
सिसाघाट(तनहुँ)– हरिबोधनी एकादशीका अवसरमा सञ्चालन हुँदै आएको १७ औं जीतबहादुर दुरा र देशमान दुरा स्मृति कप खुला फुटबल प्रतियोगिताको चौथो दिन पाँच खेल सम्पन्न भएका छन् । चौथो दिन कार्तिक ३० गते बिहानको समय ९ बजेबाट खेल सुरु गरिएको आयोजकको भनाइ छ ।
आनको पहिलो खेल दुईपिप्ले बोटेटार र रामबजार युवा क्लब लमजुङका बीचमा भएको हो । १– ० गोल अन्तरले दुईपिप्ले बोटेटार अघि बढेको छ । दोश्रो खेल बद्र्धनफाँट युवा क्लब र अमृतधारा युवा क्लबका बीचमा भएको अयोजक क्लबका खेल संयोजक भीमसेन दुराले बताउनु भयो । उहाँका अनुसार सो खेल ३– ० गोल अन्तरले जित हार भई बद्र्धनफाँट युवा क्लबले जितेको छ ।
आजको तेश्रो खेल टाइगर ल्याण्ड य्ुवा क्लब र धुलपुरे युवा क्लबका बीचमा भएको थियो । जसमा १– ० गोल अन्तरले टाइगर ल्याण्ड य्ुवा क्लब अघि बढेको त । त्यस्तै, चौथो खेल सिसाघाट युवा क्लब र जिआर इलेक्ट्रोनिक सप्लायर्स फ्रिज पसल दमौलीका बीचमा भएको छ । सो प्रतिस्पर्धामा ३– २ गोल अन्तरले सिसाघाट युवा क्लब अघि बढ्न सफल भएको छ ।
आजको अन्तिम तथा पाँचौं खेल आयोजकको ग्यालेक्सी बि टिम र पाताल टारका बीचमा भएको थियो । जसमा अयोजक क्लबले २– ० गोल अन्तरले विजयी भएको उक्त प्रतियोगिताका खेल संयोजक भीमसेन दुराले जानकारी दिनु भएको छ ।
सो प्रतियोगिता आफ्नो जीवनकालमा खेलाडीको रुपमा पहिचान बनाउन सफल स्व. जीतबहादुर दुरा र स्व. देशमान दुराको स्मृतिमा उनीहरूका परिवारको प्रायोजनमा सञ्चालन हुँदै आएको आयोजक क्लबका अध्यक्ष भानसुब्बा दुराले जानकारी दिनु भएको छ । उहाँका अनुसार सो प्रतियोगिताको हिजो २७ गते सुरु भएको हो । उहाँले भन्नुभयो, ‘सो प्रतियोगितामा लमजुङ, तनहुँ र कास्कीका २८ टिमले भाग लिएका छन् । प्रतियोगिता आयोजक क्लबको १८ औं स्थापना दिवस एवम् हरिबोधनी एकादशी मेलाको उपलक्ष्यमा सञ्चालन गरिएको हो ।’
प्रकाशित मिति २०८१ कार्तिक ३०, शुक्रबार १९:१४ गते