वपूर्ण हो ।’
बहुमतका लागि आवश्यक पर्ने २७० इलेक्टोरल भोटमा ट्रम्पले २९५ मत प्राप्त गरेका छन् । यो पटक ट्रम्प र ह्यारिसबीच कडा टक्कर हुने प्रक्षेपणविपरीत ट्रम्पले राष्ट्रपतिका लागि आवश्यक इलेक्टोरल मत सहज रूपमा प्राप्त गरेका थिए । राष्ट्रपतिका लागि २७० इलेक्टोरल मत आवश्यक रहेकामा ट्रम्पले अहिलेसम्म २९५ इलेक्टोरल मत पाएका छन् । ह्यारिसले २२६ इलेक्टोरल मत पाएकी छन् ।
ह्यारिसले ‘शान्तिपूर्ण शक्ति हस्तान्तरण गर्ने वाचा गरेपछि ट्रम्पले ह्वाइट हाउस फर्कनका लागि आफ्नो टोली चयनको काम सुरु गरेका छन् ।
ट्रम्पको सपथग्रहण जनवरी २० मा हुनेछ ।
यसैबीच राष्ट्रपति जो बाइडनले समेत ट्रम्पलाई फोनमार्फत जितको बधाई दिँदै शान्तिपूर्ण ढंगले सत्ता हस्तान्तरणका लागि आफ्ना प्रतिबद्धता व्यक्त गरेका छन ।

प्रकाशित मिति २०८१ कार्तिक २३, शुक्रबार २०:४२ गते
हजुरको प्रतिक्रिया