बेसीशहर– नेपाली कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले कम्युनिष्टहरूलाई शान्ति र लोकतान्त्रिक मार्गमा हिडाउनेका नाउँमा कांग्रेसले आफ्नो सैद्धान्तिक विरासत छोडेको बताउनु भएको छ । प्रजातन्त्र सेनानी संघ लमजुङ शाखाको दोस्रो अधिवेशनको उद्घाटन गर्दै शर्माले कार्तिक २९ गते त्यस्तो बताउनु भएको हो ।
काँग्रेसका प्रदेश सभापति शर्माले नेपाली कांग्रेसले मुलुकमा जनताको अधिकार स्थापित गर्न प्रजातन्त्र ल्याउनको लागि पटक पटक आन्दोलन गरेको स्मरण गर्दै तर कम्युनिष्टहरूलाई राजनीतिको भूलधारमा ल्याउने नाउँमा नेपाली कांगे्रसले आफ्नो सैद्धान्तिक विरासत छोडेको जिकीर गर्नु भयो । उहाँले भन्नुभयो, ‘एमालेलाई लोकतान्त्रिक बनाउने र माओवादीलाई शान्तिको मार्गमा ल्याउनका नाउँमा काँग्रेसले आफ्नो सिद्धान्त राष्ट्रियता, प्रजातन्त्र र समाजवाद बिर्सिएको छ ।’
उहाँले लोकतन्त्र र प्रजातन्त्रमा आकाश जमिनको फरक जिकिर गर्दै प्रजान्तत्रले मात्रै व्यक्ति– व्यक्तिलाई सम्मान दिने, व्यक्तिको क्षमता विकाससँगै जनतालाई सम्पन्न गराउने बताउनु भयो । उहाँले प्रजातन्त्रमा जात धर्मको कुरा समते नआउने उल्लेख गर्नु भएको थियो ।
काँग्रेसका संस्थापक नेता विपि कोइरालामात्र भएको र अरु सबै कार्यकर्ता हुन् भन्दै कार्यकर्ताले सिद्धान्त बदल्न नसक्ने बताउनु भयो । उहाँले जोड दिदै भन्नुभयो, ‘प्रजातान्त्रिक सेनानी संघले दिग्भ्रमित भएको काँग्रेसलाई ठीक ठाउँमा ल्याउने काम गर्नु पर्छ, हामी जस्ता कार्यकर्ताले सिद्धान्त फेर्न मिल्दैन । ’
कार्यक्रममा केन्द्रीय प्रतिनिधि समुद्र गोदारले सेनानी संघ पार्टीको भातृ संस्था नभई दाइ संस्था भएको बताउनु भयो । उहाँले पार्टीलाई सिद्धान्त अनुरुप हिडाउनका लागि खबरदारीका साथ सचेत गर्ने संस्था समेत हो त्यसैले यसका पदाधिकारीहरूले त्यो भूमिका निभाउनु पर्छ भन्ने उल्लेख गर्नु भयो ।
सो अवसरमा बौद्धिक व्यक्तित्वका धनी पूर्वसांसद रामचन्द्र पोखरलले हिजोका दिनमा मुलुकमा प्रजातन्त्रको स्थापनाका लागि तनहुँ र कास्कीमा रहेका पार्टीका साथीहरूबीच समन्वय गरी लमजुङको कुन्छा अड्डा कब्जा गर्नका लागि गोवद्र्धन पोखरेल, पेचबहादुर गुरुङ आएको स्मरण गर्नु भयो । त्योसँगै दुराडाँडामा पश्चिम ३ नंबर क्षेत्रको काँग्रेसको राजनैतिक भेलाको अध्यक्षता रामप्रसाद खनालबाट भएको र त्यो भेलामा जमिन जोत्नेको हुने र विदेशमा राखिएको पैसा फिर्ता ल्याउने अभियानको थालनी भएको समेत पोखरेलले उल्लेख गर्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका अर्थ मन्त्री एवम् काँग्रेसका जिल्ला सभापति डा. टकराज गुरुङले हाम्रो अग्रज र हामी सवैको लागानी र बलिदानीले नेपालको संविधान २०७२ प्राप्त भएको बताए । महिला, दलित हरेक जाती जनजाति लगायत समाज भित्र रहेका हरेक वर्गलाई यस संविधानले समेटेको र यो संसार भरिकै उत्कृष्ट व्यवस्था भएको दावी गरे ।
