म्याथमेटिकल एसोसियसन अफ नेपालको गण्डकी अध्यक्षमा स्थिरबाबु

म्याथमेटिकल एसोसियसन अफ नेपालको गण्डकी अध्यक्षमा स्थिरबाबु

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ कार्तिक २५ गते आईतबार १२:४९

पोखरा । म्याथमेटिकल एसोसियसन अफ नेपाल (मान) को गण्डकी प्रदेश अध्यक्षमा स्थिरबाबु सुवेदी चयन भएका छन् । शनिवार पोखरामा सम्पन्न गण्डकी प्रदेशका गणित शिक्षकहरूको भेलाले आगामी ३ वर्षे कार्यकालका लागि सुवेदी सर्वसम्मत रूपमा चयन भएका...

पोखरा । म्याथमेटिकल एसोसियसन अफ नेपाल (मान) को गण्डकी प्रदेश अध्यक्षमा स्थिरबाबु सुवेदी चयन भएका छन् ।

शनिवार पोखरामा सम्पन्न गण्डकी प्रदेशका गणित शिक्षकहरूको भेलाले आगामी ३ वर्षे कार्यकालका लागि सुवेदी सर्वसम्मत रूपमा चयन भएका हुन् । केन्द्रिय उपाध्यक्ष हरि प्रपन्न कडेल र छवि ढुङ्गानाको उपस्थितिमा गठित उक्त प्रदेश कमिटिमा उपाध्यक्ष ईश्वरीप्रसाद गौतम, सचिव विष्णुप्रसाद गौतम, सहसचिव यज्ञप्रसाद पाण्डे, कोषाध्यक्ष रमेशकुमार आचार्य, सदस्यहरू वसन्त शर्मा, घनश्याम शर्मा पौडेल, जीवन काफ्ले, ध्रुव गौतम रहेका छन । कार्यक्रममा गणित शिक्षा परिषद् गण्डकी प्रदेश अध्यक्ष वेदप्रसाद शर्मा र सैनिक आवासीय महाविद्यालयका सहायक प्राचार्य जयराम कायस्थले शुभकामना तथा बधाई दिएका थिए ।

विशेष गरी विद्यालय तहका विद्यार्थीहरूलाई गणित विषयप्रति थप उत्प्रेरित गर्ने, सानै कक्षादेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी गराउन थप सहयोग गर्ने, प्रत्येक वर्ष हुने गरेको जिल्ला तह, प्रदेश तह हुँदै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अर्थात् गणित ओलम्प्याडमा सहभागी छनोट प्रक्रियालाई सहजीकरण गर्ने कार्य योजना रहेको नवनियुक्त अध्यक्ष सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति २०८१ कार्तिक २५, आईतवार १२:४९ गते

हजुरको प्रतिक्रिया