सिसाघाट(तनहुँ)– हरिबोधनी एकादशीका अवसरमा सञ्चालन हुँदै आएको १७ औं जीतबहादुर दुरा र देशमान दुरा स्मृति कप खुला फुटबल प्रतियोगिताको तेस्रो दिन तीन खेल सम्पन्न भएका छन् । चौथो दिन कार्तिक ३० गते पनि छ खेल खेलाइने भएको आयोजकको भनाइ छ ।
आन बिहानको समय ९ बजेबाट खेल सुरु गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएका छन् । आजनको पहिलो खेल, रामबजार युवा क्लब र दुईपिप्ले बोटेटार लमजुङका बीचमा हुनेछ । त्यस्तै, दोश्रो खेल बद्र्धनफाँट युवा क्लब र अमृतधारा युवा क्लबका बीचमा हुने कार्यक्रम रहेको अयोजक क्लबका खेल संयोजक भीमसेन दुराले बताउनु भयो ।
उहाँका अनुसार तेश्रो खेल धुलपुरे युवा क्लब र टाइगर ल्याण्ड य्ुवा क्लबका बीचमा गरिने भएको छ । चौथो खेल सिसाघाट युवा क्लब र जिआर इलेक्ट्रोनिक सप्लायर्स फ्रिज पसलका बीचमा हुने छ भने पाँचौं खेल सुन्दरबजार युवा क्लब र तल्लोटार युवाक्लबका बीचमा हुनेछ । त्यसैगरी आजको अन्तिम तथा छौटौ खेल आयोजकको ग्यालेक्सी बि टिम र पाताल टारका बीचमा हुने कार्यक्रम रहेको अयोजक क्लबका खेल संयोजक भीमसेन दुराले जानकारी दिनु भएको छ ।
सो प्रतियोगिताको हिजो २९ गते तीन खेल सम्पन्न भएका छन् । पहिलो खेल होराइजन युवा क्लब सोतीपसल लमजुङ र दुईपिप्ले युवा क्लबका बीचमा भएको थियो । २– ० गोल गरी होराइजन युवा क्लब सोतीपसल अघि बढेको छ ।
दास्रो खेल तल्ल्लोटार युवा क्लब र फैंचोक फुटबल क्लब तनहुँ बीच भएकोमा १– ० गोल अन्तरले तल्ल्लोटार युवा क्लब विजयी बनेको छ । यसैगरी तेस्रो खेल समृद्धि युवा क्लब र बैरेनी युवा क्लब, व्यास नगरापलिका– १० का बीचमा भएकोमा ५– ० गोलको फराकिलो अन्तरले समृद्धि युवा क्लब अघि बढेको छ आयोजकको भनाइ छ ।
व्यास नगरपालिका– ६ को सिसाघाट खेल मैदानमा सञ्चालन भइरहेको उक्त प्रतियोगिता सोही नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले कार्तिक २७ गते उदघाटन गर्नु भएको हो । सो प्रतियोगितामा लमजुङ, तनहुँ र कास्कीका २८ टिमले भाग लिएका छन् । प्रतियोगिता आयोजक क्लबको १८ औं स्थापना दिवस एवम् हरिबोधनी एकादशी मेलाको उपलक्ष्यमा सञ्चालन गरिएको हो ।
सो प्रतियोगितामा पहिलो हुने टिमलाई रनिङ कपका साथमा एक लाख एक हजार १११ रुपैयाँ नगद पुरस्कार, मेडल र प्रमाणपत्र पुरस्कार रहेको बताउनु भएको छ । उहाँका अनुसार दोस्रो हुने टिमलाई नगद ५१ हजार १११ रुपैयाँ मेडल र प्रमाणपत्र पुरस्कार छ । त्यस्तै उत्कृष्ठ खेलाडी, उत्कृष्ठ गोलकर्ता र उत्कृष्ठ गोल रक्षकलाई ३÷३ हजार रुपैयाँ पुरस्कारको प्रवन्ध गरिएको अध्यक्ष दुराको भनाइ छ ।
यो प्रतियोगिता आफ्नो जीवनकालमा खेलाडीको रुपमा पहिचान बनाउन सफल स्व. जीतबहादुर दुरा र स्व. देशमान दुराको स्मृतिमा उनीहरूका परिवारको प्रायोजनमा सञ्चालन हुँदै आएको आयोजक क्लबका सचिव अनुराधा दुराले जानकारी दिनु भएको छ ।
प्रकाशित मिति २०८१ कार्तिक ३०, शुक्रबार ०८:०५ गते