यसैगरी गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री तथा काँग्रेस लमजुङका निवर्र्तमान जिल्ला सभापति भेषबहादुर पौडेलेले पार्टीका कमकमजोरीलाई सुधार गर्दै अघि बढ्नु पर्ने बताए । उनले पाटसर््मा होस या सरकारमा रहेका कुनै पनि व्यक्तिले अनिमियता गरेमा सोको विरुद्ध खवरदारी गर्नुपर्नेमा जोड दिए ।
सो आवसरमा पूर्वस्वास्थ्यसहायक मन्त्री डा. रामचन्द्र अधिकारी, पूर्वमन्त्री दोवाटे विश्वकर्मा, जिल्ला समन्वय समिति एवं शान्ति समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, प्रदेश सभासद पार्वती तामाङ, काँग्रेसका जिल्ला उपसभापति आनन्द घिमिरेलगायतले आआफ्ना धारणा राख्नु भएको थियो ।
२०२९ सालमा जेल चलान भएका चारजना सेनानीहरू सम्मानित :
नेपाल प्रजातन्त्र सेनानी संघ लमजुङका अध्यक्ष शुभनाथ मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा २०२९ सालमा पार्टीको संगठन विस्तार गरेको अभियोगमा जेल चलान भएका चारजना सेनानीहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा दुई वर्ष बढी अवधि जेल बस्ने बेसीशहर नगरपालिका– ३ का ऋषिराम बराल, नवीन बानिया तथा १८ महिना जेल बस्नेद्वय सुन्दरबजार नगरपालिका– ८ का हरिकान्त खनाल र बेसीशहर नगरपालिका– ८ का भरत श्रेष्ठ हुनुहुन्छ ।
अध्यक्ष मिश्र सस्थाको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष दामोदर अधिकारीले र सञ्चालन सचिव कृष्णप्रसाद लामिछानेले गनुर्् भएको थियो ।
दामोदर अधिकारी सभापति चयन :
सम्पन्न अधिवेशनले निवर्तमान उपाध्यक्ष दामोदर अधिकारीको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । उपाध्यक्षमा नारायण घिमिरे, सचिव कृष्णप्रसाद लामिछानेलाई चयन गरेको छ ।
यसैगरी,सदस्यहरूमा क्ब्होलासोंथर गाउँपालिकाबाट जमदार लिलबहादुर घले, मध्यनेपाल नगरपालिकाबाट रामचन्द्र शास्त्री, राइनास नगरपालिकाका पदमराज कँडेल, दूधपोखरी गाउँपालिकाबाट रणबहादुर गुरुङ, दोर्दी गाउँपालिकाबाट हरिश्चन्द्र पण्डित, मस्र्याङदी गाउँपालिकाबाट राधिका पौडेल, सुन्दरबजार नगरपालिकाबाट दिलबहादुर परियार, रामकृष्ण श्रेष्ठ र बेसीशहर नगरपालिकाबाट पुरुषोत्तम जोशी चयन भएको निर्वाचन समितिका सदस्य वंशहरि कोइरालाले जानकारी दिनु भयो । उहाँका अनुसार १८ सदस्यीय हुने शाखाको समितिमा एक उपसभापति, एक कोषाध्यक्ष र बाँकी सदस्य नवनिर्वाचित समितिको पहिलो बैठकले मनोनित गरी पूर्ति गर्ने छ ।
प्रकाशित मिति २०८१ कार्तिक ३०, शुक्रबार १८:१९ गते