अध्यक्ष गुरुङले मर्स्याङदी कपको खेल अवधिमा विभिन्न ३३ वटा इभेन्ट हुने र पालिकाभित्र रहेका सबै विद्यालय ५६ ले भाग लिएको उल्लेख गर्नुभयो ।
मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले भन्नुभयो, ‘तातोपानी हाम्रा लागि प्रकृतिको बरदान हो ।’
खुदी(लमजुङ)– लमजुङमा सञ्चालिन भएको पाँच दिवसीय मर्स्याङदी महोत्सवको तेस्रो दिन आज मर्स्याङदी कप र तातोपानी महोत्सव सञ्चालन गरिएको छ । थी दुवै कार्यक्रमको मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले कार्तिक २९ गते उदघाटन गर्नु भएको हो ।
मर्स्याङदी कप यहाँ स्थित अमर माविको हातामा सञ्चालन गरिुएको छ भने तातोपानी महोत्सव मर्स्याङदी गाउँपालिका– ४ को जगत स्थित तातोपानी कुण्डमा गरिएको हो ।
मर्स्याङदी कपको उदघाटन गर्दै सो गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले सोही क्षेत्रकी उपज सावित्री भण्डारी(साम्बा)को उदाहरण दिदै कुनै एक विधामा विशिष्टता हासिल गर्न मर्स्याङदी कपमा सहभागी विद्यार्थीहरूलाई अनुरोध गर्नु भयो । उहाँले यो खेल अवधिमा विभिन्न ३३ वटा इभेन्ट हुने र पालिकाभित्र रहेका सबै विद्यालय ५६ ले भाग लिएको जानकारी दिनुहुँदै प्रत्येक खेलका लागि समिति गठन गरी निर्णायक अधिकार समेत प्रत्यायोजन गरेको जानकारी दिनुभयो ।
यसैगरी, तोतोपानी महोत्सवको उदघाटन गर्र्दै सो गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले तातोपानी प्रकृतिको बरदान हो । यसको प्रचार प्रसारले यो क्षेत्रमा समृद्धिको ढोका खुल्ने उल्लेख गर्नु भयो । उहाँले यसको प्रचारप्रसार र थप व्यवस्थित गर्नका लागि हामी सबैसँग हातेमालो गर्न तयार छौं यसका कार्यमा प्रदेश र संघ सरकारको समेत ध्यानाकर्षण गर्ने छौ भन्नुभयो ।
कार्यक्रमको अध्यक्षता चित्रबहादुर गुरुङले गर्नु भएको थियो भने तातोपानी महोत्सवको अध्यक्षता आदमसिंं गुरुङले गर्नु भएको थियो । अमर माविका प्रधानाध्यापक तीर्थ बस्नेतले कार्यक्रमको उद्देश्यमा प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको सञ्चालन गाउँपालिकाको शिक्षा शाखाकी लक्ष्मी घलेले गर्नु भएको थियो ।
तातोपानी महोत्सवको व्यवस्थापकीय पाटोको प्रवन्ध लमजुङ उद्योग वाणिज्य संघको खुदी इकाईका अध्यक्ष खुशीराम गुरुङले गर्नु भएको थियो भने महोत्सवको उदघाटन सत्रमा स्वागत बलबहादुर गुरुङले र सञ्चालन आशीष गुरुङले गर्नु भएको थियो । प्रस्त्ुत छ ती दुवै कार्यक्रमको फोटो फिचर :
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..