
खुदी(लमजुङ)– मर्स्याङ्दी गाउँपालिकाद्वारा आयोजना गरिएको दोस्रो मर्स्याङ्दी महोत्सवका अवसरमा आयोजना गरिएको मर्स्याङ्दी कप– २०८१ को दोस्रो दिन विभिन्न खेलहरू सम्पन्न भएका छन् । मर्स्याङ्दी महोत्सवको चौथो तथा मर्स्याङ्दी कपको दोस्रो दिन कार्तिक ३० गते विभिन्न खेल सम्पन्न भएका हुन् ।
आज विहानी विभिन्न दौडका प्रतियोगिता गरिएका थिए । जसमा ८०० मिटर दौडको छात्रतर्फको प्रतियोगितामा अमर माविका सौगात अधिकारी पहिलो भए भने त्रिभुवन भाविका बेदन गुरुङ दोस्रो भए । त्यस्तै, हिमचुली आमाविका किरण गुरुङ तेस्रो भए । सोही खेलको छात्रातर्फको प्रतियोगितामा ग्रामकल्याण मावि, नायूँ, घनपोखरोका तक्ता काशी गुरुङ पहिलो, अमर माविका साक्षी तामाङ दोस्रो तथा प्रभात शान्तिपूर्ण माविका क्रिस्टी परियार तेस्रो भएकी छन् ।
यसैगरी, १५०० मिटर दौडको छात्रातर्फ त्रिभुवन माविका सञ्जिता बिके पहिलो, महेन्द्र देव माविका शर्मिला थापा दोस्रो तथा ग्राम कल्याण आविका मनिता गुरुङ तेस्रो भइन् ।
तीन हजार मिटर छात्र दौड प्रतियोगितामा महेन्द्रदेव माविका अनुज गुरुङ पहिलो, ग्राम कल्याण माविका रेकप्रसाद गुरुङ दोस्रो र त्रिभुवन माविका दिपेश बिके तेस्रो भए । सोही खेलको छात्रातर्फको प्रतिस्पर्धामा ग्राम कल्याण माविका रुद्रदेवी गुरुङ पहिलो, महेन्द्रदेव माविका अनिशा दराई दोस्रो र त्रिभुवन माविका दिक्षा गुरुङ तेस्रो भइन् ।
त्यस्तै, ट्रिपल जम्प प्रतियोगिताको छात्रातर्फको खेलमा महेन्द्रदेव माविका शर्मिला थापा पहिलो, हिमचुली आमाविका निश्मा तामाङ दोस्रो तथा अमर माविका रविना थापा तेस्रो भएकी छन् ।
हाई जम्प प्रतियोगिताको छात्रातर्फको खेलमा ग्राम कल्याण माविका सञ्जिता बिके पहिलो, त्रिभुवन माविका सञ्जिता बिके दोस्रो तथा अमर माविका रविना थापा तेस्रो भएको खेलकुद सञ्चालक हिमचुली आमाविका शिक्षक विजय थापाले जानकारी दिनु भएको छ । उहाँका अनुसार ज्याभलिन थ्रोको छात्रतर्फ महेन्द्र माविका राज तामाङ पहिलो, त्रिभुवन माविका बुद्धिबिद्र तामाङ दोस्रो र गंगा मिलन माविका प्रदीप गुरुङ तेस्रो भएका छन् । सोही खेलको छात्रातर्फ अमर माविका सिमरन गुरुङ पहिलो, महेन्द्र माविका सीता परियार दोस्रो तथा गणेश माविका सञ्जिता बिके तेस्रो भएकी छन् ।
आज भने हिजोको जस्तो हिमचुली आमावि खासै हावी भएको देख्न सकिएन भने भलिबल र फुटबलका छात्रछात्रा दुवैतर्फको खेल जारी रहेको छ ।
प्रकाशित मिति २०८१ कार्तिक ३०, शुक्रबार २१:१६ गते